धनगढी/किसान बहुउद्देश्यीय सहकारी संस्थाले दुई जना सेयर सदस्यकाे ऋण मिनाह गरेकाे छ । सहकारीकाे फूलवारी शाखाले धनगढी-१८का दुई जना सेयर सदस्यकाे ऋण मिनाह गरेकाे हाे । बिहिवार सुबिधा बितरण तथा श्रद्धाञ्जली सभाकाे आयाेजना गर्दै ऋण मिनाह गरेकाे हाे ।
सेयर सदस्य धनगढी १८की सरिता पाैडेल क्षेत्री र अम्भी कमिनीका श्रीमानकाे मृत्यु भएपछि उनीहरुकाे ऋण मिनाह गरेकाे हाे ।सहकारीले कमिनीकाे दुईलाख नाै हजार एक सय ७८ र क्षेत्रीकाे २३ हजार ऋण मिनाह गरिएकाे हाे ।ऋण मिनाह गरेपछि सेयर सदस्यहरुले खुसि ब्याक्त गर्दै सहकारीलाई धन्यवाद दिए ।
ऋणी वा ऋणीका अविभावककाे मृत्यु भएमा सहकारीले ऋण मिनाह गर्दै आएकाे सहकारीकी फूलवारी शाखा प्रमुख दिलमाया थापाले जानकारी दिनुभयाे । केन्द्रीय कार्यालय लम्की चुहा १ लम्कीमा रहेकाे सहकारीका सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ४१ शाखाबाट आफ्नाे कराेवार गर्दै अएकाे थापाले बताउनुभयाे ।
सहकारीकी फूलवारी शाखा प्रमुख दिलमाया थापाकाे अध्यक्षतामा भएकाे सुबिधा वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि , संचारकर्मी , समाजसेबी र सहकारीका सेयर सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।