सामाजिक व्यक्तित्व जैशीको निधन

शेयेर गर्नुहोस


सत्ति÷ टीकापुर ७ सत्ति स्थित भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष तथा सामुदायिक सहकारी संस्था सत्तिका जिल्ला प्रतिनिधि देवेन्द्र प्रसाद जैशी(ढुंगाना)को बिहीबार निधन भएको छ ।
४८ वर्र्षीय ढुंगाना कलेजो सम्बन्धिको रोगबाट पिडित रहेका थिए । २०३० सालमा जन्मिएका जैशीले नेपाली कांग्रेसको राजनिति संगै सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । स्व जैशीको अहिले साढे नौ बजे कर्णाली स्थित सत्तीघाटमा अन्तिम संस्कार हुने जानकारी पारिवारिक श्रोतले जानकारी दिएको छ ।


स्व. जैशी सत्ती कर्णाली सामुदायिक वनको कोषाध्यक्ष, सामुदायिक रेडियोको सञ्चालक सदस्य,रेडक्रस नारायणपुर उपशाखाको सभापति, सामुदायिक सहकारी सत्ति,सामुदायिक मेलमिलाप केन्द्र लगायतका विभिन्न संस्थामा रहेर सामाजिक काम गरेका थिए । नेपाली काँग्रेसको राजनीतिमा सक्रीय रहेका जैशी नेपाली काँग्रेसको तत्कालिन नारायणपुर गाउँ कार्य समिति सभापति र हाल टीकापुर नगर कार्यसमितिको सहसभापति रहेका थिए । जैशीका २ छोरा १ छोरी छन् । स्व. जैशीको असामयिक निधनले यहाँको राजनैतिक , सामाजिक क्षेत्रमा अपुरणिय क्षति भएको भन्दै सामाजिक संजाल मार्फत समवेदना व्यक्ति गरिएको छ । स्व. जैशीको अप्रत्यासित निधन प्रति सत्ती कर्णाली अनलाइन परिवार हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा उद्योगका नाममा रहेका जग्गाको अध्ययन प्रतिवेदन सार्बजानिक

टीकापुर/टीकापुर नगर विकासस मितिको २०५४ साल कार्तिक ११ गते  समितिका अध्यक्ष नैन बहादुर स्वारको अध्यक्षतामा बसेको बोर्ड बैठकले गरेको निर्णयअनुसार औद्योगिक क्षेत्रका लागि पलानिङ गरी 

अझै पढ्नुहोस्
समाचार

वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित

कैलालीको घोडाघोडी जेसिज शाखाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । तेस्रा अधिवेशन बाट वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित भएका छन् ।

अझै पढ्नुहोस्