आज देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

शेयेर गर्नुहोस

अप्सरा बुढा,टीकापुर/कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’ बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनको खोप कार्ड अनिवार्य गरिएको छ ।

आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड पनि देखाउनुपर्नेछ । त्यस्तो कार्ड मोबाइलमा खिचेको भएपनि हुनेछ । यस्तो निर्णय कार्यान्वयनका लागि सबै डीसीएमसीलाई गृह मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी तालमा सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,घोडाघोडी /कैलालीको घोडाघोडी ताल क्षेत्रमा चरा गणना कार्य सुरु भएको छ । चरा संरक्षण नेटवर्क कैलालीको आयोजनामा गणना कार्य सुरु गरिएको हो । कैलाली

अझै पढ्नुहोस्
समाचार

सुरक्षाकर्मीहरुको लागि जलचर तथा बन्यजन्तु संरक्षण सम्बन्धि अभिमुखिकरण सम्पन्न

जमुना न्युरे,टिकापुर/कैलाली जिल्लाको टिकापुरमा जलचर सरक्षण ऎन , राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सरक्षण ऎन दिगो ढुङ्गा ,गिट्टी तथा बालुवा उत्खनन सम्बन्धि नेपाल प्रहरी र सशस्त्र

अझै पढ्नुहोस्
समाचार

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० भेनु पाटर्नर ओम प्यालेस

धनगढी, जेठ ३२‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को भेनु पाटर्नर धनगढीको ओम प्यालेस भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले असार ७ गते आयोजना

अझै पढ्नुहोस्
समाचार

नेपाल साँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम सुरु

जमुना न्युरे , धनगढी /नेपाल साँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम आज देखि धनगढीमा सुरु भएको छ । नेपाली काँग्रेस

अझै पढ्नुहोस्