दश वर्ष पुग्दा पनि गरेन पालिकाले फोहोर व्यवस्थापन

शेयेर गर्नुहोस

जमुना न्युरे/कैलालीमा वन्यजन्तु हिँड्ने बाटोमा नगरपालिकाले फोहर बिसर्जन गर्ने गरेको छ । केही दिनका लागि अस्थायी रुपमा ‘डम्पिङ साइट’ बनाउन अनुमति लिए पनि गौरीगङ्गा नगरपालिकाले विगत १० बर्ष पुग्दा पनि डम्पिङ साइड ब्यबस्थापन गर्न सकेको छैन ।

गौरीगङ्गा नगरपालिकाले सरंक्षित वन वसन्ता जैविक मार्गको सहायक मार्गका रुपमा रहेको बढैपुर–राजीपुर क्षेत्रको वनमा डम्पिङ साइड बनाएको छ । यसरी डम्पिङ साइड बनाउँदा त्यस क्षेत्रमा हिँडडुल गर्ने बाघलगायत वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर परेको छ । पाटेबाघले बसन्ता संरक्षित वन हुँदै हिँडडुल गर्ने गरेको छ ।

गौरीगङ्गा नगरपालिका–४ मा रहेको गौरी गणेश सामुदायिक वन र वडा नं ८ स्थित हरियाली वसन्ता सामुदायिक वनबीचको सिमानामा पालिकाले डम्पिङ साइड बनाएको छ । बसन्ता जैविक मार्ग हुँदै पाटेबाघ बर्सेनि उक्त सामुदायिक वनमा आफ्ना डमरुसहित आवतजावत गर्ने गरेको छ । पछिल्लो समयमा सो क्षेत्र पाटेबाघको मुख्य बासस्थान बनेको छ । त्यही सामुदायिक वन भएर लोपोन्मुख पाटेबाघले वसन्ता जैविक मार्ग आवतजावत गर्ने गरेको छ ।

यसरी बाघ हिँड्ने बाटोमा पर्ने हरियाली बसन्ता र गौरीगणेश सामुदायिक वनमा नगरपालिकाले मनोमानी रुपमा १० वर्षदेखि फोहर बिसर्जन गर्दा बाघलगायत जङ्गली जनावरलाई असर परिरहेको संरक्षणकर्मीहरु बताउँछन् । बाघ हिँड्ने बाटोमै गौरीगङ्गा नगरपालिकाले फोहोर फ्याँकिदिँदा त्यसले वन्यजन्तुलाई असर गरिरहेको वन वातावरणका क्षेत्रमा क्रियाशील तथा सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले बताए ।

“बाघको हिँड्ने बाटो बढैपुर–राजीपुर क्षेत्रको जङ्गलमा जथाभावी फोहोर फ्याँकिदिँदा त्यसले वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ”, उनले भने । विगत १२ वर्षदेखि सो क्षेत्रको जङ्गलमा डढेलो नलागे पनि नगरपालिकाले फ्याँकेको फोहोर जलाउँदा यस वर्ष डढेलो सल्केको सापकोटाले बताए ।

“सात÷आठ वर्षदेखि जङ्गल डढेलोबाट जोगिएको थियो”, सापकोटाले भने, “नगरपालिकाले जङ्गलमा फ्याँकेको फोहोर जलाउँदा सल्केको डढेलोले वन क्षेत्र विनास हुनुका साथै यसबाट जङ्गली जनावरलाई समेत प्रभावित पारेको छ ।”

बाघको बासस्थान नजिकै फोहोर फ्याँकिदिँदा त्यसको दुर्गन्धले बाघलगायत वन्यजन्तुलाई गम्भीर असर परिरहेको सापकोटाको भनाइ छ । “बाघ दुर्गन्धरहित ठाउँमा बस्ने जनावर हो । नगरपालिकाले फ्याँकेको फोहोरले बाघलाई प्रत्यक्ष असर परिरहेको छ, यसतर्फ नगरपालिकाले समयमै सोच्नुपर्ने हुन्छ ।”

गौरीगङ्गा नगरपालिकाको बढैपुर–राजीपुर वन क्षेत्र पछिल्लो समयमा वसन्ता जैविक मार्गको सहायक मार्गका रुपमा देखिएको वातावरणविद् एवं पूर्व जिल्ला वन अधिकृत रमेश चन्द ठकुरीले बताए । “सडक किनारमै अनी वसन्ता जैविक मार्गको सहायक मार्गमा जथाभावी फोहोर फाल्नु गतल हो”, उनले भने । जङ्गलमा जथाभावी रुपमा फ्याँकिएको फोहोरले मानव स्वास्थ्यलाई समेत असर पर्ने पूर्व वन अधिकृत चन्दको भनाइ छ । “मानवलाई भन्दा बढी वन्यजन्तुलाई असर परिरहेको छ”, उनले भने ।
जथाभावी फालिएको फोहोरले बाघलगायत वन्यजन्तुलाई प्रत्यक्ष असर परिरहेकाले सम्बन्धित नगरपालिकाले तत्काल डम्पिङ साइड हटाउनुपर्नेमा उनले जोड दिए । नगरपालिकाले फोहोर सही ढङ्गबाट जङ्गलबाहिर व्यवस्थापन गर्नुपर्ने पूर्व वन अधिकृत चन्दले बताए ।

वसन्ता जैविक मार्गसँग जोडिएको वसन्ता हरियाली सामुदायिक वन क्षेत्रमा नगरपालिकाले आफूखुसी बनाएको डम्पिङ साइडले वन्यजन्तुलाई असर परेको डिभिजन वन कार्यालय कैलालीका “सामुदायिक वन क्षेत्रमा आफूखुसी नगरपालिकाले डम्पिङ साइड बनाएर मापदण्डविपरीत काम गरेको छ,” उनले भने, “यो सरासर गतल हो ।” सामुदायिक वनमा फोहोरजन्य पदार्थ फाल्नै नपाइने वन अधिकृत भट्टले बताए । “हामीले पटक पटक नगरपालिकालाई त्यहाँबाट डम्पिङ साइड हटाउन निर्देशन दिँदैआएका छौँ, नगरपालिकाले अटेर गरिरहेको छ ।”

गौरिगङ्गा नगरपालिका प्रमुख देबिदत्त कडेलले आफू निर्वाचीत हुनुभन्दा पहिला नै उक्त ठाउँमा डम्पिङ साइड रहेको बताए । “हामिले डम्पिङ साइडका लागि कहीँकतैबाट स्वीकृति लिएका छैनौँ तर केही समयका लागि भन्दै सामुदायिक वनमा फाल्ने भनिएको भए पनि पालिकाले जमिन नपाएर मात्र फालेको हो”, उनले भने । यसबाट वातावरणमा असर परेको स्विकार्दै उनले फोहोर बिसर्जन गर्न जमिनको खोजी गरिररहेको बताए ।

“व्यक्तिगत रुपमा भन्ने हो भने यसरी जङ्गलमा फोहोर फ्याँक्नु उचित होइन”, प्रमुख कडेलले भने, “त्यो पनि बाघ हिँड्ने बाटोमा झनै राम्रो भएन ।” सामुदायिक वनमा फ्याँकिएको फोहोरका विषयमा पटक पटक कार्यपालिका बैठकमा कुरा उठ्ने गरेको उनको भनाइ छ । “अब हामी यसको उचित व्यवस्थापनमा लाग्छौँ”, उनले भने ।

उनले भने अबको केही दिनमा गोदावरी नगरपालिका सङ्ग छलफल गरेका छौ , यहाको फोहोर गोदावरी नगरपालिकाले संचालनमा ल्यायको फोहोरमैला व्यवस्थापन केन्द्रमा पठाउने बताए ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भोगाधिकारबिना पालिकाहरुले यसरी जङ्गलमा जथाभावी फोहोर फाल्न तथा खुल्ला रुपमा डम्पिङ साइड बनाउन नपाइने बताए । उनले यसबारे सम्बन्धित निकायलाई छानबिन गर्न, डम्पिङ साइड व्यवस्थापन गर्न तथा कारबाहीका लागि सम्बन्धित निकायलाइ पत्राचार गर्ने बताए ।

“पालिकाले डम्पिङ साइड बनाएको ठाउँ घेरबार समेत गरेको छैन, यहाँ फालिएको फोहोर प्रशोधन छनोट गरिदैँन, प्लास्टिकलाई पुनः उत्पादन गरिँदैन । फोहोरमा मिसिएका प्लाष्टिकजन्य पदार्थ यत्रतत्र छरिएका छन्,” सचिव कोइरालाले उनले भने, “त्यही प्लाष्टिक खाएर वन्यजन्तु बिरामी पर्ने सम्भावना अत्यधिक छ ।”

जङ्गलमा जथाभावी फोहोर फालिँदा वन्यजन्तुलाई असर पर्नुका साथै प्लाष्टिक तथा सिसाले जङ्गल कुरुप बन्न थालेको सामुदायिक वन समन्वय समितिका अध्यक्ष सापकोटाले बताए । वसन्ता करिडोरको सहायक करिडोरका रुपमा रहेको सामुदायिक वनमा आवतजावत गर्ने पाटेबाघ, मृग, चित्तल, बँदेल, निलगाई तथा बाँदरलाई असर पर्ने गरेको उनले बताए । “यो वन क्षेत्रमा पाटेबाघ, मृग, चित्तल, , निलगाई र बँदेल प्रसस्त छन्,’ उनले भने,‘जथाभावी फालिएको फोहोरले यी वन्यजन्तुलाई असर गरिरहेको छ।’ प्लाष्टिकजन्य पदार्थ खाँदा वन्यजन्तुहरू बिरामी पर्ने गरेको पनि उनले बताए।   स्थानीय यस्तै घोडाघोडी नगरपालिका , लम्किचुहा नगर पालिका लगायतका पालिकाहरुले भोगाअधिकार बिना नै सामुदायिक वनमा डम्पिङ साइड बनायका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

N1Bet – Das Glück des Spiels ist egal, ob Gewinn oder Verlust

Ouro da Fortuna em Nova Vegas

Spielautomat Olympia – Die Münze Rätlet zum Sieg

Marvel Automaten – Erfolg ist nur eine Gewinnlinie entfernt

Viu-Viu – Glücksspiel auf höchstem Niveau

LExpérience Tour de Poursuite Virtuelle en Ligne

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक

अझै पढ्नुहोस्
समाचार

पत्रकार महासंघद्वारा सुदूरपश्चिम सरकारसँग साढे ५ करोड बढी बजेट माग

धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पत्रकारिता क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा पत्रकार कल्याणका कार्यक्रम सञ्चालन गर्न

अझै पढ्नुहोस्