अल्पमतमा परे पछि दोस्रो पटक सरकार बिस्तार गर्दै मुख्य मन्त्री शाह

शेयेर गर्नुहोस

धनगढी । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । शुक्रबार नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्रीसहित तीन जना मन्त्री नियुक्त गरेका शाहले सोमबार फेरी मन्त्रिपरिषद् विस्तार गरिरहेका छन् ।


नाउपा स्रोतकाअनुसार प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रीमा नियुक्त गर्ने समझदारी बनेको छ । दिउँसो ३ बजे चौधरीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियाको सपथ लिने भएका छन् । चौधरी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ निकट मानिन्छन् ।


शाहले यसअघि नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए । नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा छन् । यो सँगै सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाका मन्त्रीको संख्या राज्यमन्त्रीसहित पाँच पुगेको छ ।


शाहले स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशी र राप्रपाकी खेमादेवी बिष्टलाई पनि मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए तर राप्रपाले केन्द्रको निर्णय पर्खिने बताएपछि स्वतन्त्र सांसद जोशी पनि तत्काल सरकारमा गएका छैनन् । तर जोशी सरकारमा जाने कुरामा सकारात्मक छन् ।


नाउपाका सांसदलाई एकपछि अर्को मन्त्री नियुक्त गरिरहेका शाहले मन्त्रीले फुटाएर भएपनि जोशी र बिष्टलाई पनि मन्त्री बनाउने आश्वासन दिएका छन् । दुवै जना सरकारमा आए मात्र शाहलाई बहुमत पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

घोडाघोडीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

सुखड । यही मङ्सिर ९ गतेबाट देशभर सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आइतबार सकिएको छ । जस अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाले पनि

अझै पढ्नुहोस्
राजनीति

कांग्रेस-एमालेका नेता कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

टीकापुर/ कैलालीमा नेपाली कांग्रेसका महासमिति सदस्य र नेकपा एमालेका जिल्ला नेतासहित दर्जनौं कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । टीकापुरमा आइतबार आयोजित कार्यक्रममा कांग्रसका

अझै पढ्नुहोस्
अर्थ

इन्धनको मूल्यमा वृद्धि

काठमाडौ / सरकारले गएराति देखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य

अझै पढ्नुहोस्
समाचार

प्रदेश सरकारको विभेदपूर्ण व्यवहारका विरुद्ध अनलाइन मिडिया सञ्चालकहरुको ध्यानाकर्षण

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका अनलाइन मिडियालाई विभेद गरेको छ । मन्त्रालयले आम सञ्चार क्षेत्रको संस्थागत

अझै पढ्नुहोस्