बाढीपीडितका नाममा वन अतिक्रमण गरि बनाएका घर वन कार्यालयले भत्कायाे

शेयेर गर्नुहोस

जमुना न्युरे
सुखड /बाढीपीडितकाे नाममा सामुदायिक वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको छ ।

कैलालीको भजनी नगरपालिका वडा न . ७ हिम्तपुर स्थित सामुदायिक बनको जमिनमा बाढीपीडितका नाममा अतिक्रमण गरि बनाएका घर टहरा बन कार्यालयले भत्काएको हाे ।
सामुदायिक वनमा करिब २०० घरपरिवारले बाढी पीडितको नाममा अतिक्रमण घर टहरा निमार्ण गरेका थिए ।

सामुदायिक बन बसन्ता सरक्षीत क्षेत्रको जैविक कोरिडोर जहाँ बाट बन्यजन्तु ओहोरदोहोर गर्ने बाटो पनि हो सरक्षीत क्षेत्रको अति संबेदनसिल क्षेत्रमा अतिक्रमण गरि बन्यजन्तुको ओहोर दोहोर नै रोकिने अवस्था आयकाे भन्दै बन कार्यालयले अतिक्रमित जमिन खालि गरेको छ ।

यसरी बसन्ता क्षेत्रको कोरिडोर नै अतिक्रमणको चपेटामा परे पछि डिभिजन बन कार्यलयले पहलमानपुरले सब डिभिजन बन कार्यालय भजनि मार्फत पटक पटक अतिक्रमण क्षेत्र खालि गर्न सुचना , पत्राचार समेत गरि जानकारि गराएको थियो । साे वन क्षेत्रमा रहेका २०० घर टहरा रहेकाेमा पत्रचार पछि ५०/६० घरटहरा उठ्न बाकी रहेकोले उहाँहरुलाइ डिभिजन बन कार्यलय पहलमानपुरले बल प्रयाेग गरि उठाउनु परेको सब डिभिजन बन कार्यलय भजनी प्रमुख दिलिप यादवले जानकारी दिनु भएको छ । सामुदायिक बनको करिब ८ हेक्टर जमिन खाली गरिएकाे बताइएको छ ।

बल प्रयोग गरि अतिक्रमण हटाउदा अतिक्रमणकारी र बन कार्यालयको दोहोरो झडपबाट सब डिभिजन बन कार्यलय साडेपानीका प्रमुख गौचरण चौधरी लगायत ३ जना बन कर्मचारी घाइते भएका छन् ।

सामुदायिक बनका अध्यक्ष लगायतले नै बाढिपिडितको नाममा बन अतिक्रमण गरि घर टहरा निमार्ण गर्न लगाएको आराेप लागेको छ ।
सामुदायिक बन अतिक्रमण गर्ने लाई बन ऎन २०७६ दफा ५०को ३ अनुसारको ५ बर्ष कैद वा एक लाख जरिवाना तथा दुबै सजाय गरि सो अतिक्रमण गरियको जमिन रास्ट्रीय बनमा समाबेस गरि सो जग्गामा बनायका सरचना हटाउन र प्रयोग गरियका समान जफत गर्ने र अतिक्रमण गर्दा बन पैदावर हटायमा वा हानिनोक्सानी गरेमा पनि सोही ऎन अनुसारको कारबाही हुने डिभिजन बन कार्यलय पहलमान पुरका प्रमुख गोकुल रिजालले बताउनु भयो ।

उता सामुदायिक बनका अध्यक्ष जयराम चौधरीलाई सम्पर्क गर्दा सो बिषयमा आफू केही नबोल्ने भन्दै फोन राखी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Il Sito di Gioco Online FastBet Casino Risorse e Consigli per i giocatori di AAMS

DrSlot Casino: A Hub for Online Slot Gaming Experience

FeliceBet Casino Online Gaming Experience

Oria Casino Games and Entertainment Options for Adult Players

SlotsIslands Casino – Die Welt der Spielautomaten wartet auf Dich

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Ενδιαφέροντα δεδομένα και οι τελευταίες ειδήσεις με την bionews.gr/category/science για το μέλλον της ζωής

Ενδιαφέροντα δεδομένα και οι τελευταίες ειδήσεις με την bionews.gr/category/science για το μέλλον της ζωής Η Γενετική Μηχανική και οι Προοπτικές της CRISPR: Η Επανάσταση στην

अझै पढ्नुहोस्
समाचार

छोटो अवधिको तालिममै लाखौँ असुल्दै इन्स्टिच्युट, विभिन्न प्रलोभनमा परेर ठगिए विद्यार्थी

धनगढी,7 भदौ । डोटीकी कल्पना बोहरा (नाम परिवर्तन) केही वर्षअघि पढाइको सिलसिलामा धनगढी आइन् । धनगढीस्थित रेडिकल एकेडेमीले देखाएको लोभकै कारण उनी धनगढी झरेकी हुन्

अझै पढ्नुहोस्