सुदुरपश्चिम मुख्यमन्त्री शाहका पुजनिय पिताको ८४औ बसन्तका दिन मोहन चन्द्र शान्ति अक्षयकोषको निर्णय गरि आर्थिक सहयोगको घोषणा

शेयेर गर्नुहोस

मिति २०८०/०८/११ गतेका दिन सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्युका पुजनिय पिता नेपाल प्रहरीका पुर्ब प्रहरी वरिष्ठ उपरीक्षक (SSP)श्री मंगल बहादुर शाह ज्युको ८४औ बसन्तको पुजा कार्यक्रममा माननीय मुख्यमन्त्री ज्युले पुजनिय पिताको सतक आयु,सु-स्वास्थ्य एवम् दिर्घायुको कामना गर्नुका साथै आशिर्वाद ग्रहण गर्नुभएको छ।


उक्त ८४औ बसन्तको पुजा समारोहमा पुजनिय पिताले आफ्नो जन्मभुमि अछाम जिल्लाको रामारोशन गाउपालिका वार्ड न ०५ नेटाकोटमा अवस्थित यशोदा उच्च माध्यमिक बिद्यालयको स्तरोन्नतिका लागि मोहन चन्द शान्ति अक्षयकोषको निर्माण गरि उक्त गाउपालिकाका अति जेहन्दार,दुखी र निम्न आय भएका विद्यार्थी भाइ-बहिनीहरुको उज्ज्वल भबिस्यको कामनाका लागि उक्त कोष मार्फत अक्षेरुपी सात लाख रुपैया(७०००००/-)नगदसहित पुजामा तुलादान गरेको सम्पुर्ण रकम र प्रयोग भएका बहुमुल्य सामानहरु समेत कोष मार्फत दान गर्ने घोषणा गर्नुभएको छ।


आवस्यकता अनुसार थप सहयोग गर्ने घोषणा गर्नुभएको छ।
उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री माननीय श्री झपट बहादुर साउद ज्यु, रामारोशन गाउपालिकाका अध्यक्ष श्री मान बहादुर साउद ज्यु लगायत अति विशिष्ट ब्याक्तित्वहरुको उपस्तिथि रहेको थियो।

ताजा खबर

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !