टीकापुरमा घरदैलामै स्वास्थ्य सेवा प्रभावकारी बन्दै

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो बढ्दै गएपछि उनले वडा कार्यालयले समुदायमै खटाएकी स्वास्थ्यकर्मी शान्ती ढुङ्गाना नेपालीलाई फोन गरीन् । स्वास्थ्यकर्मी नेपाली घरमै गएर जाँच गरेर औषधि दिएर आए । सेतीलाई सञ्चो भयो ।

“कोरोना महामारीको डरका बेला घरमै स्वास्थ्यकर्मी नानी आउनुभयो”, सेतीले भनिन्, “मैले घरमै सेवा पाए । म त निकै खुशी छु । सञ्चो पनि भयो । सरकारले राम्रो काम गरेको रहेछ ।” सेतीजस्तै प्रतिपुरकी निरु गिरीलाई पनि रुघाखोकीको समस्या भयो । उनले पनि शान्तिलाई फोन गरिन् । शान्तिले घरमै गएर उपचार सेवा दिएपछि उनी पनि निको भईन् । कोरोना सङ्क्रमणको जोखिमका बेला स्वास्थ्य संस्था जान नसकेको अवस्थामा घरमै सेवा पाउँदा गिरी पनि खुशी छिन् ।

वडा कार्यालयले जेष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएकाका लागि सुरु गरेको घरदैलो स्वास्थ्य सेवाबाट अहिलेसम्म ५५० जनाले सेवा पाइसकेका छन् । अघिल्लो वर्ष देखि सुरु भएको घरदैलो कार्यक्रम यश चालु आर्थिक वर्षमा पनि वडाले निरन्तरता दिएको हाे । यस आर्थिक वर्षको साउनदेखि सुरु भएको यो सेवाबाट हिटडुल गर्न नसक्नेलाई राहत भएको छ ।
स्वास्थ्यकर्मी नेपाली अस्पताल आउन नसक्ने समस्या भएकाले फोन गर्दा पनि सेवा दिइरहेको बताउँछिन् । “घरमै गएर सेवा दिँदा जेष्ठ नागरिक खुशी भएका छन्”, नेपालीले भनिन्, “हिड्न नसक्नेलाई सहज भएको छ । सामान्य समस्या भएकालाई औषधि दिएर आउँछु । जटिल समस्या भएकालाई अस्पताल लैजान सल्लाह दिन्छु ।” अहेब नेपालीले उपचार सेवा दिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उपचार गरिरहेको बताईन् ।

“गाउँमा जेष्ठ नागरिक र बालबालिकालाई अस्पतालसम्म लैजान कठिन हुने बेला घरमै सेवा पाउँदा खुशी हुनुभएको छ”, नेपालीले भनिन्, “समुदायमा मेरो नम्बर बाँडिएको छ । उनीहरु फोन गर्छन् म जान्छु ।” नेपाली जेष्ठ नागरिकको घरमा भने पालो मिलाएर आफैँ जाने गर्छिन् ।

टीकापुर–७ का वडाध्यक्ष रामलाल डगौरा थारु जेष्ठ नागरिकलाई सहज उपचार सेवाका लागि यो सेवा सुरु गरेको बताउँछन् । “जेष्ठ नागरिकलाई अस्पतालसम्म आउन र ल्याउन कठिन हुन्छ, उनीहरुको नियमित जाँच गर्नुपर्ने हुन्छ”, थारुले भने, “त्यसैले हामीले यो कार्यक्रम राखेका हौँ । अहिले राम्रो भएको छ । यो महामारीको समयमा धेरैले राहत महशुस गरेका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायिक सहकारी संस्थाकाे २३ ओै वार्षिकोत्सब सम्पन्न

टीकापुर/टीकापुर ७ स्थित सामुदायिक सहकारी संस्थाकाे २३ ओै वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच सामुदायिक सहकारी संस्थाकाे २३ ओै वार्षिकोत्सब सम्पन्न

अझै पढ्नुहोस्
समाचार

पहिरो पिडितका नाममा गरिएको वन अतिक्रमण हटायो

जमुना न्युरे,धनगढी/कैलालीको जिल्लाको चुरे गाउँपालिका ४ को टाँक गडामा वन अतिक्रमण गरि निर्माण गरियका सरचना तथा घरटहरा आज हटाएको छ ।डिभिजन बन कार्यलय धनगढीका प्रमुख

अझै पढ्नुहोस्
Highlights

प्रेस युनियनद्वारा १५ विभाग गठन, तोकियो विभागीय जिम्मेवारी

काठमाडौं /नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन् ।

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ४ मा प्रथम वडा भेला सम्पन्न

माेहित श्रीपाइली,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम

अझै पढ्नुहोस्