TRENDING
WestAce Casino Login – Lösungen für Anmeldeprobleme im Online-Casino
Detailed insights and generous bonuses await with bet on red for UK players seeking top casino games
Roulette Real Money: A Comprehensive Guide to Playing and Winning
The Ultimate Guide to Playing Roulette Trusted Online
Next
Prev

जस्तो दुखमा पनि संर्घष गरेर अगाडि हिड्छिन साबित्रा

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलालीको घोडाघोडी नगरपालिका वडा न २ मा बस्ने सावित्रा शाहि अहिले ४१ बर्षकि भईन । बुवा अमर बहादुर शाही र आमा मनकला शाहिको जेठो सन्तानको रुपमा कैलाली स्थित साबिकको जानकी गाउ बिकास समितीमा रहेको थापापुर गाउँमा २०३९ साल असोजको १३ गते उनी जन्मिएकी हुन । सामान्य परिवारमा जन्मिएकी उनी घरको काम र गाइ बाख्रा गोठलो हुँदै हुर्किईन ।


उनको बाल्यकाल सहज बितेन साबित्राको आफू १० ( दस) बर्षको हुदा बुवाको मृत्यु भए पछि आमाले घरको काम सङै मेलापात गरेर आफू र भाइ लाई हुर्काउनु भएको थियो । भाइ सानो भएकाले साबित्राले आमालाइ काममा सघाउने गर्दथिन ।
यस्तै दुखसुख भोग्दै जीवन हुर्कीदै गरेको साबित्रा १५ ( प्रन्ध) बर्षको उमेरमा साबिक साडेपानी गाउँ बिकास समिती ३ साडेपानी बस्दै गरेका नारायण बम सग आफै भागेर आइन ।नारायण बिबाहित पुरुष भए पनि श्रीमती दुर्गा बमको मृत्यु भए पछि ६ (छ ) बर्षको छोरा सहित बस्दै आएका थिय ।छोराको हेरचाह गर्ने र आफ्नो जिवनको पनि चलाउने साहाराका लागि साबित्रालाइ ल्याएका हुन । साबित्राको जीवन माइतिमा दुख पाइरहेकोले अब श्रीमानको घरमा खुशी हुने आसा र भरोसा निकै पलाएको थियो ।

त्यो भरोसा धेरै दिन टिक्न सकेन । श्रीमानलाई क्यान्सर रोगले च्यापेको धेरै पछि थाहा पाइन साबित्राले , बिरामी श्रीमानको उपचारलागि उनले खेत पनि बिक्रि गरिन तर पनि रोगले जिति सकेको कारण उनी १८ ( अठार )बर्षको कलिलो उमेरमा नै एकल महिला हुन पुगिन ,दैबको खेला पहिला पनि दुख पाएकी साबित्रालाइ फेरि निकै ठूलो ब्रजपात आफ्नै जिवनमा आइ पुग्यो । एकल आमा भए पछि घर परिवारले पनि तेति सहयोग नगर्ने गरेको हेलाको दृस्ठिकोणले हेर्ने गरेको कहिले काहीँ त आफुहरु खाना खान नपाएर भोकै बस्ने गरे तितो अनुभव उनले सुनाइन ।
सामान्य घर परिवारका बम आफू जीवन गुजारा चलाउनका लागि सकस भयो ,ठुलो छोरो दर्शन ९ (नौ)बर्षका थिय भने सानो छोरो गगन ६ महिना गर्भमा रहेका थिय । एक छोरो को साहारा लिदै अर्को छोरोलाइ गर्भामा हुर्काउदै दुख पीडा सहदै अगाडी बढ्दै गइन । सानो छोरो जन्मिए पछि ठुलोलाइ आफू अनपढ भए नि छोरालाइ पढाउने बिचार गरिन ।

ठूलो छोराको दशरथ माध्यामिक बिधालय साडेपाना भर्ना गरिन ।सुत्केरी ज्यान भयनी ठूलो छोराको स्कुलको शुल्क तिर्न , पोशाकका लागि ज्यालामजदुरी गर्न तर्फ लागिन । उनी बिहाना उठेर घरमा खाना बनाएर छोरालाइ बिधालय पठायर दिनभरी घर बनाउने ठाउँमा लेबर गर्न जाने गरेको बताइन , कहिले काम गर्न चिसापानी ढुङ्गा कुट्न जाने दिनको २००- ३०० ( दुई सय -तीन सय) सम्म पारिश्रमिक दिने गरेको कति रात सितमा सुत्ने गरेको तितो अनुभव सुनाइन ।


यसरि गिट्टी कुट्दै , घर बनाउने ठाँउमा ज्यालामजदुर गरेर दुबै छोरालाइ ११ कक्षा सम्म पढाउन सफल भएकी हुन सावित्रा । जिवनमा जति दुख पीडा भए पनि ज्यान फाल्न तथा मर्न नसकिने रैछ , दुख गरेर भए पनि एकल महिलाले जीवन जिउन बाध्य भएको बताइन ।


अहिले छोराहरु पढाइ छोडेर भारतमा काम गर्न गएको उनी बताउछिन । एकल महिला भए पनि उनले कहिले हिम्मत नहारेर निरन्तर रुपमा काम गर्दै बच्चाको भबिस्य बनाउन लागि परेको स्थानीय राम सि धामिले बताए ।


हिजो दुख गरेकी साबित्रालाइ अहिले छोराहरुले बिबाह गरेर आफ्नो जिम्मेवारी निभाएका छन् ।सानामा दुख पाएकोले अहिले शरीरले समय समय दुखेर दुख दिने गरेको छ। नजिकै को स्वास्थ्या केन्द्रमा निशुल्क औसधि पाइने भए पनि आफु बिरामी पर्दा औसधि कहिले सकिएको त कहिले आइ नपुग्ने गरेको बताउछिन् यसरी बिरामी हुदा निजि किल्निकमा जादा धेरै रुपैया लाग्ने हुदा हामी जस्ता दुखिले रोग लुकाउनु पर्ने पीडा रहेको बताउछिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

WestAce Casino Login – Lösungen für Anmeldeprobleme im Online-Casino

Detailed insights and generous bonuses await with bet on red for UK players seeking top casino games

Roulette Real Money: A Comprehensive Guide to Playing and Winning

The Ultimate Guide to Playing Roulette Trusted Online

Detailed insights into allwins casino reveal a secure platform with diverse games for UK players

सम्बन्धितखवर

छुटाउनु भयो कि !