नेपालको (सु.प.प्र.) पर्यटन विकासमा (चिसापानी) जल्पादेवी (राजकाँडा) केवलकार र प्याराग्लाइडीङ्ग : प्रा.डा.प्रेम शर्मा

शेयेर गर्नुहोस

“हाम्रो सुन्दर/सुदुर पश्चिम प्रदेश हामी चिनाउछौं”; कर्णाली नदी पारि (पश्चिम)का नेपाली जनताको पर्यटकीय स्पन्दन अब साकार हुदैछ । सपना साकार नहोला परिकल्पना पुरा हुन्छ । यो कार्य धमाधम/जोडतोडका साथ वन्दै गरेको ‘चिसापानी–‘जल्पादेवि केवलकार”(३१००मि.) र प्रस्तावित “राजकाँडा– (मालिका मन्दिर) बाल्चौर/मालताना–कुइने प्याराग्लाइडीङ्ग” ४/५ कि.मि. उडानले सुदुरपश्चिम प्रदेशको आम जनसमुदायमा पर्यटन विकासको अपेक्ष रुपान्तरण गर्न सक्‌ने छ ।

नीजी क्षेत्रको “जल्पादेवि केवलकार” कं प्रा.लि., एक सफल उद्योगपति चन्द्रप्रसाद ढकाल लगायतको समुहको (७ अरब लगानी र सुदुरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मंत्रालय प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई, धनगढी, कैलाली, नेपालको सक्रिय सहयोगमा “एक ठाम अनेक मनोरन्जन, बहुआयमिक काम” सम्पन्न हुदैछन् । यो व्यवसायले सुन्दर सुदुर पश्चिम प्रदेशको “मूलढोका” (गेटवे) कर्णाली चिसापानी (लम्कीचुहा न.पा)ले कैलाली जिल्लाको अति विकट मोहन्याल गा.पा. र लम्कीचुहा नगरपालीका साथै ऎतिहासिक नमुनाको अर्को आधुनिक सहर टिकापुर नगरपालिका र नेपालकै सवैभन्दा ठूलो टिकापुर पार्क (८५ विगाहा क्षेत्रफलमा फैलिएको)र झण्डै १७/१८ विगाहामा व्यवस्थित गरिएको नमुना पार्क सहितको शहरीकरणको मापदण्ड पालन (७०/७२ फिट दुरी कायम) गरी वनेको क्षेत्रलाई चिनाउने कार्य गर्दछ ।

भविष्यमा यी दुई पर्यटनका गन्तव्यहरुले कर्णालीको ‘शान’ कुनै बेला एशियाकै एक महान नमुनाकै जापानिज प्रविधिद्धारा निर्मित ‘कर्णाली पुल’, कर्णाली नदीले बनाएको कैलाली र वर्दीया जिल्ला बीच वनेका स–साना टापुहरु– राजापुर, गेरुवा, सत्ति, वर्दिय राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी मकर (गोही), डल्फीन संरक्षण मोहना नदी (भजनी)मा अवलोकन गर्न पाइने डल्फीनको चटक देखि थारु संस्कृती, पहाडी–मधेसी जातजातिको समिस्षण (फ्यूजन), सामाजीक सद्भाव सुन्दर (परफेकट्) सहिस्णुता जीवनमा टिकापुर कालु हमालको दिनेश ब्राण्ड ४० थरिका केराका व्याञ्जनहरु रसस्वादन गर्न पाइने, अझ पश्चिम तर्फ लाग्दा सिमसारले भरीपूर्ण जैविक विविधताको घोडाघोडी ताल, अझै सुदुर पश्चिम महाकाली पारीसम्म पुग्दा दोधारा–चांदनी झोलुगें (१.४५३ कि.मि) लामो पुल, छेवैमा रानाथारु होमस्टेपार्क भित्र पस्दा र हजारौं हजारको संख्यामा अवलोकन गर्न पाइने शुकलाफाँट राष्ट्रिय निकुञ्जका वाह्रसिंगे लगायत थुप्रै वन्यजन्तुहरुको अवलोकन जंगल सफारीबाट विश्वलाई चिनाउन सकिन्छ ।

यी बाहेक चक्रिय (सरकुट) धार्मिक आस्थाका मन्दिर– वेदकोट, व्रह्‌मदेव (सिद्धनाथ), बेहडाबाबा यी आदि प्रथम पाइलामा संम्पदा अर्थात् पर्यटकीय गन्तव्यहरुको साथै अरु पहाडी र हिमालका थप ७ जिल्लामा अथाहा गन्तव्यहरु, अन्वेषण, पहिचान र सार्वजनिक गरी प्रचार प्रसार गर्नु छ । यस कार्यमा सुदुरपश्चिम प्रदेशले धेरै कार्य सम्पादन गर्नु छ । ती हुन् पर्यटन विकासका शिक्षा, जनचेतना, आतिथ्यकला, नयाँ सम्पदा र गन्तव्यहरुको खोजी, अध्यायन अनुसन्धान र प्रचार–प्रसार ।

विगतमा पनि कैलाली उद्योग वाणिज्य संघ लगायत राजेन्द्र थापा, वेद उप्रेति, विभिन्न संचार माध्यमहरुले नगरेका होइनन्, उनिहरुले पहल गरेका थालनीहरुलाई अब पालिकाहरु, समुदाय र नीजि क्षेत्रले थप प्रयास गर्नु आवश्यक देखिन्छ ।

पूर्व–पश्चिम राजमार्गको कर्णाली चिसापानीमा हालसम्म गाडी रोक्ने, खाना–नास्ता खाने कर्णालीको पानीको माछा संझि (अन्तस्करण) गरी धादिङ मलेखु कै शैलीमा क्षणिक विश्राम मात्र हुने गरेको नदीमा राफ्टीङ्ग, कायशैयर, ६/७ कि.मी. नौका शैयर, रिभर बिच भलिबल, सबाथ र रिभरसाइड इभेन्टहरु आयोजना गर्नु/हुनुपर्‍यो । गोहि र डलफीन अवलोकन गराउने, जलप्राणी शिप प्रर्दशन, नदी छेउछाउका ढुंगा (रक)मा स्थानीय कला संस्कृतिको प्रदर्शन, प्रस्थरकला सिंगार्ने; हाटबजार, मार्ट, स्थानीय उत्पादनका परिकारहरु प्रदर्शन एवं खानपान गराउने, चाडपर्वहरुको आयोजना गरी आन्तरिक, सु.प.प्र.का ९ वै जिल्ला ८८ पालिकाहरु र अन्य ६ प्रदेशमा फैलाउदै राष्ट्रव्यापी र छिमेकी मुलूक भारत (दक्षिण–पश्चिम) र उत्तरतर्फ ताक्लाकोट पुरन काउन्टि मानसरोभर तिब्बतसम्म संपर्क संजाल (कनेक्टी भिटी र नेटवर्क) निर्माण गर्दा सुदुरपश्चिम प्रदेशको पर्यटकीय भविष्य सुनिश्चित छ ।

प्याराग्लाइड र केवलकारको सेवाले चिसपानी क्षेत्र, लम्कीचुहा नपा र टिकापुर नपालाई प्रत्यक्ष प्रभाव त पार्छ नै त्यसले बर्दिया जिल्लाको राष्ट्रिय निकुञ्ज, गेरुवा गा.पा., राजापुर न.पा., ठाकुरद्धार (डल्ला होमस्टे) र भूरेगाँउ र कर्णाली करिडोर–सुर्खेत, अछाम सडक सञ्जाललाई पनि प्रसस्त फाइदा पुर्‍याउन सक्छ । अर्को तर्फ केवलकारको ल्याण्डीङ्ग साइट राजकाँडा– जल्पामन्दिर छेउ मोहन्याल–७ र कुइने क्षेत्रलाई प्रत्यक्ष व्यापक प्रभाव पार्छ । हिजो हजार आनामा नबिक्ने जमिन र खानेपानी र बिजुलीको अभाव ठाउँको सुलभ सडक संजालको अभाव गाउँ, उराठ लाग्दो वस्ति (जग्गा) लाख होइन करोडमा बिक्री हुन थालेको छ ।

त्यसैगरी बल्चौर लम्कीचुहा– ३ र लम्की बजार, चिसपानी, रानी जमरा कुलरिया सिंचाइ क्षेत्रको उत्पादन र वसोवासलाई सुगम र बजारीकरण भै हराभरा वस्तीमा हालको सुकुम्वासी, वादी समुदाय, मुक्त कमैया वस्ती र तिनैको एउटा थारु होमस्टे सफल रुपमा परिणत हुदैछन् ।

‘भाग्यमा छ भन्दैमा चाल्नमा दुध दुहेर’ खाना पाइदैन भने झै यी पर्यटकीय गतिविधिहरुले परिवर्तन र रुपान्तरण ढिलो चाँडो ल्याउलान् तर स्थानीय वासिहरुको तत्परता, क्षमता अभिवृद्धि र स्रोतसाधनको व्यवस्थापकको कार्यकुशलता अपरिहार्य छ । यसमा व्यक्ति, समुदाय र स्थानीय तह (सरकार)को तर्फबाट आवश्यक पूर्वाधारहरु निर्माण गरी उपयुक्त (कन्सर्टेड एण्ड कण्डुसिभ) वातावरण तैयारी तर्फ प्रदेश र स्थानीय सरकार (पालिका)हरु, सरोकार नागरिक समाज, आमसंचार माध्यम, राज्यका सुरक्षा निकायहरु, नीजिक्षेत्र मैत्रीं वातावरण आदीको अपेक्षाका साथै प्रत्यक्ष एवं परोक्ष सरोकार व्यक्ति र संघ संस्थाहरुको सहयोग र अर्थपूर्ण सहभागिता अपरिहार्य छ । यसतर्फ खासगरी स्थानीय तह, प्रदेश र आवश्यक परेमा संघीय ३ नै तहका सरकारहरुको समन्वय, सहकार्य एवं साझा दायित्व निर्वाहको अपेक्षा पनि गरिन्छ । यो एउटा सानो स्थानीय उद्यम व्यवसायबाट प्रदेश र समग्र राष्ट्रको विकास हुन्छ र सम्वृद्ध नेपाल र सम्पन्न नेपाली बन्न पुगिन्छ ।

यो केवलकार करिब ३१०० मी. १२/ १५ मि. लामो समयको हुने एक लगानी कर्ता सूर्य ब. थापा बताउनुहुन्छ । प्याराग्लाइडिङ्ग करिब ४/५ कि.मी. को दुरी र उडान समय झण्डै ३० मिनेट देखि १ घण्टासम्म लम्बाउन सकिने छ (सेवाग्राही र सेवाप्रदायी बीचको सौदाबाजीमा निर्भर रहन्छ) । उपभोक्ता (सेवाग्राही)हरुले भरपुर मनोरञ्जन कर्णाली नदीको श्रृष्टिमा स–साना टापु (आइल्याण्ड)हरु, नदीको कहिले निलो त कहिले खैरो कर्णालीको पानी, नदीमा राफ्टीङ्ग, सुन्दर चिसपानी बजार, मोहन्यालको कुइने क्षेत्र, चुरे वन क्षेत्र, र प्रसिद्ध जल्पादेविको पुरानो र नयाँ मन्दिर, उत्तर–पूर्व, दक्षिण र पश्चिमतर्फका मनमोहक वस्तिहरु, हरिया खैरा चुरे जंगल एवं झाडि र जनजाति (थारु)हरुको पुराना वस्ति र पूर्व–पश्चिम राजमार्ग, टिकापुर पार्क र मनमोहक कणाली आधुनिक पुल जो आजसम्म नेपाली र भारतीय पाहुनाहरुको टिकटक र क्यामेरामा मात्रै (कैद) (सिमित) छ । भोली घरघरका बैठक कोठाको भित्तामा जल्पादेवी मन्दिर र कर्णाली पुल (मायाको चिनो)ले स्थान पाउने छन् ।

अन्तमा, नेपालको विकास कृषि, पर्यटन र जलस्रोतको माध्यमबाट संवृद्ध र संपन्नशाली हुन सक्छ । त्यसमा पर्यटन सानो स्रोत साधन, लगानी र स्थानीय जनसमुदायबाट सहजै अगाडी बढाउन सकिन्छ, किनभने नेपाल विविधता नै विविधताको मूलुक छ, अथाहा पर्यटकीय स्रोत साधन र गन्तव्यहरु छन् ।

यसको बजार छिमेकी मित्र राष्ट्र भारत र चीन प्रयाप्त छन् । यस क्षेत्रमा पर्यटन विकासका आयामहरु प्रचुर मात्रमा छन् । सुदुर पश्चिम प्रदेश नेपालको दुरदराजको रुपमा पछाडी परेको र ओजेलमा पारे–परेकोछ, जस्तैः– कुनै वेला पृथ्वी राजमार्ग (२०२८/०२९) संचालन हुँदा मुग्लीन–कुरीनटार चेपाङ्ग (प्रज्ञा)हरुको कहिले कतै खोस्रेर घुमन्ते खेती गर्ने पाखो थियो । आज त्यो कहाँ छ ?

त्यसैगरी राजकाँडा गाउँ हाल १५/१६ घर धुरी (२/३ होमस्टे) खानेपानी , बत्ति र सुलभ यातायात विहिन अवस्थामा छ । कल्पना गरौ, त्यो पिछाडिएको गाउँ र ठाउँ, बल्चौर, चिसापानी सुकुम्वासी मुक्त कमैयावस्ति, वादी समुदाय र लालपूर्जा विहीन चिसापानी बजारलाई आधुनिक व्यवस्थित वस्ति र शहर बजारमा रुपान्तर गर्न जल्पादेवी केवलकार प्रा.ली. र भविष्यमा संचालन हुने प्रस्तावित प्याडाग्लाडीङ्ग उडानले (दुवै एक अर्काका परिपूरकले) के नगर्ला ? त्यो क्षेत्र मात्रै होइन सम्पुर्ण सुदुर पश्चिम प्रदेशमा नेपालको मुहार फेरीने छ । कल्पना गरौं, त्यो साकार हुने छ !

ताजा खबर

Overview of Mister Bet Casino Online Gaming Platform.

What is Casinozer: A Platform for Online Gaming Services?

La ruta del pollo: una guía general sobre el juego de azar conocido como Chicken Road

What is Apex Casino? A Overview of Online Gaming Facilities.

Introducción a la ruta del pollo : conceptos y características de los juegos de apuestas en línea.

Descripción de Chicken Road 2: un juego de azar en línea.

सम्बन्धितखवर

छुटाउनु भयो कि !