घोडाघोडीबाट किन सारियो परिक्षा केन्द्र

शेयेर गर्नुहोस

सुखड/“आज घोडाघोडी बहुमुखी क्याम्पसमा राष्ट्रीय योजना आयोगका सदस्य डा.राम फुयाल आएछन । के स्थानीय दल नचाहिने रहेछ त ? घोडाघोडी बहुमुखी क्याम्पसको हिसाब काठण्माडौंमा गरौला ।” कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले माघ १३ गते सनिवारका दिन पूर्व निर्धारीत कार्यक्रम बिनानै आयोजना गरेको एक कार्यक्रममा स्थानीय दललाइ खबर नगरेको विषयलाइ लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष खगेन्द्र हमालले झोक्मा लेखेको स्टाटस हो यो ।

मंगलबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले एमबीएस र एमपीएको परिक्षा आउदो आइतबार बिहान एघार बजे देखि हुने परिमार्जित गर्दै एक सूचना प्रकाशित गर्यो । गएको आइतबार यस कार्यालयले प्रकाशित गरेको सूचनामा कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकिएको थियो ।

तर, परीक्षा केन्द्र तोकिएको सूचना प्रकाशित भएको दुइदिन नबित्दै डिनको कार्यालयले सूचना परिमार्जित गर्दै सोहि क्षेत्रमा रहेको राष्ट्रीय कलेजमा परिक्षा केन्द्र सारेको हो । हाल परीक्षा केंन्द्र तोकिएको कलेजका व्यवस्थापन समितिका अध्यक्ष भने, उनै स्टाट्स लेख्ने हमाल रहेका छन् । हमाल स्टाट्स लेखेलगतै केहि समय काठमाण्डौको बसाईपछि कैलाली फर्किएका थिए ।

यस क्षेत्रमा रहेका यी दुइ कलेजका संचालक समितिमा एकआपसमा प्रतिसोधको भावना रहेको उनीहरुले बेलाबेलामा सामाजीक संजालमा व्यक्त गर्ने गरेका अभिव्यक्तिले पनि प्रष्ट हुने गरेको छ । अझ मंगलबार सारिएको परिक्षा केन्द्रको विषयले राष्ट्रीय कलेजले राजनितिक आडम्बर देखाएको भन्दै आरोप लागेको छ । परीक्षा केन्द्र तोकिए पश्चात् व्यवस्थानमा जुटेको कलेज व्यवस्थापन समिति र विद्यार्थीहरु परिमार्जीत सूचनाका कारण चकित परेका छन् । जुनकुराको अहिले स्थानीय रुपमा सर्वत्र चियोचर्चा समेत भैइरहेको छ ।

डिनको कार्यालयको धारणा यस्तो

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाद्वारा सेमेष्टर प्रणालि अन्तर्गत संचालित एमबीएस र एमपीएमा २०७७ सालमा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०१९ देखि २०२० सम्ममा उल्लेखित कार्यक्रममा भर्नामई चौथो सत्रको परीक्षामा सामेल भई अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुको चौंथो सत्रको नियमित परीक्षा आउ“दो आईतबार बिहानको ११ः३० बजेदेखि संचालन हुने गरी देशभरका ५६ कलेजमा परीक्षा केन्द्र तोकेको छ । तर, घोडाघोडीको हकमा बाहेक अन्य कुनैको हकमा परिमार्जित सुचनाले फरक परेको छैन । यस अघिका दिनहरुमा घोडाघोडी बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकिदै आएको र हाल परीक्षा केन्द्र परिमार्जित गरिएको विषयलाइ अन्यथा रुपमा नलिदिन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले अनुरोध गरेको छ । त्यस क्षेत्रमा एमबीएस पढाई हुने दुइवटा कलेज भएकाले आफुहरुले वैकल्पीक रुपमा राष्ट्रीय कलेजलाइ छनोट गरिएको सहायक डिन श्रीकृष्ण खरेलको भनाइ छ । यी दुइ कलेज विचको आपसी द्वन्दका विषयमा आफू जानकार भएका कारण आगामी हुने परीक्षालाइ आलोपालो परीक्षा केन्द्र हुने गरी संचालन गरिने उनले बताए । त्यस क्षेत्र वरपर पर्ने गरी नजिक अन्य कुनै एमबीएस पढाई हुने कलेज नभएका कारण पनि समस्या सृजना भएको उनको भनाइ छ । परीक्षा केन्द्र सार्नु भन्दा एकदिन पहिले घोडाघोडी बहुमुखी कलेजका प्रमुख लक्ष्मी प्रसाद भट्टराई संगको कुराकानीमा सहायक डिनले परीक्षा केन्द्र सार्नुपर्ने विषयमा राजनितिक दबाब आएको संकेत गरेपछि, टिकापुर र धनगढी परीक्षा केन्द्र राख्दा विद्यार्थीहरुलाइ समस्या हुने भएकाले पायकपर्ने गरी नजिकै राखिदिन आफुले नै भनेको कलेज प्रमुख भट्टराईको भनाई छ ।

परीक्षा केन्द्र सार्ने विषयमा डिनका प्रमुखलाइ फोन

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले आइतबार प्रकाशित गरेको परीक्षा केन्द्र सम्बन्धी सुचनामा आफ्नो कलेजमा परीक्षा केन्द्र नपरेको भन्दै, डिनका प्रमुख डिल्ली राज शर्मालाई आफुले फोन गरेको राष्ट्रिय कलेजका व्यवस्थापन समिति अध्यक्ष हमालले स्वीकार्यका छन् । आफुहरु संगको भेटघाटमा भएको सहमती बेघर सुचना आएको बारेमा डिनको कार्यालयलाइ जानकारी गराएपछि उक्त सुचना परिमार्जित गरिएको कलेज व्यवस्थापन समितिका अध्यक्ष हमालको तर्क छ । यी दुबै कलेज नजिकै भएकाले गर्दा, यस अघि आलोपालो गरेर परीक्षा केन्द्र तोकिने सहमती भएको थियो । तर, डिनको कार्यालयले प्रकाशित गरेको सुचनामा आफ्नो कलेजमा परीक्षा केन्द्र नपरेपछि डिनका प्रमुख शर्मालाइ फोन गरेर सच्चाउन लगाइएको अध्यक्ष हमालको भनाइ छ । यस कुरामा राजनितिक प्रतिसोध न साध्न कलेज अध्यक्ष हमालले उनुरोध समेत गरेका छन् ।

राष्ट्रिय कलेज के परीक्षा केन्द्रका लागी उपयुक्त छ ?

एक सुचना प्रकाशित गर्दै, आइतबार परीक्षा केन्द्र तोकिएका ५६ वटा कलेज मध्ये कुनै एक परीक्षा केन्द्र सार्नका लागी डिनको कार्यालयले मंगलबार पुनः परिमार्जित गर्दै सुचना प्रकाशित गरेको विषयमा नै खोट देखिन्छ । यी कुरामा पहिले नै डिनको कार्यालयले ध्यान दिएर सुचना प्रकाशित गरेको भए सायदै आशंका हुदैन थियो होला । रातारात परीक्षा केन्द्र सारिएको विषयले जुन अहिले निकै चर्चा पाइरहेको छ । क्यूएए प्राप्त र आवश्यक संरचनाले भरिपूर्ण घोडाघोडी बहुमुखी कलेजबाट परीक्षा केन्द्र सारिएको हो । राष्ट्रिय माविले उपलब्ध गराएको साधुरो जमिनमा बनेका जिर्ण जस्तै देखिने संरचनामा परीक्षा हुन लागेको छ । पर्खा नभएका कारण चारै तिरबाट खुल्ला छ । यस्तो वातावरण सुरक्षाका दृष्टीकोणबाट पनि उपयुक्त होइन । त्यसो त, अघिपछिको समयमा भन्दा परीक्षाको समयमा विद्यार्थीहरुमा बढी तनाब र डर हुने गर्दछ । यस्तो अवस्थामा राजनितिक उन्माद देखाउदै शक्ति प्रदर्शन गरेर परीक्षा केन्द्र सार्नु भन्दा अनुकुल भयरहित वातावरणमा परीक्षार्थीलाइ उपस्थित गराई परीक्षालाई थप मर्यादित रुपमा सम्पन्न गर्न तर्फ सरोकारवाला सबैले ध्यान दिनुपर्दछ ।

ताजा खबर

Getting Your Winnings Out in Australian Dollars

Lucky Jungle Kasino – Välsignad Lycka i Dolda Regnskogar

Glücksspiele bei BetOnRed Casino: Strategien und Erfahrungen von Spielern in Deutschland

Winning Strategies for AladdinsGold Casino Slots

Heats Casinon Nyheter och Utdelningar

RingoSpin Casino Classic Slot Machines Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !