माघि पर्वमा तीन दिन विदा दिने निर्णय

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलेलले बताउनुभयाे ।

‘यो गाउँपालिकामा थारू बाहुल्यता रहेको छ,’ उहांले भन्नुभयाे, ‘थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’
उहांका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो ।
माघी के हो ?
माघी थारु समुदायको प्रमुख चाड हो । नेपालीका लागि माघे सङ्क्रान्ति विशेष पर्व मानिन्छ भने थारु समुदायका लागि माघी नयाँ वर्षको दिन पनि हो ।

माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारु माघी पर्व पुरै महिनाभरी नै मनाइन्छ । थारु समुदायमा ‘हामी’ को भावना यही माघी पर्वले महत्वका साथ विकास गर्छ । यसलाई थारु समुदायले परापूर्वकाल देखि नै महान् पर्वको रुपमा धुमधामसँग मनाउँदै आएको विश्वास छ ।
ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति(माघे संक्रान्ति) पनि भनिएको हो । यो माघ महिनाको पहिलो दिन मनाइन्छ ।

माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । थारु समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिसहरु मिलेर सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मर्ना’ भनिन्छ । र त्यो दिनलाई ‘जिता मर्ना दिन’ भनिन्छ ।
पुस मसान्तमा विभिन्न प्रकारका परिकार (सुँगुरको मासु, ढिक्री, रोटी, माछा आदि) हरु तयार गरिन्छ । र रातभरी नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेष गरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुम्रु गाउने गरिन्छ ।

माघ १ गते अर्थात् माघीको दिन विहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिसहरु सँगै सामुहिक रुपमा नदीमा नुहाउन जान्छन् र घरमा आई आ–आफ्नो दिदी बहिनीहरुलाई उपहार दिने गर्छन् जसलाई ‘निसराउ’ भनिन्छ । त्यसपछि सबै जना सबैसँग गाउँभरी ढोगसलाम गर्छन्, आशिर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । बर्षभरीका सुख दुःख का कुराहरु साटासाट गर्छन् । घरपरिवारमा भित्र पनि कामको बाँडफाँड गर्छन् । त्यसैगरी त्यही दिन गाउँका सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) चुन्ने र चौकीदार चुन्ने कार्य हुन्छ ।

केही पहिलेसम्म कमैया र कम्लहरीहरु छुटाउने फुकाउने कार्य पनि यसै दिन गरिन्थ्यो तर अहिले यस्ता प्रथा हटिसकेका छन् । गाउँमा कामकाजको बाँडफाँड, गएको वर्षभरीको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने आदि जस्ता विविध कार्यहरु पनि यही दिन गरिन्छ । वर्षभरी त्यही अनुसार चल्नुपर्ने हुन्छ । अर्थात् भनौँ लोकतान्त्रिक प्रक्रिया अनुसार विकास निर्माणको काम अगाडि बढाउँछन् । यसरी माघ महिनाभरी नै रमाइलो गरी माघ मनाउने चलन रहेको छ ।

ताजा खबर

DuffSpin Game Freezing: Browser and Client Fixes

The Ultimate Guide to 100 rs Deposit Casino: Everything You Need to Know

Polska ruletka online: wszystko, co musisz wiedzieć

Die effektivsten Online-Casino-Dienste: Ein umfassender Leitfaden zur Selektion der perfekten System

The Ultimate Guide to Online Roulette Casinos

Cascaderende winsten op de speelautomat

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Αξιόπιστη πλατφόρμα και wazamba download για ασφαλείς συναλλαγές στο διαδίκτυο

Αξιόπιστη πλατφόρμα και wazamba download για ασφαλείς συναλλαγές στο διαδίκτυο Ασφάλεια και Αξιοπιστία της Πλατφόρμας Wazamba Έλεγχος Ταυτότητας και Προστασία Προσωπικών Δεδομένων Διαδικασία και Βήματα

अझै पढ्नुहोस्