टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख राजश्व संकलन

शेयेर गर्नुहोस


टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख भन्दा बढी आन्तरीक राजश्व संकलन गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनामा एक करोड ३९ लाख २ हजार ८९५ रुपैयां आन्तरीक राजश्व संकलन गरेको राजश्व शाखाले जनाएको हो ।
टीकापुर नगरपालिकाले यस चालु आर्थिक वर्षमा छ करोड दश लाख आन्तरीक राजश्व संकलन गर्ने लक्ष्य लिएको राजश्व शाखा प्रमुख दिला जोशी रेग्मीले जानकारी दिनु भएको छ । उहांले यस आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने बताउनुभयो । उहांले अघिल्लो आर्थिक वर्षमा कोभिड १९ को महामारीका कारण लक्ष्य अनुसार राजश्व संकलन नभएको बताउनुभयो ।

उहांले भन्नुभयो– यस चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नगरपालिको केन्द्रबाट ५५ लाख ३१ हजार २४५ रुपैयां राजश्व संकलन भएको जानकारी दिनुभएको छ भने विभिन्न ९ वटा वडा कार्यालयबाट ८३ लाख ७१ हजार ६५० रुपैयां संकलन भएको बताउनुभयो । वडा नं. १ को कार्यालयबाट ४९ लाख ९० हजार २०७ रुपैयां, २ नं. वडा कार्यालयले ६ लाख ६२ हजार २९० रुपैयां, ३ नं. वडा कार्यालयले ५ लाख ९७ हजार १३३ रुपैयां, ४ नं. वडा कार्यालयले ४ लाख ९४ हजार ११९ रुपैयां र ५ नं. वडा कार्यालयले ४ लाख २४ हजार ५३१ रुपैयां आन्तरीक राजश्व संकलन गरेको छ । त्यसै गरि ६ नं. वडा कार्यालयले २ लाख ७९ हजार ६१० रुपैयां, ७ नं. वडा कार्यालयले ४ लाख ६९ हजार ४० रुपैयां, ८ नं. वडा कार्यालयले सबै भन्दा कम २ लाख १४ हजार ६४३ र ९ नं. वडा कार्यालयले २ लाख४० हजार ७२ रुपैयां आन्तरीक राजश्व संकलन गरेको जनाएको छ ।


नगरपालिकाले सम्पति कर, व्यवसाय रजिष्ट्रेशन कर, घर बहाल कर, सिफारिस दस्तुर र अन्य दस्तुर लगायत १३ वटा शिर्षकमा राजश्व संकलन गदै आएको छ । नगरपालिकाले अघिल्लो आर्थिक वर्षबाट सबै वडा कार्यालयबाटै सम्पुर्ण राजश्व अनलाईनको माध्यामबाट लिने गरेको छ । अनलाईन माध्यामबाट वडा कार्यालयबाटै राजश्व लिन थालेपछि स्थानिय खुसि भएका छन भने राजश्व चुहावट समेत रोकिएको छ ।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खानेपानीकाे समस्या

टीकापुर / कैलालीको दक्षिणी भेगमा पनि खाने पानीको समस्या छ भन्दा अनाैठाे लाग्न सक्छ । तर साच्चिकै कैलालीको सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खाने पानीकाे समस्या

अझै पढ्नुहोस्
समाचार

पुरैना ताल अतिक्रमण हटाइ सरक्षण गरिने

कैलालीको भजनी नगरपालिका वडा नं ७ मा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ । बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व

अझै पढ्नुहोस्