पौराणिक कला संस्कृति संरक्षणका लागि लवाङ्गी पुजा

शेयेर गर्नुहोस

धनगढी, ११ मंसीर । कैलालीको गौरीगंगा नगरपालिका–१०, सुन्दरपुरमा छैठौं लवाङ्गी पुजा तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ ।


‘भाषा, कला संस्कृति हमार पहिचान, थारु वैदिक गुरुवा प्रशिक्षण केन्द्र संगे थारु संग्राहलय बनैना हमार अभियान’ भन्ने मूल नारा सहित यहि मंसीर १६ र १७ गते कार्यक्रम हुने भएको हो । थारु गुरुवा बैदावा सेवा समिति, भलमन्सा समिति, देउथान व्यवस्थापन समिति गौरीगंगाको आयोजना कार्यक्रम हुने जनाइएको छ ।


पौराणिक कला, संस्कृति, भेषभुषा, भलमन्सा, गुरुवा बैदवा सोह्रिनीयाहरुको संरक्षण तथा थारु देउथानको प्रचार प्रसार र धार्मिक पर्यटन प्रवर्धनका लागि कार्यक्रम आयोजना गर्न गइरहेको थारु गुरुवा बैदावा सेवा समितिका सचिव धनीराम चौधरीले बताए ।


२०७५ सालमा स्थापना भएको देउथानको प्रचारप्रसार र धार्मिक पर्यटक प्रवर्धन गर्ने उद्देश्य सहित सामुहिक देउथान स्थापना गरि प्रत्येक वर्ष लवाङ्गी पुजा र सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । यसका साथै थारु वैदिक गुरुवा तालिम केन्द्र र संग्रहालयका लागि भवन निर्माण पनि भइरहेको जनाइएको छ ।
वडा नम्बर १० को कार्यालयले वैदिक गुरुवा तालिम केन्द्र निर्माणका लागि आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ मा रु. पाँच÷पाँच लाख र २०७९÷०८० मा रु. सात लाख आर्थिक सहयोग गरेको छ । जुन निर्माणाधिन भवन अहिले लेन्टरसम्म निर्माण कार्य भएको सचिव चौधरीले जानकारी दिए ।
सचिव चौधरीका अनुसार तालिम केन्द्र निर्माण भएपछि थारु वैदिक गुरुवा तालिम केन्द्र, थारु सग्रहालय, योग अभ्यास केन्द्र, थारु वैदिक अध्ययन केन्द्रको रुपमा विकास गर्ने बताए ।
सांस्कृतिक संयोजक दिनेश दहितका अनुसार उक्त दुई दिने कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि हुने बताए । उनले सांस्कृतिक कार्यक्रम, ढाक बजाउने र गुरुवा नाच, रातभरि देवताको फुलवार बाचन, पुजापाठ गर्ने बताए ।
देउथानमा गाउँका ३५० किसान र १५० गुरुवा वैदावा आवद्ध रहेका छन् । उनीहरु प्रत्येकले रु. सयका दरले आर्थिक संकलन गरि कार्यक्रम गर्दै आएका छन् । साथै सरकारी तथा गैरसकारी संघसंस्था तथा विभिन्न व्यक्तित्वहरुको पनि सहयोग रहेको छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল Mostbet একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম যেখানে আপনি বিভিন্ন ধরনের খেলা, ক্যাসিনো এবং বাজি রাখতে পারেন। এখানে

अझै पढ्नुहोस्
समाचार

विभिन्न पदमा आफन्तलाइ दियको नियुक्ति खारेजको माग सुदूरपश्चिम एमाले संसदीय दल

धनगढी/नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिममा एमालेका मन्त्री राज्यमन्त्रीहरूले परिवारका सदस्यहरूलाई दिएको नियुक्ति खारेज गर्न भनेको छ । एमाले संसदीय दलको कार्यालय आगलागीले ध्वस्त

अझै पढ्नुहोस्