टीकापुरकाे प्रहरी हिरासतकाे शाैचालय भित्र शव फेला, एस पी अधिकारी द्वारा घटनाकाे अनुसन्धान

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर स्थित इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षका धनबहादुर राना मगर मृत अवस्थामा भेटिएका हुन ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार उनी हिरासत भित्रै रहेको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन । शौचालय भित्र गएका राना मगर लामो समयसम्म बाहिर नआए पछि हिरासतमा रहेका अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताउनुभयाे । हिरासत भित्र थप पाँच जना थुनुवा समेत रहेका छन ।

उनिहरुका अनुसार शौचालयको ढोका फोडेर हेर्दा राना मगर आफ्नो गन्जीको पासो लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका हुन । कैलाली प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) विश्व अधिकारीकाे टाेलिले थप घटनाका बारेमा थप अनुसन्धान गरिरहेकाे छ । एस पी अधिकारी आफै घटनाको अनुसन्धानमा खटेका छन । प्रहरीका अनुसार मृतक राना मगर भैंसी चोरेको आरोपिमा आइतबार मात्रै पक्राउ परेका थिए । उनी जानकी गाउँपालिका दुर्गौलीबाट एक स्थानीयको भैंसी चोरेर भाग्दै गर्दा पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Výjimečná licence a spinogambino casino pro opravdové milovníky hazardních her

Increíble plataforma felixspin y sus ventajas para traders principiantes y avanzados

Interesante rodeoslot bonus para maximizar tus opciones de juego y ganancias potenciales

Uitgebreide informatie over gambloria casino biedt kansen op winst en entertainment

Szansa na wygraną od strategii do rodeoslot bonus w kasynie online

Promyšlená cesta od návrhu po realizaci s aplikací spingranny nabízí inovativní řešení

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

मंसिर ६, २०८१ ,काठमाडौं/स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको

अझै पढ्नुहोस्