वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्ने : मन्त्री शाही

शेयेर गर्नुहोस

धनगढी/धनगढी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।

मन्त्रालयले अहिले त्यस अनुसार योजना बनाइरहेको उनले बताए । शनिवार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले पछिल्लो समय देशभरी नै मानव र वन्यजन्तुबीच द्वन्द्व देखिएकाले त्यसको न्यूनीकरणका लागि मन्त्रालय अघि बढेको बताए ।

उनले भने, ‘कैलाली कंचनपुर घुम्दा पनि मानव र वन्यजन्तुबीचको द्वन्द्वले समस्यामा पारेको भेटियो, अब न्यूनीकरणका लागि योजनासहित अघि बढछौ ।’

मन्त्री शाहीले कञ्चनपुरमा आरक्षबाट पीडितलाई व्यवस्थापनका लागि आयोग बनेको त्यसको अवस्था पनि बुझेको बताए । उनले भने, ‘अब वनलाई जनतासँग जोडेर समृद्धितर्फ लाग्नुपर्छ, बनलाई पर्यटनसँग जोडनु पर्छ ।’

पूर्वाधार अभावले पर्यटन विकास नभएको मन्त्री शाहीको भनाइ छ । धार्मिक र पर्यटकीयस्थल संरक्षण अभावमा ओझेलमा परेकाले अब सरकारले संरक्षणको योजना बनाउने उनले बताए ।

बाजुराको बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा अघि बढाउने योजना सरकारको रहेको मन्त्री शाहीको भनाइ छ ।

उनले भने, ‘अब बडिमालिका संरक्षणको योजना बनाएर तत्काल सरकार अघि बढछ ।’ वर्तमान सरकार एउटा ऐतिहासिक सम्झौता र सहमतीमा बनेको बताउँद‌ै मन्त्री शाहीले जनताको निराशालाई आशामा बदल्ने गरि सरकार अघि बढेको उल्लेख गरे ।

ताजा खबर

Online-Casino Mobil: Der Ultimative Leitfaden zum Verwenden Ihrem Handy

Boost Your Free Spins With The Best Internet Casino Slots

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्
समाचार

सशस्त्र प्रहरी बल बिओपी फूलवारीमा कार्यरत युनियट गणमा तानिए

धनगढी/सशस्त्र प्रहरी बल बिओपी फूलवारीमा कार्यरत सम्पुर्ण युनियट एका-एक  गणमा तानिएका छन् ।  प्रभावकारी काम गर्न नसकेको भन्दै केही दिन पहिला बिओेपि फूलवारीमा कार्यरत सबै

अझै पढ्नुहोस्