डा. केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी / डा. गोविन्द केसीले कैलालीको धनगढीमा २०औँ सत्याग्रह सुरु गरेका छ्न । डा. केसीले सोमबार साँझबाट धनगढीमा सत्याग्रह सुरु गरेका हुन । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दिएको समयसीमामा मागहरु पूरा नभएकोले सत्याग्रह सुरु गरेको बताए ।

उनले भने सरकारलाई माग सम्बोधन गर्न दिएको समयसीमा सकियो,सरकारबाट कुनै प्रतिक्रिया आएन त्यसैले सत्याग्रह सुरु गरे । केसीले आफ्ना माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका थिए ।

मेडिकल शिक्षाको सुधारका लागि डा.केसीले ६ बुँदे माग अघि सारेका थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने र चिकित्सा शिक्षा ऐन बमोजिम २०८५ साल भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गर्न डा.केसीले माग गरेका छन ।

प्रधानमन्त्री देउवाले माग पूरा गर्ने आश्वासनम मात्रै दिए माग पूरा गरेनन् त्यसैले प्रधानमन्त्री देउवाकै क्षेत्र धनगढीमा सत्याग्रह गर्न आए उनले भने । स्वास्थ्य क्षेत्रका समस्यामा सरकार गम्भीर नभएको उनको आरोप छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कृष्णपुरमा चितुवा पासोमा परेको छ

धनगढी/कञ्चनपुरमा चितुवा पासोमा परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–१ स्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा चितुवा पासोमा परेको हो। बिहीबार राति पासोमा चितुवा पासोमा परेको खबर आएको

अझै पढ्नुहोस्