TRENDING
Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers
Bizzo Casino – jak kontaktovat zákaznickou podporu
Mostbet w Polsce – oferta gier
Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb
7к казино вход в личный кабинет
Next
Prev

सापकोटाले प्रदेश सभा सदस्यमा आफ्नो सशक्त दावी

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन मंसिर ४ गतेका लागि तोकिएसँगै युवाहरू प्रतिनिधित्व खोज्न थालेका छन् । अहिले युवाहरु आफूहरुको प्रतिनिधित्व हुनुपर्ने भन्दै एजेण्डासहित आफू निकटका नेताहरुसँग लविङ थालेका छन् ।

यसैबीच कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ बाट नेपाली कांग्रेसका युवा नेता फणिराज सापकोटाले प्रदेश सभा सदस्यमा आफ्नो सशक्त दावी रहेको बताएका छन् । धनगढीमा पत्रकारसँगको कुराकानीमा नेता सापकोटाले प्रदेश सभा सदस्यमा आफ्नो सशक्त दावी रहेको बताएका हुन् ।

पत्रकारसँग कुरा गर्दै उनले भने,‘कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’मा सर्वाङ्गिण विकासका लागि मैले एजेण्डासहित उम्मेदवारीको दावी गरेको छु ।’ कैलाली क्षेत्र नम्बर ४ को ‘क’ को विकासका लागि सबैभन्दा पहिला पहाडी र तराई जोड्ने सडक विस्तार नै आफ्नो मुख्य एजेण्डा रहेको बताउँदै उनले भने,‘कैलालीको चुरे र मोहन्याललाई मसुरिया तथा चौमालासँग जोडेमा मात्रै समग्र क्षेत्रको विकास हुन्छ ।’

पहाडी क्षेत्रका कृषि उपजलाई तराईका बजारसँग जोड्ने र तराईको अन्नबाली पहाडी क्षेत्रमा निर्यात गर्नमा सडक सञ्जाल नै पहिलो प्राथमिकता भएकाले सडक सञ्जाल पहिलो मुद्दा रहेको उनले बताए ।

मसुरिया, चौमाला र स्याउले बजार जोड्ने पहाडी क्षेत्रका पुराना गोरेटो बाटोलाई स्तरोन्नति गरी मोटर बाटो निर्माण गर्ने योजनासहित आफू निर्वाचनको तयारीमा लागेको उनले बताए । ‘मसँग यहाँको विकासका लागि धेरै योजना छन्,’ उनले भने,‘तिनै योजनाअनुरुप म यसपालि चुनावी दौडमा छु ।’

डोटिको घाङगल जन्मिएका फणिराज सापकोटा नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमिमै हुर्किएका हुन् । विद्यार्थी राजनीतिबाट बढी सक्रिय रहेका उनले २०४६ सालको जनआन्दोलनदेखि परिवर्तनका सबै आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । हाल कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा बसोबास गर्दै आएका सापकोटा समाजमा सक्रिय सामाजिक कार्यकर्ताका रुपमा परिचित छन् ।

सहकारी अभियन्ताको रुपमा परिचित सापकोटाले सहकारीमार्फत् जनताको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका छन् । हाल जिल्ला सहकारी संघ लिमिटेड कैलालीका जिल्ला अध्यक्षसमेत रहेको सापकोटा पार्टीको राजनीतिमा पनि उत्तिकै सक्रिय रहेका छन् ।

वडा, गाउँ नगर र क्षेत्र हुँदै विभिन्न पदमा रही कांग्रेसमा क्रियाशील रहेका सापकोटा नेपाली कांग्रेसको कैलाली जिल्ला सल्लाहकार समेत भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Central Hub for Bingo Fun at https://buzz-bingo-online.com/ with Thrilling Games and Generous Offers

Bizzo Casino – jak kontaktovat zákaznickou podporu

Mostbet w Polsce – oferta gier

Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb

7к казино вход в личный кабинет

1win — ставки на спорт в букмекерской конторе

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अमरावती बनमा राखिएको पासोबाट पाटे बाघ मृत फेला

लम्की/कैलाली जिल्लाको जानकी गाउँ पालिका वडा ९ मा रहेको अमरावती सामुदायिक बन उपभोक्त समुहमा पासोमा परेर पाटे बाघको मृत्यु भयको छ । अमरावती सामुदायिक उपभोक्ता

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई साइबर

अझै पढ्नुहोस्
समाचार

नेपाली लाईफ इन्स्योरेन्स क.लि अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम सम्पन्न

दिपक विश्वकर्मा/ टीकापुर : कैलाली स्थित टीकापुरमा नेपाली लाईफ इन्स्योरेन्स क.लि अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न गरिएको छ। टीकापुर शाखाको आयोजनामा उक्त

अझै पढ्नुहोस्