TRENDING
Slottika – новая волна азартных ощущений в Казахстане
Checklist of Online Casinos That Accept Bitcoin: Explore the Future of Gaming
The Ultimate Guide to Roulette Betting
Online Casino Sites that Accept Neteller: A Comprehensive Guide
Next
Prev

टीकापुरमा घरदैलामै स्वास्थ्य सेवा प्रभावकारी बन्दै

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो बढ्दै गएपछि उनले वडा कार्यालयले समुदायमै खटाएकी स्वास्थ्यकर्मी शान्ती ढुङ्गाना नेपालीलाई फोन गरीन् । स्वास्थ्यकर्मी नेपाली घरमै गएर जाँच गरेर औषधि दिएर आए । सेतीलाई सञ्चो भयो ।

“कोरोना महामारीको डरका बेला घरमै स्वास्थ्यकर्मी नानी आउनुभयो”, सेतीले भनिन्, “मैले घरमै सेवा पाए । म त निकै खुशी छु । सञ्चो पनि भयो । सरकारले राम्रो काम गरेको रहेछ ।” सेतीजस्तै प्रतिपुरकी निरु गिरीलाई पनि रुघाखोकीको समस्या भयो । उनले पनि शान्तिलाई फोन गरिन् । शान्तिले घरमै गएर उपचार सेवा दिएपछि उनी पनि निको भईन् । कोरोना सङ्क्रमणको जोखिमका बेला स्वास्थ्य संस्था जान नसकेको अवस्थामा घरमै सेवा पाउँदा गिरी पनि खुशी छिन् ।

वडा कार्यालयले जेष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएकाका लागि सुरु गरेको घरदैलो स्वास्थ्य सेवाबाट अहिलेसम्म ५५० जनाले सेवा पाइसकेका छन् । अघिल्लो वर्ष देखि सुरु भएको घरदैलो कार्यक्रम यश चालु आर्थिक वर्षमा पनि वडाले निरन्तरता दिएको हाे । यस आर्थिक वर्षको साउनदेखि सुरु भएको यो सेवाबाट हिटडुल गर्न नसक्नेलाई राहत भएको छ ।
स्वास्थ्यकर्मी नेपाली अस्पताल आउन नसक्ने समस्या भएकाले फोन गर्दा पनि सेवा दिइरहेको बताउँछिन् । “घरमै गएर सेवा दिँदा जेष्ठ नागरिक खुशी भएका छन्”, नेपालीले भनिन्, “हिड्न नसक्नेलाई सहज भएको छ । सामान्य समस्या भएकालाई औषधि दिएर आउँछु । जटिल समस्या भएकालाई अस्पताल लैजान सल्लाह दिन्छु ।” अहेब नेपालीले उपचार सेवा दिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उपचार गरिरहेको बताईन् ।

“गाउँमा जेष्ठ नागरिक र बालबालिकालाई अस्पतालसम्म लैजान कठिन हुने बेला घरमै सेवा पाउँदा खुशी हुनुभएको छ”, नेपालीले भनिन्, “समुदायमा मेरो नम्बर बाँडिएको छ । उनीहरु फोन गर्छन् म जान्छु ।” नेपाली जेष्ठ नागरिकको घरमा भने पालो मिलाएर आफैँ जाने गर्छिन् ।

टीकापुर–७ का वडाध्यक्ष रामलाल डगौरा थारु जेष्ठ नागरिकलाई सहज उपचार सेवाका लागि यो सेवा सुरु गरेको बताउँछन् । “जेष्ठ नागरिकलाई अस्पतालसम्म आउन र ल्याउन कठिन हुन्छ, उनीहरुको नियमित जाँच गर्नुपर्ने हुन्छ”, थारुले भने, “त्यसैले हामीले यो कार्यक्रम राखेका हौँ । अहिले राम्रो भएको छ । यो महामारीको समयमा धेरैले राहत महशुस गरेका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Slottika – новая волна азартных ощущений в Казахстане

Checklist of Online Casinos That Accept Bitcoin: Explore the Future of Gaming

The Ultimate Guide to Roulette Betting

Online Casino Sites that Accept Neteller: A Comprehensive Guide

Slots and Blackjack: Are They Really Gambling Games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

मंसिर ६, २०८१ ,काठमाडौं/स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको

अझै पढ्नुहोस्

1win Скачать Зеркало И Приложение бесплатно: Где Скачать Приложение Букмекера 1вин

1win Скачать Приложение На Android, 1вин На Телефон посетителям Content Технические Характеристики только Удобства Приложения 1win Плюсы же Минусы Приложения на Андроид Скачать Приложение 1win

अझै पढ्नुहोस्
समाचार

वृक्षारोपण गर्नु मात्र होइन त्यसको गोडमेल र अनुगमन अनि गर्नुपर्छ सचीव कोइराला

जमुना न्युरे,धनगढी /धनगढीमा भएको एक कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिब दिर्घ नारायण कोइरालाले भने हामिले हरेक बर्ष बृक्षारोपण मात्र

अझै पढ्नुहोस्