बैशाख ११ र १२ गते निर्वाचनको मनोनयन दर्ताको समय

शेयेर गर्नुहोस

टीकापुर/स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । निर्बाचन आयोगले भने वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दुई दिनको समय तोकिएको हो ।

१२ गते बेलुका मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको कार्तालिका छ। यस्तै, वैशाख १३ मा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।
यसैगरी, वैशाख १६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ।

यसै बिच निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्नेछ। आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ।
आचारसंहिताको दफा ३६ मा राजीनामा गर्नुपर्ने उल्लेख गरिएको छ। जनप्रतिनिधिले उम्मेदवारको मनोनयन अगाडि नै राजीनामा दिनुपर्ने भनिएको छ ।

‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ’, आचारसंहिताको दफा ३६ मा भनिएको छ ।

कसैले आचारसंहिता उलंघन गरे उजुरी दिन सक्नेछन्। ‘कसैले यो आचारसंहिता उलंघन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिताको परिच्छेद–८ बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष अनुसूची–४ बमोजिमको उजुरी दिन सक्नेछ’, उजुरी सम्बन्धी प्रावधानमा लेखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Flash Kasinot – Spela och vinn på nätet utan omsvep!

Gratis Spelen in Het Grande Vegas Casino

Jogo de Aposta Responsável no FamBet Casino

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

मैत्रीपूर्ण फुटबलको उपाधि शिक्षकको टिमको जित

१४ कात्तिक,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा भएको मैत्रीपूर्ण फुटबलको उपाधि शिक्षकहरूको टिमले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा घोडाघोडी जेसीजलाई ०४–० गोलको अन्तरले

अझै पढ्नुहोस्
समाचार

टीकापुरकाे नुक्लिपुरमा बाघकाे आक्रमणबाट एक जना घाइते

टीकापुर/ केैलालीकाे टीकापुर नगरपालिकामा बाघकाे आक्रमणबाट एक जना घाइते भएका छन ।टीकापुर नगरपालिका वडा नं. ५, नुक्लिपुरका २२ वर्षिय दिपक चाैधरिलाई बाघले आक्रमण गरि घाइते

अझै पढ्नुहोस्

सत्ती कर्णाली साप्ताहिक अव अनलाईनबाट पनि

आदरणीय पाठकवृद † ‘सुदूरपश्चिमको आवाज’ सत्ती कर्णाली साप्ताहिक बाह् वर्षअघि वर्तमान परिस्थिति र वर्षौदेखि हरेक सुविधाबाट बञ्चित भएको साविक नारायणपुर र धनंिसपुर क्षेत्रमा भएका गतिविधि

अझै पढ्नुहोस्