TRENDING
Mostbet Kz: 140 000 Бонус Мостбет Казино Ресми Сайты
Понимание: что такое волатильность слотов и её влияние на выигрыш?
Понимание: что такое волатильность слотов и её влияние на выигрыш?
Понимание: что такое волатильность слотов и её влияние на выигрыш?
Понимание: что такое волатильность слотов и её влияние на выигрыш?
Next
Prev

सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

शेयेर गर्नुहोस

धनगढी । चैत ७ गते हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ रहने भएको छ ।

मुख्य प्रायोजन सम्बन्धी सम्झौतामा सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकबीच हस्ताक्षर भयो । सम्झौतापछि एसपीएका प्रबन्ध निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै आगामी वर्षमा पनि अवार्डसँग जोडिँदै अगाडि बढ्ने बताए ।

यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेको छ । सोमबार मुख्य प्रबद्र्धन सम्बन्धी सम्झौता पत्रमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकवहादुर सिंह र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष पाठकले हस्ताक्षर गरेका थिए । छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष पाठकले बताए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet Kz: 140 000 Бонус Мостбет Казино Ресми Сайты

Понимание: что такое волатильность слотов и её влияние на выигрыш?

Понимание: что такое волатильность слотов и её влияние на выигрыш?

Понимание: что такое волатильность слотов и её влияние на выигрыш?

Понимание: что такое волатильность слотов и её влияние на выигрыш?

Понимание: что такое волатильность слотов и её влияние на выигрыш?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल

धनगढी, ३१ साउन / धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल भएको छ । अकाउण्टीविलीटि ल्याब नेपालले बिहीबार धनगढीमा स्थानीय युवा नीतिको महत्त्व

अझै पढ्नुहोस्
समाचार

खेतबारीबाट उद्दार गरियो अजिङ्गर

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मुर्गहुवा गाउँ चन्द्र बहादुर चौधरीको धानबारीमा अजिङ्गर फेला परेको छ । सब डिभिजन बन कार्यलय सुखडका प्रमुख नितेश

अझै पढ्नुहोस्
समाचार

छोटो अवधिको तालिममै लाखौँ असुल्दै इन्स्टिच्युट, विभिन्न प्रलोभनमा परेर ठगिए विद्यार्थी

धनगढी,7 भदौ । डोटीकी कल्पना बोहरा (नाम परिवर्तन) केही वर्षअघि पढाइको सिलसिलामा धनगढी आइन् । धनगढीस्थित रेडिकल एकेडेमीले देखाएको लोभकै कारण उनी धनगढी झरेकी हुन्

अझै पढ्नुहोस्