अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका हुने मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी / सहकारीले सुदूरपश्चिमको अर्थतन्त्रमा महŒवपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । ६६ औँ राष्ट्रिय सहकारी दिवसको प्रभात फेरी र्‍यालीको सुरुवातका क्रममा बोल्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।

सहकारीले कृषि, पशुपन्छी तथा मलखादमा पनि किसानलाई उत्तिकै टेवा पुर्‍याएको बताउँदै उनले भने,‘सहरकारीले कृषि क्षेत्रलाई पनि उकासेको छ । कृषिका हरेक क्षेत्रमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण छ ।’ सहकारी दिवस मनाउने क्रममा धनगढीमा उत्साहजनक सहभागिता रहेको बताउँदै उनले भने ,‘सहरकारीप्रति गाउँ टोल विश्वास र भरोसा बढेको छ ।’

कार्यक्रममा गौरीगंगा नगरपालिकाका उपप्रमुख तथा सहकारी अभियन्ता भोजबहादुर बमले सहकारी क्षेत्र बहुआयामिक रहेको बताए । उनले राष्ट्रको समृद्धिका लागि सहकारी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारीले गरेको सहयोगले गाउँबस्तीका किसानलाई अर्थउपार्जनमा टेवा पुगेको उनले बताए ।

उनले भने,‘छरिएर रहेको पुँजीलाई सहरकारीले एकीकृत गरेर त्यही समुदायिमा लगानी गरेको छ । जसले गर्दा सहुलियतमा विना धितो गरिब किसानले ऋण लिई आयआर्जनका क्रियाकलापमा लगानी गरेका प्रसस्त उदाहरण छन् ।’ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदनसिंह धामीले सहकारीका माध्यमबाट कृषि क्षेत्रमा पुगेको टेवाको चर्चा गरे ।

प्रभात फेरीपछिको समापन समारोहका सभापति तथा जिल्ला सहकारी संघ लिमिटेड कैलालीका अध्यक्ष फणिराज सापकोटाले पछिल्लो समयमा एक दुई सहकारीले गरेको गलत क्रियाकलापले समग्र सहकारीको कुप्रचार गर्न नहुने बताए । उनले भने,‘केही सहकारीले गरेको गलत कामले समग्र सहकारीलाई मुछ्नु हुँदैन । सहकारीले गरेको राम्रा कामका कहिल्यै प्रचार भएन । तसर्थ हामीले गरेका राम्रा काम पनि समाजमा छन भन्ने कुरा सबैलाई सुनाउन जरुरी रहेको छ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्राङ्गणबाट निस्किएको प्रभात फेरी र्‍याली धनगढी बजार हुँदै जिल्ला सहकारी संघ लिमिटेड कैलालीको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !