टीकापुर नगरपालिकाका वडाहरु साक्षर घाेषणा

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाका सात वटा वडाहरु साक्षर घाेषणा गरिका छन् ।
टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा वडाहरु साक्षर घाेषणा गरिएकाे हाे ।

टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा गर्ने क्रममा बिहीबार सत्तीमा भएको एक कार्यक्रमका बिच वडा नं. ६, ७, ८ र ९ लाई साक्षर घाेषणा गरिएको हाे भने टीकापुरकाे बाघमारामा भएको कार्यक्रमबाट वडा नं. ३, ४ र ५ लाई साक्षर घाेषणा गरिएको छ । मंसिर ३ गते शुक्रबार वडा नं. १ र २ लाई पनि साक्षर घाेषणा गर्ने र ४ गते टीकापुर नगरपालिकालाई साक्षर घाेषणा गर्ने कार्यक्रम रहेकाे टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीले बताउनुभयो । कार्यक्रममा साक्षर घाेषणा भएका वडाहरुलाइ प्रमाण पत्र समेत प्रधान गरिएको थियाे ।

वडाहरु साक्षर घाेषणा कार्यक्रम सामाजिक विकास समितिका संयाेजक तथा वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाकाे अध्यक्षता भएको थियाे भने टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।

टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीकाे स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा नगर उप प्रमुख केशरी विष्ट रावल र प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चाैधरी विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा शिक्षक कपुर सिंह कडायत, चक्रपाणी भट्टराई, कर्णाली मा.वि. सत्तीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराम ढुंगाना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रम संचालन कर्णाली मा.वि. टीकापुरका प्रधानध्यापक धर्मराज शर्माले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

स्वर्गीय गाेरे बहादुर ठकुल्लाकाे सम्झनामा परिवारद्वारा शैक्षिक सामग्री सहयाेग

मान बहादुर ठकुल्ला,टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ स्थित राष्ट्रिय अाधारभुत बिद्यालयका पुर्ब अध्यक्ष स्वर्गीय गाेरे बहादुर ठकुल्लाकाे सम्झनामा स्वर्गीय ठकुल्लाकाे स परिवारद्वारा

अझै पढ्नुहोस्
समाचार

शिवपुरि सामुदायिक वनको १४ औं साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको धनगढि उपमहानगरपालिका वडा ४मा रहेको शिबपुर सामुदायिक वन उपभोक्ता समुहको १४ औं साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका अध्यक्ष

अझै पढ्नुहोस्
सम्पादकीय

चिरान काठ सहित २ थान गोलिया बरामद

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको डिभिजन बन कार्यलय पहलमानपुर र डिभिजन बन कार्यलय धनगढी सिमाना पर्ने राष्ट्रिय वन बाट सालको रुख काटी चिरान काठ २८ थान कडि

अझै पढ्नुहोस्
समाचार

नेपाल किसान महासंघ कैलालीको तदर्थ समितिमा सदस्य मनोनित

धनगढी, कार्तिक २÷नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ कैलालीको तदर्श जिल्ला कार्य समितिको पहिलो चरणमा सदस्य मनोनयन गरिएको छ । नेपाल किसान महासंघको विधान

अझै पढ्नुहोस्