सामाजिक व्यक्तित्व जैशीको निधन

शेयेर गर्नुहोस


सत्ति÷ टीकापुर ७ सत्ति स्थित भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष तथा सामुदायिक सहकारी संस्था सत्तिका जिल्ला प्रतिनिधि देवेन्द्र प्रसाद जैशी(ढुंगाना)को बिहीबार निधन भएको छ ।
४८ वर्र्षीय ढुंगाना कलेजो सम्बन्धिको रोगबाट पिडित रहेका थिए । २०३० सालमा जन्मिएका जैशीले नेपाली कांग्रेसको राजनिति संगै सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । स्व जैशीको अहिले साढे नौ बजे कर्णाली स्थित सत्तीघाटमा अन्तिम संस्कार हुने जानकारी पारिवारिक श्रोतले जानकारी दिएको छ ।


स्व. जैशी सत्ती कर्णाली सामुदायिक वनको कोषाध्यक्ष, सामुदायिक रेडियोको सञ्चालक सदस्य,रेडक्रस नारायणपुर उपशाखाको सभापति, सामुदायिक सहकारी सत्ति,सामुदायिक मेलमिलाप केन्द्र लगायतका विभिन्न संस्थामा रहेर सामाजिक काम गरेका थिए । नेपाली काँग्रेसको राजनीतिमा सक्रीय रहेका जैशी नेपाली काँग्रेसको तत्कालिन नारायणपुर गाउँ कार्य समिति सभापति र हाल टीकापुर नगर कार्यसमितिको सहसभापति रहेका थिए । जैशीका २ छोरा १ छोरी छन् । स्व. जैशीको असामयिक निधनले यहाँको राजनैतिक , सामाजिक क्षेत्रमा अपुरणिय क्षति भएको भन्दै सामाजिक संजाल मार्फत समवेदना व्यक्ति गरिएको छ । स्व. जैशीको अप्रत्यासित निधन प्रति सत्ती कर्णाली अनलाइन परिवार हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

SpinLynx – Ein Slot für das Abenteuer auf den Walzen

Ansprechende Unterhaltung bietet coolzino casino mit innovativen Spielangeboten und großzügigen Boni

Geniale Strategien für mehr Spaß und Erfolg mit dem rodeoslot bonus im Online Casino

Genuine strategies and captainspins to elevate your online casino gameplay today

Fantastische kansen ontstaan met een boomzino casino no deposit bonus voor spelers vandaag

Geweldige tips en tricks rondom lolo spin voor beginners en gevorderden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

माँ शक्ति स्वरुपा मन्दिरमा पथ मार्ग निर्माण सम्पन्न

कैलाली जिल्लाको भजनी नगरपालिका वडा ५ लालबोझी बेलौहा मा पर्ने श्री माँ शक्ति स्वरुपा देबि आश्रममा पथ मार्ग निमार्ण कार्य सम्पन्न भएको छ । सुदूरपश्चिम

अझै पढ्नुहोस्
राजनीति

संविधान दिवसको अवसरमा कैलालीमा कांग्रेस एमालेले गरे शक्ति प्रदर्शन

धनगढी, ३ असोज / संविधान दिवसको अवसर पारी कैलालीमा प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालले शक्ति प्रर्दशन गरेका छन् । पछिल्लो घटना

अझै पढ्नुहोस्
समाचार

प्रभु बैंक र न्युरोपलास्ट फिजियोथेरापि रिहेब्लिटेसन सेन्टर बिच छुट सम्झौता

सत्ती/ सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित प्रभु बैंक लि. धनगढी शाखा कार्यालय र कैलाली जिल्लाको धनगढी स्थित न्युरोपलास्ट फिजियो थेरापि रिहेब्लिटेसन सेन्टर प्रालि बिच प्रभु

अझै पढ्नुहोस्