मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

शेयेर गर्नुहोस

कैलाली / सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्ने अवस्था रहेको बताएका छन्। मुस्लिम आयोगले धनगढीमा आयोजना गरेको कार्यक्रममा प्रदेश प्रमुख मियाँले संविधान मार्फत मुस्लिम समुदायको लागि थुप्रै अधिकार स्थापित भएको र अब कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको बताएका थिए ।


‘हाम्रो सबै भन्दा राम्रो संविधान बनेको छ । उक्त संविधानले मुस्लिम समुदायलाई थुप्रै अधिकार दिएको छ त्यस्तो अधिकार छिमेकी मुलुकमा पनि छैन’ उनले भने, ‘अब अधिकार स्थापित गर्नु पर्छ । प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायका नागरिकहरूको चेतनको स्तर बढाउन आवश्यक रहेको टिप्पणी गरेका थिए । उनले शिक्षा स्वास्थ्य र नागरिकतामा समस्या रहेको भन्दै ती समस्या समाधान गर्न पनि आफूले भूमिका खेल्ने बताए ।


मुस्लिम आयोग अध्यक्ष समिम मिया अन्सारीले पनि मुस्लिम समुदायले अधिकार पाएको तर, पाएको पुरै अधिकार सुनिश्चित गर्न अझै नसकिएको बताए । उनले सबै प्रकारका सरकारी नियुक्ति र सरकारी सुविधा पनि उपस्थितिको आधारमा उपलब्ध हुनु पर्नेमा जोड दिएका थिए । संघीय निजामती विधेयक पारित भएपछि अझै सहज हुने अध्यक्ष अन्सारीले विश्वास व्यक्त गरे ।
मुस्लिम समुदायहरूको अझै पनि थुप्रै समस्या झेलिरहेको भन्दै ती समस्या समाधान गर्न प्रदेश प्रमुखले पनि भूमिका खेल्नेमा उनले विश्वास व्यक्त गरेका थिए । उनले पहिलो पटक मुस्लिम समुदायबाट प्रदेश प्रमुख नियुक्त भएको प्रति पनि उत्साहित हुनुपर्ने बताए।


कार्यक्रममा नेपाल मेडिकल एसोसिएसन प्रदेश सचिव डा. मेराज आलम अन्सारीले सुदूरपश्चिम प्रदेशमा पनि मुस्लिम आयोगको सम्पर्क कार्यालय खोल्न आग्रह गरे । शिक्षा स्वास्थ्य र रोजगारीको अवसर पाउनबाट पनि वञ्चित भएको र नागरिकता जन्म दर्ता र मृत्यु दर्ताबाट पनि धेरै समस्या रहेको भन्दै यस विषयमा चासो दिनु पर्ने उनको जोड थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले व्यक्तिगत घटना दर्ताको विषयमा आफूले सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले आरक्षण दिएर मात्रै चेतना विकास नहुने भन्दै उक्त समुदायमा सशक्तीकरण अभियान चलाउन आवश्यक रहेको बताएका थिए ।


मस्कुर अहमदले आफ्नो समस्याका विषयमा प्रस्ट राख्नु पर्ने भन्दै सरकारले गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । मस्जिद मदर्सा मुस्लिम सेवा समाजका अध्यक्ष मोहम्मद नाइमुद्धिन भाटले अझै पनि धेरैले नागरिकता नपाएको भन्दै त्यस विषयमा चासो दिन आग्रह गरेका थिए । उनले सुदूरपश्चिम प्रदेशमा पनि लोकसेवा सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुसालले मुस्लिम समुदायका नागरिकहरूले नागरिकता पाउँदा निकै समस्या रहेको भन्दै आफूले पनि त्यस विषयमा सहजीकरण गर्ने बताए । उनले मुस्लिम आयोगलाई अझै प्रभावकारी काम गर्न पनि सुझाव दिएका थिए । पहिलो पटक प्रदेश प्रमुख मुस्लिम समुदायबाट भएको भन्दै यसबाट धेरैले आफ्नो समुदायबाट पनि केही व्यक्ति यहाँ सम्म पुग्न सकिन्छ भन्ने धारणा बनाउनु पर्नेमा जोड दिएका थिए ।


मुस्लिम समुदायको आर्थिक सामाजिक सांस्कृतिक लगायतका विविध विषयक शसक्तिकण तथा क्षमता विकास कार्यक्रममा आयोगका अध्यक्ष सहित सबै सदस्य उपस्थित भएका थिए । कार्यक्रम आयोग सदस्य महमदिन अलीले सञ्चालन गरेका थिए भने अर्का सदस्य मिर्जा अरशद बेगले धन्यवाद प्रकट गरेका थिए ।
त्यस्तै प्रदेश प्रमुख कार्यालयमा मुस्लिम आयोगले प्रदेश प्रमुख नजिर मियाँलाई आयोगको प्रतिवेदन पनि पेश गरेको छ । प्रतिवेदन अध्यक्ष समिम मियाँ अन्सारीले आयोगलाई अझै बलियो बनाउनु पर्ने र सबै ठाउँमा समावेशिताको सिद्धान्त अनुसार अवसर पाउनु पर्नेमा जोड दिएका थिए ।
प्रदेश प्रमुख मियाँले प्रतिवेदन बुझ्दै आयोगलाई मुस्लिम समुदायले अधिकार सुनिश्चित गर्ने गरि काम गर्न सुझाव दिएका थिए ।
प्रतिवेदन पेश गर्दा आयोगमा सबै सदस्य, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली र प्रदेश प्रमुख कार्यालयका कर्मचारीहरू उपस्थित थिए ।

ताजा खबर

Kan du Vinna Vid CrazyLuck Kasino

Glücksblöcke bei Luckycloud Casino erfüllen Kunden mit Unterhaltung und Gewinnen.

El Misterioso Máximo en VoodooDreams Casino

Maison de jeu Spin House Casino : probabilités et stratégies de gain

Slotové Automaty v kasinu Spin Aura Casino

Dai Un Giro al Giococo con Jacks Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !