घोडाघोडी नगरपालिका स्थानियले आज नगरपालिका घेराउ गर्दै तालाबन्दि

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका ४ का स्थानिय आन्दोलित भएका छन । माघी होम स्टे सिम्थरी देखि सिताकुण्ड मन्दिर गैडा खेडा सम्मको बाटो पिच,चर्को रोयल्टि नियन्त्रण,टेङ्गना नदि कटान नियन्त्रणको माग राख्दै स्थानियले आज नगरपालिका घेराउ गदै तालाबन्दि समेत गरेका छन ।

५ दिन देखि आन्दोलनरत स्थानियले माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बताएका छन । ५ दिन देखि सिम्थरी सडक अवरुद्ध गरिहेको अवस्थाबारे जानकारी दिदा नगर प्रमुखले सडक मात्रै होईन मान्छे पनि बन्द गर जस्तो गैर जिम्मेवारी पुर्ण जवाफ दिएकाले नगरपालिका पुग्न बाध्य भएको आन्दोलन संयोजक दान सिं रतोकिको भनाई छ ।


अहिले सडक कालोपत्रे गर्न सम्भव नभएपनि तुरुन्तै पानि पिच गर्नुपर्ने बताउदै उनी भन्छन,सकड धुलाम्य हुदा स्वास्थ्यमा समेत असर परिहेको छ । ढुङगा,गिट्टि,बालुवा निकासिका लागि दिनमा ३०,४० ओटा सम्म ट्याक्टर जाने गरेको बताउदै संयोजक रतोकिले भने,उत्खनन गरेर ल्याउछन तर समस्या हामिलाई हुन्छ । बस्ति कटानको उच्च जोखिममा छ तटबन्धनको आवश्यक छ ।
आन्दोलन गर्न लागेको ५ दिन भयो नगरपालिकामा आन्दोलन गर्न पुगेका कृष्ण रोकाया भन्छन ,कुनै सुनुवाई नभएपछि नगरपलिकामा तालाबन्दि गर्न बाध्य भयौ । रोयल्टिबाट आएको रकम स्थानिय बिकासमा नै लगाउनुपर्ने रोकायाको भनाई छ ।

भोट माग्दा धेरै आश्वासन दिने गरेको बताउदै स्थानिय नन्दा न्यौपाने भन्छिन,बिकासका काम केहि पनि हुदैनन । सकडका कारण हिड्न नै समस्या भएकाले तुरुन्त सडक कालोपत्रे गर्नुपर्छ ।


यता नगरपाकिाका प्रमुख खडक रावतले अहिले उठाईका बिषय तुरुन्तै पुरा गर्न नसक्ने बताए । उठाईएका ३ ओटै बिषय गम्भिर रहेको र सो बिषयमा नगरपालिकाको ध्यानाकर्षण भएको बताउदै रावतले भने प्रक्रिया पुर्याएर माग सम्बोधन गर्नेछौ । वडा न ४ को कार्यलयमा तालाबन्दि गरेपछि स्थानियहरु नगरपालिका पुगेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर ७ मा नागरिक उन्मुक्ति पार्टीको शपथ ग्रहण

टीकापुर/टीकापुर नगरपालिका वडा नं. ७ मा नागरिक उन्मुक्ति पार्टीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । टीकापुरकाे सत्तीमा एक कार्यक्रमका विच नागरिक उन्मुक्ति पार्टीका वडा

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

बालबालिका सम्बन्धी सरोकारवालहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाले बालबालिका सम्बन्धी सरोकारवालहरू सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । पालिकाको महिला बालबालिका तथा समाज कल्याण उप–शाखाले वडा नम्बर १ देखी १२ सम्म

अझै पढ्नुहोस्
समाचार

नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–७ करैचामा नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको अति महत्वको ठुलो चार्डको रूपमा चिनिने माघी

अझै पढ्नुहोस्
राजनीति

बेलैमा बुद्धि नपुर्‍याए फेरि रुन पनि पाइने छैन

रेशम चौधरी,स्थानीय निर्वाचनको तरंगले हाम्रो देश ढाकिसक्यो। सहरका हलहरु राजनीतिक कार्यक्रमले भरिभराउ छन्। गाउँका गल्लीहरुमा ठडिएका वृक्षहरु राजनीतिक झण्डाले रंगीन छन्। बस्तीका झुपडीहरुमा समेत दलका

अझै पढ्नुहोस्