एकल महिला समुहका स्थानीय लिडरलाई क्षमता अभिवृद्धि तालिम

शेयेर गर्नुहोस

धनगढी/सीमान्तकृत महिलाहरुको समस्या, स्थानीय तहमा पहुँच आत्मनिर्भर तथा क्षमता अभिवृद्धि र सकारात्मक रुपान्तरण सम्बन्धी एकल महिला समुहका स्थानीय लिडरहरुका लागि कैलारी गाउँपालिकाको हसुलिया तीन दिने तालिम सुरु भएको छ ।


कुर्वे वुष्ट्रोको सहयोगमा मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेशको आयोजना तथा कैलारी गाउँपालिकाको समन्वयमा स्थानीय लोकल लिडर तथा एकल महिला समुह कार्यसमितिका पदाधिकारीलाई बुधबारदेखि तीन दिने अभिमुखीकरण तालिम सुरु भएको हो ।


मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेश अध्यक्ष सुमन शर्माको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा कैलारी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम चौधरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै उहाँ अहिले पनि एकल महिलाहरुलाई समाजमा खुलेर आफनो समस्या राख्न सक्ने अवस्था नरहेको बताए ।


एकल महिलाहरुलाई समाजले हेर्ने दृष्टि फरक छ,’ उहाँले भने, ‘घरबाट कहि जाँदा अबेर घर आउँदा, कसैसँग बोल्यो की समाजमा उसको बारेमा कुरा काटने गरिन्छ ।’ समाजमा एकल महिलाहरुको संख्या धेरै रहेकोले सबै जनालाई एकजुट गराई उहाँहरुको समस्या बाहिर आयो भने स्थानीय तहबाट केही योजना बनाउन सजिलो हुने बताए ।


कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेल एकल महिलाहरुका समस्या के हुन, हिजोको एकल महिला र आजभोलिका एकल महिला धेरै सहज भएको बताए । उहाँले भने अझै समन्वय, सहर्कायको आवश्यकता छ ।
कैलारी गाउँपालिका महिला शाखा प्रमुख बालकुमारी चौधरी आब भाषण होइन काम गर्नुपर्ने जरुरी रहेको बताए । आफू मात्र समक्ष भएर हुँदै एउटा समाजमा नेतृत्व गर्न जरुरी छ,’ उहाँले भने, ‘एकल महिलाहरु अझै खुलेर आउनु पर्छ । गाउँपालिकाहरुमा रहेका एकल महिलाहरुको अवस्थाबारे अनुदान गर्न जरुरी छ ।


कार्यक्रमका अध्यक्ष तथा महिला मानव अधिकारका लागि महिला एकल महिला समुह प्रदेश अध्यक्ष सुमन शर्मा एकल महिला सबै एक किसिमका समस्या नरहेको बताए । उहाँ हरेकका समस्यालाई बिभाजन गरि काम गरि रहेका बताए । कार्यक्रमको संचालन महिला मानव अधिकारका लागि महिला एकल महिला समुहका शान्ति परियोजनाका परियोजना संयोजक वेद अवस्थी र स्वागत मन्तन्य जिल्ला अध्यक्ष भगवती हमालले गरेका थिए ।

तीन दिने तालिमका प्रमुख प्रशिक्षक मानव अधिकारका लागि महिला एकल महिला समुहका सल्लाहकार गोमा आचार्य रहेका छन । त्यसै गरी कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यमम कलेल, महिला तथा बालबालिका शाखाका प्रमुख बालकुमारी चौधरीले सहजीकरण गरिरहनु भएको छ । तालिममा कैलारी गाउँपालिकामा रहेका नौ वडाका एकल महिलाहरुको सहभागिता रहेको छ ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Условия игры в Пин-Ап: скачать казино и получить бонусы

Условия игры в Пин-Ап: скачать казино и получить бонусы Онлайн-казино Пин-Ап предлагает своим игрокам привлекательные условия игры, включая возможность скачать приложение и воспользоваться различными бонусами.

अझै पढ्नुहोस्