चरामैत्री विद्युत् प्रसारण

शेयेर गर्नुहोस

कृष्णप्रसाद भुसाल,विद्युत्को माग दिनानुदिन बढ्दो छ र त्यसैको आपूर्तिका लागि विद्युत् उत्पादन र त्यसको प्रसारणका लागि आवश्यक संरचना पनि थपिँदै छन् । योसँगै पछिल्ला दिनमा विद्युत् प्रसारणका संरचनामा चरा ठोकिने र मर्ने क्रम पनि बढ्दै गएको छ । अमेरिकाको विद्युत् प्रसारण लाइनमा करेन्ट लागेर एक वर्षमा एक करोड १६ लाखसम्म चरा मर्ने अध्ययनले देखाएको छ । हावाबाट बिजुली निकाल्ने ‘वाइन्ड टर्बाइन’मा परेर बेलायतमा मात्र हरेक वर्ष एक लाख चरा मर्ने बताइन्छ ।

हाल १५० भन्दा कमको सङ्ख्यामा भारतको राजस्थानमा मात्र बचेको लोपोन्मुख चरा ‘ग्रेट इन्डियन बस्टार्ड’को मुख्य खतरा विद्युत् प्रसारणका लाइन हुन् । उक्त क्षेत्रमा हरेक वर्ष करेन्ट लागेर ‘ग्रेट इन्डियन बस्टार्ड’ मर्छन् र सँगै अन्य प्रजातिका करिब ३० हजार चरा मर्छन् । संसारभर चराको अप्राकृतिक मृत्युका मुख्य कारणमा विद्युत् प्रसारणका संरचनामा हुने दुर्घटना पर्छ । खासगरी गिद्ध, चिल, सारस, हाँसजस्ता ठूला प्रजाति र लामो दूरीको बसाइँसराइ गर्ने चरा यसको सिकार बनिरहेका छन् ।

नेपालमा पनि विद्युत् उत्पादन र प्रसारणका संरचना दिनानुदिन बढ्दै छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार हाल करिब चार हजार सर्किट किलोमिटर ट्रान्समिसन लाइन बनिसकेको छ । दुई हजार नौ सय सर्किट किलोमिटर निर्माणको चरणमा छ भने आगामी दिनमा करिब तीन हजार सर्किट किलोमिटर ट्रान्समिसन लाइन विस्तारको योजना छ । पछिल्लो पाँच वर्षमा प्रत्येक वर्ष औसतमा तीन सय सर्किट किलोमिटरभन्दा बढीका दरले ट्रान्समिसन लाइन थपिँदै गएका छन् ।

योसँगै नेपालमा पनि चराको करेन्ट लागेर घाइते हुने र मर्ने दर बढ्दै छ । गत माघमा तनहुँको व्यास नगरपालिका–१०, सिसुवा भतेरीमा छाडा चौपायाको व्यवस्थापन गरी तिनको प्राकृतिक मृत्युपश्चात् गिद्धलाई खुवाई संरक्षण गर्न स्थानीयले व्यवस्थापन गरेको गिद्ध संरक्षण केन्द्र आसपासका क्षेत्रमा दर्जन बढी गिद्ध करेन्ट लागेर मरेको पाइयो । सिनो खान आउने र खाइसकेर उडेर जाने क्रममा त्यस क्षेत्रबाट प्रसारित मिदिम हाइड्रोपावरको भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइनको पोल र तारमा ठोकिएर र करेन्ट लागेर विगत तीन वर्षमा एक सयको हाराहारीमा गिद्ध मरेका थिए ।

माघ महिनामै रुपन्देहीको तिलोत्तमामा हाइटेन्सन लाइनमा ठोकिएर एउटा गिद्ध म-यो भने एउटा गिद्ध घाइते भयो । रुपन्देहीको गैँडातालमा दुई, मोरङ र सिराहामा एक/एक घाइते गिद्धको उद्धार गरियो भने दाङको तुल्सीपुरमा दुईवटा गिद्ध करेन्ट लागेर मरे । फागुन ८ गते लुम्बिनीमा विश्वमै दुर्लभ र नेपालको वन्यजन्तु ऐनले संरक्षित पन्छीको सूचीमा राखेको सारस करेन्ट लागेर म-यो । फागुन १४ गते कास्कीको घाँचोकमा दुईवटा हिमाली गिद्ध करेन्ट लागेर मरेको अवस्थामा भेटियो ।

नेपाल पन्छी संरक्षण सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा देशभर गिद्धलाई करेन्ट लागेका घटना ५० वटाभन्दा बढी घटेको र करिब १३० वटा गिद्ध मरेको अभिलेख छ । सङ्घका अनुसार देशभर दैनिक दर्जनौँ चरा करेन्ट लागेर मर्ने र पछिल्ला दिनमा यस खालका दुर्घटनाको क्रम बढ्दो छ । लुम्बिनी, पोखरा र काठमाडौँमा गरिएको एक अध्ययनमा पनि दुई वर्षको अवधिमा १५ प्रजातिका चरा ५८ वटा करेन्ट लाग्ने वा ठोकिने दुर्घटनामा परेको देखिन्छ । जसमा तीन प्रजातिका १० वटा गिद्ध मरेको पाइएको छ । पछिल्लो पाँच वर्षमा मात्र लुम्बिनी, कपिलवस्तु, कैलाली र कञ्चनपुरमा करेन्ट लागेर सारस मरेका करिब एक दर्जन घटनामा १४ वटा सारस मरेका छन् । गत वर्ष मात्र कैलालीमा सङ्कटको नजिक अवस्थामा रहेको दुईवटा लोभीपापी गरुड र नवलपरासीमा एकवटा विश्वमै दुर्लभ भुँडीफोर गरुड करेन्ट लागेर मरे ।

काठमाडौँको टौदह क्षेत्रमा जाडोयाममा मङ्गोलियाबाट बसाइ सरी उपत्यकामा हिउँद बिताउन आउने सङ्कटापन्न गोमायु महाचिलको जोडी पनि करेन्ट लागेर मरेको अवस्थामा भेटिए । अधिकांश घटनामा विद्युत् प्रसारणका संरचना नै बढी दोषी पाइएका छन् । यसो हुनुको प्रमुख कारण ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महìवका विद्युत्, सडक, सिँचाइ, खानी, विमानस्थलजस्ता परियोजना सुरु गर्नुअघि गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई खाली कामकाजी प्रक्रियाका रूपमा मात्र लिनु हो ।

दक्ष विषयगत विज्ञबाट गम्भीरतापूर्वक र जिम्मेवार रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको खण्डमा दुर्घटनालाई निर्मूल नै गर्न नसके पनि न्यून गर्न सकिन्छ । त्यसैले अन्य देशमा कुनै पनि परियोजना सुरु गरिनुपूर्व गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई प्राथमिकतामा राख्छन् र त्यसमा सुझाइएका उपाय निर्माण चरणमा अवलम्बन गरिन्छ । विडम्बना हाम्रोमा वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन र आवश्यक सुझावलाई बेवास्ता गरिन्छ ।

यदि वातावरणीय प्रभाव मूल्याङ्कन प्रभावकारी रूपमा गर्ने हो भने यस्ता दुर्लभ गिद्धलगायत अन्य चरा र वन्यजन्तुका बासस्थान र मुख्य विचरण क्षेत्रको समयमै पहिचान हुनुका साथै निर्माण र तत्पश्चात् हुने जोखिम न्यून गर्न सकिन्छ । अन्तर्राष्ट्रिय दातृ संस्थाको सहयोग र राज्यकै लगानीमा बन्दै गरेका परियोजनामा समेत वातावरणीय प्रभाव मूल्याङ्कनलाई झारा टार्ने कामका रूपमा लिने र आधिकारिक निकायबाट पनि यत्तिकै पास गर्ने प्रवृत्तिले नेपाल पक्ष राष्ट्र भएका वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि तथा सम्झौताकै खिल्ली उडाएको छ ।

विद्युत् प्रसारणका लाइन पनि त्यस्ता दुर्लभ प्रजातिका वन्यजन्तुको बासस्थान अथवा मुख्य आहार तथा विचरण क्षेत्र छलेर विस्तार गर्न सकिन्छ । चरालाई करेन्ट लाग्न र ठोकिनबाट जोगाउन खाली संरचनामा केही सुधार मात्र पनि पर्याप्त हुन्छ । प्रसारण तारबीचको दूरी गिद्ध, सारसजस्ता ठूला चराको पखेटाको लम्बाइभन्दा बढी राख्ने ता कि तारको बीचबाट पनि चरा आवतजावत गर्न सकून् ।

चराको आवतजावत बढी हुने क्षेत्रका पोल र प्रसारण लाइनमा चरा बस्न र त्यता आउनबाट रोक्न ‘पर्च डिटरेन्ट’ र ‘डिफेलेक्टर’ राख्न सकिन्छ । जसलाई चराले टढैबाट देख्छन् र आफ्नो उडान अन्यत्रै मोड्न सक्छन् । सबै प्रसारण लाइन भूमिगत र इन्सुलेसन गर्न नसके पनि सामान्य खर्च मात्र लाग्ने यस्ता सुरक्षाका उपाय मात्र अवलम्बन गर्दा पनि दुर्लभ चराको ज्यान जोगाउन सकिन्छ । अन्य देशमा विद्युतीय तार र ठूला भौतिक संरचना निर्माणमा वस्तुगत वातावरणीय प्रभाव मूल्याङ्कनको सुझावअनुरूप अधिकतम रूपमा चरामैत्री बनाउने गरेको पाइन्छ । यसबाट खाली चरा मात्र जोगिँदैनन्, चरा ठोकिँदा अथवा करेन्ट लाग्दा विद्युत् प्रवाहमा हुने गडबढी र त्यसबाट उत्पन्न हुन सक्ने दुर्घटना र क्षतिबाट पनि जोगाउँछ ।

व्यापक रूपमा विस्तारित र दिन प्रतिदिन बढ्दै गइरहेका विद्युत् प्रसारणका संरचनालाई प्रकृतिमैत्री र चरा अनुकूलित बनाउन सर्वप्रथमतः वातावरणीय प्रभाव मूल्याङ्कनलाई सत्य, तथ्य र प्रभावकारी बनाउन जरुरी छ । यसका लागि विषयगत विज्ञको संलग्नता, पर्याप्त फिल्ड सर्वेक्षण र नियगमनकारी निकायको निरन्तर अनुगमन आवश्यक छ । दुर्लभ चरा र अन्य वन्यजन्तुका बासस्थान, आहार र विचरण क्षेत्र तथा पर्यावरणीय महìवका सम्पदा भएर गरिने ठूला भौतिक संरचनाको निर्माण र विकास निर्माणमा संवेदनशील बनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пин Ап Казино Официальный Сайт – Играть в Онлайн Казино Pin Up

Онлайн казино Dragon Money (Драгон Мани) – мобильная версия

Куш казино онлайн – мобильная версия сайта

Plinko Casino Game Online – Play on Mobile and Desktop

1Win en Argentina – revisión del casino en línea

सम्बन्धितखवर

छुटाउनु भयो कि !

joycasino.kz: новый игрок на рынке онлайн‑казино В Казахстане азартные игры в сети растут стремительно: жители Алматы, Астаны и регионов всё чаще открывают счета в онлайн‑казино,

अझै पढ्नुहोस्
खेलकुद

ई-प्लानेट नेशनल हाई स्कुल च्याम्पियनसिप : सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टललाई

धनगढी/ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ। धनगढी स्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न

अझै पढ्नुहोस्