टीकापुरका किसान गहुँबाली भित्र्याउने चटारोमा, घरदैलोमा नेता कार्यकर्ता

शेयेर गर्नुहोस

अप्सरा बुढा,
टीकापुर/स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै टीकापुरमा चुनावी सरगर्मी बढेको छ। पाँच दलीय गठबन्धन देखि प्रतिपक्षमा रहेको नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरु चुनावी प्रचारसँगै पार्टी नेता तथा कार्यकर्तालाई खटनपटनमा व्यस्त छन् । तर टीकापुर लगायत विभिन्न स्थानका अधिकांश स्थानीयवासीलाई भने गहुँ बाली भित्र्याउने चटारो छन ।

कैलालीकाे टीकापुर नगरपालिका–७ का लालविर चौधरीले प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै गहुँ काट्ने काममा स्थानीयवासी लागेको बताउनुभयो । “नेताहरु चुनावी प्रचारका क्रममा टोल कमिटी गठन देखि आफ्नो पक्षमा माहोल बनाउन आउँछन्”, चौधरीले भन्नुभयो, “हामी भने बिहान देखि साँझ अबेर सम्मै खेतमा काम गरिरहेका छौँ ।” प्रायः सबै दलका जिल्ला तह देखि स्थानीय तहका नेता समेत पार्टीले खटाएको क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । यहाँ पार्टी प्रवेश गराउने लहर नै चलेको देखिन्छ ।

पाँच दलीय गठनबन्धन हुने केन्द्रको सुर्कलर पछि यहाँ पार्टीभित्र असन्तुष्टीसमेत चुलिएको छ । असन्तुष्ट हुनेमा अधिकांश नेपाली कांग्रेसका स्थानीय नेताहरु रहेका छन् । यहाँ कतिपय स्थानमा गहुँ भित्र्याइरहेका किसानलाई भेट्न खेतमै समेत पार्टीका नेता तथा कार्यकर्ता पुगिरहेका छन् ।

टीकापुर नगरपालिका–४ का रामभजन चौधरीले गहुँ भित्र्याउन दिन रात नभनी खेतमा सक्रिय रहेको बताउनुभयो । “एक बिघा जति अधियाँमा गहुँ पनि लगाएको छु”, उहाँले भन्नुभयो, “सबै परिवार नै अहिले गहुँ काट्नमा व्यस्त छौँ ।” उहाँले निर्वाचनमा नेताले किसानलाई आश्वासन मात्रै बाँड्ने गरेको दुःखेसो पोख्नुभयो ।“खेतीका बेला सिँचाइका लागि पानी हुँदैन, भोट माग्दा आउँदा कुरा ठूला गर्छन्”, उहाँले भन्नुभयो, “जतिसुकै व्यवस्था परिर्वतन भए पनि हामी किसानको समस्या कसैले बुझेनन् ।

नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरु वडा स्तरमा उम्मेदवार टुङ्गो लगाउन कस्सिएको छ भने नेकपा एमाले लगायतका केहि दलहरु पनि उम्मेदवार टुङ्गो लगाउने गृहकार्यमा जुटेका छन् ।

“उम्मेदवार रहित नेताहरु घरदैलोमा फाटफुटरूपमा आइरहेका छन्”, टीकापुर–१ का प्रदिप कुमार विकले भन्नुभयो, “हामी भने गहुँ भित्र्याउने काममा छौँ ।”उहाँले पार्टीहरु भित्र उम्मेदवार टुङ्गो लगाउन सकस भइरहेको सुन्ने गरेको बताउनुभयो । “दिनभरि खेतमै हुन्छौँ, राजनीतिका कुरा सुन्ने मात्रै हो”,उहाँले भन्नुभयो, “हामीलाई गाउँको विकास गर्ने नेता चाहिएको छ ।” कृषिमा युवा पुस्तालाई स्वरोजगार बनाउने खालका योजना ल्याउने नेताहरु किसानको रोजाइमा पर्नसक्ने विकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win – apuestas seguras y casino online en un solo lugar

Пин Ап Казино Официальный Сайт – Играть в Онлайн Казино Pin Up

Онлайн казино Dragon Money (Драгон Мани) – мобильная версия

Куш казино онлайн – мобильная версия сайта

Plinko Casino Game Online – Play on Mobile and Desktop

1Win en Argentina – revisión del casino en línea

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार धनराज (अविरल) युरोपको माल्टामा सम्मानित

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाद्धारा पत्रकार धनराज विक (अविरल) सम्मानित भएका छन् । नेपालमा पत्रकारिता गर्दै आएका विक युरोपमा आएर पनि पत्रकारितामा सक्रिय रहेर प्रवासी

अझै पढ्नुहोस्