टीकापुरका शिविर बस्तीहरुकाे उचित व्यवस्थापन नगरि खालि नगरिने :- नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर क्षेत्रमा रहेका शिविर बस्तीहरुकाे उचित व्यवस्थापन नगरि खालि नगरिने बताउनु भएको छ ।
बिहीबार ८ वटा शिविर बस्तिहरुकाे आयाेजनामा गरिएकाे कार्यक्रममा नगर प्रमुख थारुले साे कुरा बताउनु भएको हाे ।

नगर प्रमुख डगौंरा थारुले अहिलेको टीकापुर नगरपालिकाकाे सुचनाले शिविर बस्तीहरुलाई कुनै समस्या नगर्ने बताउनुभएको छ । उहाँले कुनै विकल्प नभएर सयौं परिवारलाई विस्थापित गर्न नसकिने बताउँदै बजार क्षेत्रका अतिक्रमण परेका जग्गाहरुलाई खाली गराउनका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभएको छ ।

“बस्ती हटाउने भन्ने भ्रम शिविरहरूमा छर्ने काम भएको सुन्नमा आएको छ । त्यो सत्य होईन ।” नगर प्रमुख थारुले भन्नुभयो, “विकल्प खोजेर शिविर खाली गर्न प्रदेश सरकारसँग समन्वय भैरहेको छ ।” उहाँले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित वसाेवासीकाे डाटा संकलन गरि लालपुर्जा वितरणको प्रकृयामा नगरपालिका लागिरहेको बताउदै चुनाव पछि शिविर बस्तिकाे उचित व्यवस्थापन गरिने बताउनुभयो ।

बिहीबार टीकापुर नगरपालिका वडा नं १अन्तरगत रहेका ८ वटा बस्तीहरूमा रहेका सम्पूर्ण सुकुम्बासी,मुक्त कमैया ,भु.पु कर्मचारी,भु.पु.कमैया , बाढी पिडित स्थानीय बासिन्दालाई उचित बसोबासको व्यवस्था गर्न माग सहितको ग्यापन पत्र संघर्ष समितिले टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु समक्ष बुझाएका छन् ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ६ मा प्रथम वडा भेला सम्पन्न

माेहित श्रीपाइली,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम

अझै पढ्नुहोस्