TRENDING
No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations
Ideal Cent Port Machines to Play: A Comprehensive Guide
The Best Bitcoin Casino Sites that Approve Bitcoins
Neteller Gambling Enterprises Online: A Comprehensive Guide
Book of Ra Slot: Unvergessliche Abenteuer für deutsche Casino-Enthusiasten
Next
Prev

सुदूरपश्चिम प्रदेशमा हुने लगानी सम्मेलन अघि गर्नुपर्ने कामहरु

शेयेर गर्नुहोस

दिपक जोशी(अधिबक्ता)
गौरीगंगा ,कैलाली-हाल-कलंकी, काठमाण्डौं


सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलन नजिकै गर्दा विभिन्न बिषयमा छलफल आवश्यक देखिन्छ । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा गर्न लागेको विकास तथा लगानी सम्मेलनले देशका विभिन्न क्षेत्रलाई प्रभावित र उत्साहित बनाउन सक्नुपर्दछ । सम्मेलन हुनुअघि प्रदेश सरकारले केन्द्र सरकारसंग विभिन्न नीतिहरुका बिषयमा लगानीकर्ताहरुलाई विश्वस्त पार्नेगरी छलफल गर्न आवश्य देखिन्छ ।
सम्मेलनले नेपालभरिका व्यापार प्रतिनिधिमण्डल, कर्पोरेट नेता, शिक्षाविद्, इनोभेटर्स र सरकारी नेतृत्वका लागि सामूहिक रूपमा सम्पुर्ण सुदूरपश्चिम प्रदेश व्यापार अवसर र साझेदारीको खोजी गर्ने मञ्चका रुपमा सुदूरपश्चिम विकास तथा लगानी सम्मेलन परिणत हुनुपर्दछ ।
उधेगी, ब्यापारी र लगानीकर्तालाई विश्वस्त पार्न सम्मेलन अघी सुदूरपश्चिम प्रदेश सरकारले केन्द्रिय सरकार सँग सहकार्य गरी अबिलम्ब निम्न नितीहरुमा अनुमोदीत वा संशोधित गर्नुपर्ने भएमा उक्त कार्य गरी सम्पुर्णलाई विस्वस्त तुल्याउनु पर्ने हुन्छ ।
छलफलका लागि यहाँ प्रस्तुत गरिएका मुख्य वटा नीतिमाथि सुदूरपश्चिम सरकारले केन्द्र सरकारसंग तत्काल छलफल गर्नुपर्ने देखिन्छ र सम्मेलन अघि नै सोअनुसार नीतिहरु बनाउनु पर्दछ ।
१) विशेष प्याकेजका लागी दिशा निर्देश ।
२) मेघा उद्योग र औधोगिक नीति ।
३) प्रदेश सरकारको सर समान उपलब्धता नीति ।
४) ब्यापार सुरुवात नीति ।
५) लघु, साना तथा मझौला उद्यम नीति ।
६) निजी औधोगिक नीति ।
७) निर्यात नीति ।
८) पर्यटन व्यवसाय तथा रोजगार नीति ।
९) आयकर ऐन नीति (जसमा लगानीकर्ताहरुलाई आकर्षित गर्न के कस्तो करका दरहरुमा सहुलीयत प्रदान गरेको छ, आदी)
१०) अन्य स्थानिय ऐन नियम नीति ।
यि माथि उल्लेखित नीतिहरुबारे प्रदेश सरकारले तत्कालै केन्द्र सरकारसंग छलफल गरेर निष्कर्षमा पुगेपछि मात्रै लगानी सम्मेलनलाई प्रभावकारी बनाउन सकिन्छ । सुदूरपश्चि प्रदेश आफैमा विभिन्न क्षेत्रमा लगानीको ठुलो संभावना रहेको क्षेत्र हो ।
सम्मेलनले लगानीकर्ता, निजी र सार्वजनिक संस्थाहरूलाई अत्याधुनिक प्रविधि, आविष्कार, र भविष्यका चुनौतिहरुको सामना गर्नका लागि पनि सहयोग गर्न र प्रदर्शन गर्ने अवसरहरू पनि प्रदान गर्ने कुरामा सिंगो सुदूरपश्चिमवासी आशावादी छन् ।
सम्मेलनका विभिन्न सत्रहरुमा उद्योग ब्यापारमा देखिएका विभिन्न चुनौती र अवसरहरूमा वास्तविक र व्यापक छलफल गरेर लगानी र विकास सुनिश्चित हुनेमा थप आशावादी हुन सकिन्छ ।
राज्यले आकर्षक प्रोत्साहन र प्रक्रियागत समर्थन सहित क्षेत्रगत र ब्यापक सहजिकरण सहित दुवै किसिमका बृहत् नीतिहरूले लगानीकर्ताहरू समक्ष सरकारी अनुमोदन सहितको वाचा–पत्र प्रस्तुत गरी भूमि र पूंजी अनुदान, ब्याज अनुदान लगायतका सुविधा सहित सुदूरपश्चिम प्रदेशलाई एक आकर्षक लगानी गन्तव्यका रुपमा परिचित गर्नकालागि सम्मेलन एक सुनौलो अवसर बन्नुपर्दछ ।
प्रदेश लगानि सम्मेलनले आफ्ना लगानीकर्ताहरूको लागि राम्रो निर्णय लिने काममा सहयोग र लगानीकर्ताहरुलाई सहयोग गर्न विजनेस–टु–विजनेस (द्यद्दद्य) र सरकार–देखि–व्यवसाय (न्द्दद्य) बैठकहरू पनि सन्चालन गरेको खण्डमा लगानी सम्मेलनको औचित्यलाई अझै पुष्टी गर्न सकिने छ भन्ने कुरामा सरोकारवालाहरुको ध्यान आकृष्ट गर्न चाहन्छु ।

सदियौंदेखि केन्द्रको हेपाहा दृष्टीमा परेको सुदूरपश्चि संघीय लोकतान्त्रि गणतन्त्र आएपछि केहि तङ्ग्रिन थालेको छ । एकात्मक राज्य व्यवस्थाको सबैभन्दा ठुलो मारमा परेको सुदूरपश्चिममा संघीय गणतन्त्रपछि विकासको सुरुवात भएको छ । सिंगो देशको अर्थतन्त्र र विकासमा टेवा पुर्याउन सक्ने अथाह संभावनाहरु भएर पनि विगतमा एकात्मक शासन प्रणालीले सुदूरपश्चिम उपेक्षामा पर्दै आएको तितो सत्य हो ।
सुदूरपश्चिममा खप्तडदेखि शुक्लाफाँटा, चुरैदेखि तराईका समथर फाँटहरु यहाँका ठुलो संभावना बोकेका क्षेत्रहरु हुन् । सुदूरपश्चिम मिश्रृत भाषा र संस्कृतीले भरिपुर्ण छ ।
यहाँका नदी नालाहरुले देशको उर्जा क्षेत्रमा ठुलो योगदान गर्न सक्छन् भने तराइका फाँटहरुमा उद्योग र कलकारखानाले ठुलो रोजगारी सिर्जना गर्न सक्छन् ।
फप्तड र शुक्ताफाँटा आरक्ष क्षेत्रले स्वदेश तथा विदेशी पर्यटक लोभ्याउनका साथै त्यहाँ पाइने विभिन्न बहुमुल्य बनस्पती र जडिबुटीले देशको अर्थतन्त्रमा टेवा पुग्न सक्छ ।

यि सबै अथाह संभावना बोकेका क्षेत्रमा योजनाबद्ध ढंगले लगानी भित्र्याउन सर्बप्रथम प्रदेश सरकार नै आफैमा योजनापुर्ण ढंगले सम्मेलनको तयारीमा जुट्नु पर्दछ । होइन भने लागानी सम्मेलनका नाममा कुनै स्वार्थ समुहले आफ्नो इच्छा मात्रै पुरा गर्नेछ र सुदूरपश्चिम फेरि पनि त्यही गरिबी, बेराजगारी, परनिर्भरता र विभेदमा बाँच्न बाध्य हुनेछ ।

सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलनबाट विभिन्न उद्योगी, व्यापारी, लगानीकर्ताहरुलाई हामीले आर्कषित गर्न सक्यौं भने त्यसले विकासको मुल फुट्न धेरैसमय लाग्नेछैन् ।

लगानी सम्मेलनले हाल सुदूरपश्चिममा भएका उद्योग, कलकारखानाहरुका अपठ्यारा र समस्याहरुका बिषयमा पनि सम्मेलनमा एजेण्डागत छलफल हुनुपर्दछ । जसले संचालनमा रहेका थोरै उद्योग, कलकारखाना, व्यापार, ब्यवसायलाई थप विकास गर्न सहज होस ।
सम्मेलनले राजनीति स्वार्थ भन्दा पनि सिंगो सुदूरपश्चिमको समग्र विकासलाई ध्यान राखेर सफलतापुर्वक सम्पन्न गर्न सकोस शुभकामना ब्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations

Ideal Cent Port Machines to Play: A Comprehensive Guide

The Best Bitcoin Casino Sites that Approve Bitcoins

Neteller Gambling Enterprises Online: A Comprehensive Guide

Book of Ra Slot: Unvergessliche Abenteuer für deutsche Casino-Enthusiasten

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एक करोडभन्दा बढीको सुन, चाँदीका विदेशी मुद्रासहित तीन जना पक्राउ

कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोडभन्दा बढीको सुन, चाँदीका विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब

अझै पढ्नुहोस्