कैलाली काँग्रेसद्वारा भुकम्प पिडितलाई १ लाख सहयोग

शेयेर गर्नुहोस


धनगढी, हालै जाजरकोटमा केन्द्र विन्दु बनाएर गएको भुकम्प प्रभावित क्षेत्रको पुननिर्माणार्थका लागि नेपाल नेपाली काँग्रेस कैलालीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सहयोग रकम नेपाल बैंक लिमिटेडको नेपाली काँग्रेस विपत व्यवस्थापन कोषको खाता नम्बर खाता नम्बर १३५००१००१५६९७२०००००१ जम्मा गरिएको नेपाली काँग्रेस कैलालीका सचिव केशव राज मिश्रले बताए । भुकम्प क्षेत्रको पुननिर्माण र पुर्नस्थापनामा सरकारलाई साथ दिन उक्त रकम कैलाली काँग्रेसले सहयोग गरेको जिल्ला सचिव मिश्रले बताए ।


नेपाली काँग्रेस केन्द्रीय कार्यालयले आवहान गरे अनुसार मानवीय भावनलाई ध्यान दिंदै आ–आफ्नो क्षेत्रवाट सबैलाई सहयोग गर्न पनि सचिव मिश्रले आव्हान गरेका छन् । साथै उक्त कार्यमा नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाले पनि सक्रिय भएर लाग्न उनले आवहान गरेका छन् । भुकम्प प्रभावित क्षेत्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, योगेन्द्र चौधरी लगायतका नेताहरु निर्माण कार्यमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

निजामती कर्मचारीले वृक्षारोपण गरि मनाए स्थापना दिवस

जमुना न्युरे,धनगढी/नेपाल निजामती कर्मचारी युनियन को स्थापना दिवसको अवसर पारेर धनगढी उपमहानगर पालिका वडा न ९ र १ को त्रिबेणी आर्यघाटमा वृक्षा रोपण कार्यक्रम सप्पन्न

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाले सय दिनकाे महत्त्वपूर्ण उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक

टीकापुर/टीकापुर नगरपालिकाले सय दिनकाे महत्त्वपूर्ण उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे छ । बिहिबार नगर प्रमुख रामलाल डगाैरा थारुले पत्रकार सम्मेलन मार्फत नगरपालिकाले सय दिनमा

अझै पढ्नुहोस्
समाचार

मस्तिष्क मृत्युबाट हुने अङ्गदान र प्रत्यारोपण सम्बन्धि अन्तरक्रिया सप्पन्न

जमुना न्युरे ,धनगढी / अङ्गदान र मृगौला पत्यारोपणामा महिलाहरु ८०% पुरुष लाई दिएर बचाएको पाइयो तर महिलाहरु आफू तेहि बिरामी पर्दा पुरुष हरुले आनाकानी गर्ने

अझै पढ्नुहोस्
समाचार

डडेल्धुरामा चितुवा मृत फेला

धनगढी/डडेल्धुरामा एक चितुवा मृत फेला परेको छ । मंगलबार बिहान गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको हो । प्रहरी

अझै पढ्नुहोस्