TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
Next
Prev

जे एन जि को आन्दोलनले पुरानो भवन ढलेर खरानी

शेयेर गर्नुहोस

धनगढी । सबैभन्दा पुरानो प्रशासनिक भवन कैलालीमा रहेको नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको सो राणाकालीन ऐतिहासिक भवन नष्ट भएको हो । राणाकालीन समयमा निर्माण गरिएको भवनमा जेनजी आन्दोलनकारीले भदौ २४ गते आगजनी गरेका थिए ।

आगजनीबाट भवन पूर्ण रूपमा नष्ट भएको छ । यो भवनबाट जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवा दिँदै आएको थियो । यसअघि प्रशासनले आफ्नो सेवा पूर्ण रूपमा यही ऐतिहासिक भवनबाट दिए पनि नयाँ भवन निर्माणपछि पुरानो भवनबाट राष्ट्रिय परिचयपत्रको काम मात्रै हुने गरेको थियो । 

आन्दोलनकारीले आगजनी गरेपछि पुरानो भवन ढलेर खरानी भएको छ । जिल्ला प्रशासन कार्यालयपरिसरमा अब यसको भग्नावशेष मात्रै बाँकी छ । आगजनीबाट कैलालीको एउटा सम्पदा नै ध्वस्त भएको टीकाटिप्पणी भइरहेको छ । “यो घर सम्पदा नै थियो, अब खरानी भएको छ,” स्थानीय प्रभाकर भण्डारीले भन्नुभयो । आन्दोलनकारीले कैलालीको एउटा इतिहास जलाएको स्थानीयको गुनासो छ ।  

राणा शाषणका बेला कैलाली र कञ्चनपुरको गोश्वारा (प्रशासनिक केन्द्र) कञ्चनपुरको बेलौरीमा रहेको बताइन्छ । पछि विक्रम संवत् १९९७ मा त्यो गोश्वारा धनगढी सारिएको थियो । त्यसताका धनगढीमा गोश्वारा, अञ्चलाधीशको कार्यालय, कारागार, वन विभाग र मालअड्डा गरी पाँच वटा कार्यालय मात्रै पक्की घरमा रहेको धनगढीको विकासका साक्षी स्वर्गीय शिवदत्त जोशीले लेख्नुभएको ‘उहिलेको धनगढी’ भन्ने लेखमा उल्लेख छ । त्यसताकाको गोश्वारा नै पछि जिल्ला प्रशासन कार्यालयमा परिणत भएको बताइन्छ । 

पूर्ण रूपमा नष्ट भएको भवनको अभिलेख नभएका कारण कहिले बनेको हो भन्ने यकिन हुन नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । सो भवन पुनर्निर्माण गर्ने वा के गर्ने भन्ने विषयमा कुनै निर्देशन नआएको उहाँले बताउनुभयो । “हामीले यसको अभिलेख खोजिरहेका छौँ,” जोशीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली / सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्ने अवस्था रहेको बताएका छन्। मुस्लिम आयोगले धनगढीमा आयोजना गरेको कार्यक्रममा

अझै पढ्नुहोस्
Uncategorized

आफ्नो धर्म र संस्कृतिमा अतिक्रमण भएकोले संरक्षणमा जुट्नुपर्ने : मन्त्री चौधरी

जमुना न्युरे,सुखड/कैलाली जिल्ला घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सवको उद्वघाटन सत्रको प्रमुख अतिथिको आशनबाट बोल्दै सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा बाताबरण मन्त्री

अझै पढ्नुहोस्

बाढीपीडित किसानले पाएनन् धानकाे मुल्य, व्यापारीकाे मनपरि मुल्य

टीकापुर/ टीकापुर लगायत कैलालीका बाढीपीडित किसानहरुले सरकारले ताेकेकाे मुल्य पाउन सकेका छैन ।सरकारले धानकाे मुल्य ताेके पनि धान खरिकाे लागि सरकारि काटा नलाग्दा किसानले धानकाे

अझै पढ्नुहोस्