कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान

शेयेर गर्नुहोस


धनगढी, चैत २९– नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्य समिति र जिल्ला कार्य समिति कैलालीले प्रकाशन गरेका भित्तेपात्रो २०८१ को विमोचन गरिएको छ ।

विहीबार धनगढीमा एक भव्य कार्यक्रमका बीच नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचित गरिएको हो । कार्यक्रममा अतिथिहरुले भित्तेपात्रो विमोचन गर्नुका साथै उपस्थित निजामती कर्मचारीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्य समिति र जिल्ला कार्य समिति कैलालीको छुट्टा छुट्टै भित्तेपात्रो विमोचन गरिएको हो । कार्यक्रममा युनियनका संस्थापक, सेवा निवृत्त युनियन आवद्ध कर्मचारीहरु, बहालवाला कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा युनियन आवद्ध कर्मचारीको हक हित र सुरक्षाका साथै कर्मचारीलाई युनियनमा आकर्षित गर्न सुझाव दिइएको थियो ।

कार्यक्रममा पूर्व केन्द्रीय उपाध्यक्ष नारायण सत्याल, सल्लाहकार नारायणप्रसाद शर्मा, चेतराज जोशी, केन्द्रीय प्रतिनिधि सुरेश रोकाया, नारदप्रसाद भट्ट, केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजक धर्मबहादुर देउवा, केन्द्रीय सदस्य त्रैलोक्य जोशी, केन्द्री सदस्य तथा स्थानीय तह कर्मचारी युनियन दाताराम जोशी लगायतका युनियन नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा खबर

The Best Slot Machines To Play Inside Year”

LegionBet Problem Gambling Warning Signs

Roulette Bonus Canada Safe: A Complete Guide

Neteller Gambling Enterprises Blackjack: Whatever You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !