सुदूरपश्चिम महोत्सव २०८० शुरु, लगाइयो प्रधानमन्त्रीलाई १० किलोको माला

शेयेर गर्नुहोस

धनगढी/नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिम महोत्सव २०८० को समुदघाटन गरेका छन्। शुक्रबार प्रधानमन्त्री दाहालले धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती टोल महोत्सव स्थलमा सुदूरपश्चिम महोत्सवको समुदघाटन गर्दै महोत्सव सुरु भएको हो।

सो क्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले दश बुँदे माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई दश किलोको माला लगाएका छन्। १७ औं संस्करणको उद्घाटन क्रममा अध्यक्ष कुँवरले अहिलेसम्म सरकारले १० वटा मागबारे कुनै प्रक्रिया अघि नबढेको बताए ।

धनगढी विमानस्थल कालोपत्रे गर्न कैलाली महोत्सव–२०६३ मा ‘प्रति टिकट एक रुपैयाँ’ अभियान सञ्चालन भयो । तर हालसम्म स्थानीय माग र आवश्यकता भएपनि धनगढी विमानस्थललाई भने प्रादेशिक अन्तराष्ट्रिय राष्ट्रिय विमानस्थल बनाउँन कुनै पहल नभएको बताए । धनगढी विमानस्थलमात्र नभई संघले प्रदेशमा क्षेत्रीय पर्यटन केन्द्रको स्थापना आवश्यक बजेट विनियोजन नहुँदा पर्यटन प्रवद्र्धनका कामहरु कार्यालयले अघि बढाउन सकेको छैन् ।

कैलाली उद्योग वाणिज्य संघले गौरिफण्टा नाकाको स्तरोन्नित गरिनुपर्ने, दशरथ चन्द स्वास्थ्य बिज्ञान प्रतिष्ठान, खप्तड शुक्ला फाँटा घोडाघाडी जस्ता पर्यटकिय क्षेत्रको सम्र्वद्धन, औद्योगिक क्षेत्र र बिशेष औद्योगिक प्याकेज, जडीबुटी प्रसोधन केन्द्र, शित गृह, चिनी मिल, सेती हाइड्रोपावर, गेटा बिमानस्थललाई बैकल्पीक अन्र्तराष्ट्रिय मार्ग, सवै जिल्लाको पक्की सडक, सूचना प्रविधि, बहृमदेव सडक खण्ड, चिसापानी देखी गड्डाचौकी सम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, प्रर्दशनी स्थल, नेपाल टेलिभिजनको प्रशारण केन्द्र र सुदूरपश्चिम सास्कृतिक संग्राहलय लगायतका १० बुँदे माग अघि सारेको छ ।

अध्यक्ष कुँवरले अन्तराष्ट्रिय क्रिकेट रंगशाला, प्रदेश सभा सम्मेलन गृह, दोदोधरा चाँदनी सुख्खा बन्दरगाह, प्रदेशस्तरिय पर्यटन केन्द्र निर्माण गरिनुपर्ने, गेटा विमानस्थल धवनमार्ग कालोपत्रे तथा अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गरिनुपर्ने र सेति प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने बुँदाहरु आंशिक रुपमा सरकारले सुनुवाई गरेको भएपनि पूर्णता हुन नसकेको बताए ।उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशमा लगानी बढाउन लगानीकर्तालाई दश वर्ष कर छुटको व्यवस्था गर्न सामान्य माग गर्दा समेत सरकारले यसको सम्बोधन गर्न सकेको छैन् ।

संघका निवर्तमान अध्यक्ष दीनेशराज भण्डारीले प्रदेशको समग्र विकासका लागि हामीले २१ बुँदे माग लिएर अघि बढ्यौ तर, नेतृत्वले माग सम्बोधनमा गम्भीर बन्न नसकेको बताए। उनले एक कार्यालयसमेत खोल्नका लागि दबाब र पहल गर्न नसक्ने यहाँका जनप्रतिनिधिले विकास एजेण्डा पुरा गर्न नसक्ने बताए । प्रदेशमा उद्योग, व्यवसायमा आशातित फड्को मार्न नसकेको उनी बताउँछन्। उनले सरकारले अहिलेसम्म विशेष आर्थिक क्षेत्रको काम अघि बढाउन नसकेको बताए।  कैलाली उद्योग वाणिज्य संघका अनुसार महोत्सवको १७ औं संस्करण चलिरहदा पाँच वटा मागमात्र सम्बोधन भएको जनाइएको छ।

प्रदेशको सेति प्रादेशिक अस्पतालमा आइसियू स्थापना, क्षेत्रीय खेलकुद रंगशाला, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्द्य प्रशोधन केन्द्रको स्थापना गरि पाँच बुँदा मागको सुनुवाई भइसकेको छ।बाँकी माग अधुरा रहेका छन् । कैलाली उद्योग वाणिज्य संघले २०६३ सालमा कैलाली महोत्सव शुरु गरेको थियो। उक्त उद्घाटन समारोहमा सुदूरपश्चिमका अत्यावश्यक २१ वटा आवश्यकताहरुको मागसहित तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई २१ किलोको माला लगाइएको थियो। महोत्सवको समुद्घाटनमा तत्कालिन राष्ट्रपति डाक्टर रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओली, बाबुराम भट्ट्राईदेखि यस क्षेत्रको प्रतिनिधित्व गर्दै संविधान सभा सदस्य लेखराज भट्ट, भीम रावल, नारदमुनि राना लगायत प्रमुख अतिथिका रुपमा १७ देखि २१ किलोसम्मका मालाको भार बोकिसकेका छन् ।शुक्रबार महोत्सव गरिदै आएको १७ वर्ष पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Juegos de Azar en Instasino Casino: Experiencia Deportiva y Recreativa

BetPlays Casino overview: features and online gaming options.

Rizikový Záskok v Klubu Ivy Bet Casino

Información sobre Godz Casino: Características y Servicios Ofrecidos

Casino Regina: Overview and Facilities

Dziewczyna z Kasynem Viu Viu

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Экспертный обзор лицензий и бонусных программ в онлайн‑казино Лев

Выбирая онлайн‑казино, большинство игроков сразу смотрят на два ключевых фактора: надёжность лицензии и привлекательность бонусов. Без надёжной лицензии нет гарантии честной игры, а без выгодных

अझै पढ्नुहोस्
समाचार

कानुनी थुनामा राख्ने चार सिडिओ सहित १२ प्रहरी अधिकारीलाई कारबाहीको सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई गैर कानुनी थुनामा राख्ने चार जना प्रमुख जिल्ला अधिकारी(सिडिओ)लाई कारबाहीका लागि सिफारिस गरेको छ ।  आयोगले खोटाङको हलेसी

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कैलालीमा ५० हजारबढी किशोरीलाई एचपिभी खोप लगाइने

नगढी,१५ माघ । कैलालीमा ५० हजार ६ सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत

अझै पढ्नुहोस्