TRENDING
Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview
Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game
Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting
Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts
Next
Prev

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीकाे पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई जवाफ

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीकाे पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई कडा जवाफ दिएकी छिन् ।
गठबन्धनको सरकार नबने रेशम चौधरी छुट्दैनन् भन्ने पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीकाे भनाइ प्रति नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीले प्रतिक्रया दिदै साे कुरा बताउनु भएको हाे ।

सामाजिक सञ्जालमा आफ्नो विचार राख्दै उनले भनेकि छिन्, यदि अहिले विभिन्न गठबन्धनवाला मध्य कोही गठबन्धनवालाले “रेशम” हामीले जिते छुट्छ भनी भन्छन् भने म ती सबैलाई यत्ति भन्छु, रेशम लगायतका अन्य मानिसहरु नेलमा बन्धकी जीवन बिताइरहँदा तपाईंहरु छुटाउने ठाउँमा हुनुहुन्थेन र ?

अस्ति भर्खर होइन र सरकारले मुद्दा फिर्ता गर्यो अब रेशम लगायतका मानिस छुट्छन् भनेको ? अनि खै त आज सम्म छुटेको ? अनि अब फेरि तपाईंहरुले बोलेको विश्वास कसरी गर्ने ?
नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले असोज २९ गतेका दिन गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दैगर्दा निर्वाचनपछि गठबन्धनको बहुमतको सरकार नबनेसम्म रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहा नहुने अभिव्यक्ति दिनुभएकाे थियाे ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका पूर्वमन्त्री चौधरीले ‘यो थारुको मात्रै होइन, ५/६ सय जनाको मुद्दासँग सम्बन्धित छ । टीकापुर मुद्दा, विप्लव समूहको मुद्दा, आदिवासी जनजातिहरुको मुद्दा जबसम्म कानून संशोधन हुँदैन, नियमावली संशोधन हुँदैन, संविधान संशोधन हुँदैन तबसम्म हाम्रा साथीहरुको मुद्दा फिर्ता हुँदैन । छुट्न सक्ने अवस्था छैन ।’ भनि अभिव्यक्ति दिएका थिए ।

‘यसको लागि गणितीय हिसाबले जानुपर्ने हुन्छ । एक तहको अदालतले फैसला गरेको मुद्दा मन्त्रिपरिषदबाट फिर्ता लिन नपाइने कानूनी अवस्था छ । फिर्ता लिनको लागि कानून संशोधन गर्नुपर्नेछ । कानून शंसोधनको लागि संसदमा दुई तिहाईको बहुमत चाहिन्छ । जबसम्म हालको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बहुमत ल्याउँदैन र पावरमा जाँदैन, तबसम्म बहुमतको सरकार बन्दैन । कानून संसोधन पनि हुँदैन ।’

आफू स्वास्थ्यमन्त्री हुँदा २०७२ भदौ ७ र ८ को घटना सम्बोधनको लागि सरकारमा गएको जिकिर गरेका छन् । उनले भने, ‘२०७२ मा संविधान लेखनको क्रममा थरुहट र अखण्ड आन्दोलन भयो । दुबै आन्दोलन राज्यसँग थियो । दुर्भाग्यवश भदौ ७ गते टीकापुर घटना घट्यो । त्यो मुद्दा राजनीतिक मुद्दा हो भनेर फिर्ताको प्रक्रिया अगाडि बढायौ । ८२ घर, पसलमा आगजनि भयो । निकासको लागि नै आफूहरु सरकारमा गएका थियौ । रेशम चौधरीलाई १ करोड ७२ लाख, निरु टेडर्स, जनक चौधरीलगायतलाई आफ्नै कार्यकालमा क्षतिपूर्ति दिलाएका हौ ।’ पुर्व स्वास्थ्य मन्त्री चौधरीले भनेका थिए ।

यहि अभिव्यक्तिको प्रतिक्रिया नागरिक उन्मुक्तिपार्टीबाट प्रतिस्पर्धा गरिरहेका श्रेष्ठ चाैधरीले फेक हल्ला गर्ने नेतागणहरु हो, तपाईं जस्ता एकाध मानिसको हल्ला सार्थक हुँदैन। त्यो सार्थक त त्यति बेला हुनेछ जतीबेला हामी सामाजिक न्यायको वकालत गर्नेहरु आफैंमा एक शक्ति हुनेछौं। हाम्रो उपस्थितिले जब संसदमा निति निर्माणमा हस्तक्षेप गर्न सक्ने ल्याकत राख्नेछ त्यो दिन के सडक के सदन हाम्रो सुनुवाइ हुनेछ। अन्तर्राष्ट्रिय समुदायले समेत हाम्रो पहिचानलाई मान्यता दिनेछ भन्दै सामाजिक सञ्जालमा लेखेका छिन् ।

उहाँ सम्पूर्ण अल्पसंख्यक आदिवासी जनजाति लगायत समाजको मुलधारबाट बन्चितीकरणमा परेका तमाम विविधतालाई वैकल्पिक राजनीतिको सुरुवात गर्न लागिरहेको नागरिक उन्मुक्तिलाई भोट हारेर देशको एक शक्ति बनाउन समाजिक सञ्जाल मार्फात अनुरोध गरेका छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview

Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game

Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting

Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts

Free Casino Site Slot Gamings for Enjoyable: Appreciate the Thrills without Investing a Penny

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

मेसीद्वारा पेलेको कीर्तिमान बराबरी

 स्पेनिस क्लब बार्सिलोनाले ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान बराबरी गरेका छन्। एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको

अझै पढ्नुहोस्
समाचार

जर्मनीका विद्यार्थीले गरे कैलालीको वनको अध्ययन

जमुना न्युरे,धनगढी/कैलालीमा रहेको ब्राहवन साझेदारी वनमा सालको पुनरुत्पादन राम्रो रहेको जर्ज अगस्त युनिभर्सिटी गोटिङ्गन जर्मनीका एमएस्सी फरेष्ट्रीमा अध्ययनरत विद्यार्थीहरुको एक अध्ययनले देखाएको छ । धनगढीमा

अझै पढ्नुहोस्