TRENDING
7к казино прямые трансляции игр
Simplicité étonnante, lautomatisation afkspin pour booster vos gains et votre expérience ludique quotidienne
Przewodnik po legalnych kasynach online w Polsce
Przewodnik po legalnych kasynach online w Polsce
Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов
Next
Prev

बाढीपीडितका नाममा वन अतिक्रमण गरि बनाएका घर वन कार्यालयले भत्कायो

शेयेर गर्नुहोस

जमुना न्युरे,भजनी /बाढीपीडितकाे नाममा सामुदायिक वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको छ ।

कैलालीको भजनी नगरपालिका वडा न . १भजनी बजार नजिकै रहेको पशुपति सामुदायिक , मोहन्याल सामुदायिक बन र बनदेबी सामुदायिक बन भजनी नगरपालिका वडा ९ कुडिमा बाढीपीडितका नाममा अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको हाे ।


सामुदायिक वनमा करिब ५०० घरपरिवारले बाढी पीडितको नाममा अतिक्रमण घर टहरा निमार्ण गरेका थिए । २०७७ सालमा मोहना नदिमा आएको बाढिले बाढिपीडित भएका २०/ २५ घरलाइ भजनी नगरपालिका र सामुदायिक बनले केही समयका लागि अस्थायी घर टहरा बनाइ बस्न दिएको थियो । सुरुमा २०/२५ घर बाढीपीडित रहेका दिन प्रतिदिन भजनी भन्दा बाहिर भुरुवा , कुडि ,खुरखुरिया , ठेङ्गापुर ,बर्दवाफाट , सोल्टा , लगायत ठाउँ बाट आयर वन अतिक्रमण गरि ५०० घरटहरा बनायको पशुपति सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भिम चौधरीले जानकारी दिए ।

सामुदायिक वनले बाढी सकिए पछि बाढिपिडितहरुलाइ आफ्नो पुरानै बासस्थान फर्किन र सामुदायिक बनको जमिन छोड्नका लागि पटकपटक मौखिक तथा लिखित रुपमा सुचना दिदै आएको थियो ।यसरी पटकपटक सुचना दिदा पनि अतिक्रमण जमिन नछोडे पछि आज डिभिजन वन कार्यलय पहलमानपुरले बल प्रयोग गरि अतिक्रमण गरि बनाएका घरटहरा भत्काएको छ।

डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरको नेतृत्वमा , डिभिजन बन कार्यलय मातहतमा रहेका सबै वन कर्मचारीहरु , सशस्त्र बन रक्षक , नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सहितको टोलि अतिक्रमण खाली गराउन खटिएको छ।

यसरी बसन्ता क्षेत्रको कोरिडोर नै कै नजिक रहेका सामुदायिक वन अतिक्रमणको चपेटामा परे पछि डिभिजन बन कार्यलयले पहलमानपुरले सब डिभिजन बन कार्यालय भजनि मार्फत पटक पटक अतिक्रमण क्षेत्र खालि गर्न सुचना , पत्राचार समेत गरि जानकारि गराएको थियो । साे वन क्षेत्रमा रहेका ५००घर टहरा रहेकाेमा पत्रचार पछि ४०० घरटहरा उठ्न बाकी रहेकोले उहाँहरुलाइ डिभिजन बन कार्यलय पहलमानपुरले बल प्रयाेग गरि उठाउनु परेको सब डिभिजन बन कार्यलय भजनी प्रमुख मो.ताहुसेन मिकरानी जानकारी दिनु भएको छ । अतिक्रमण गरि बनाएका ४०० घरटहरा र २० हेक्टर जमिन खाली गराइको छ ।

सामुदायिक बन अतिक्रमण गर्ने लाई बन ऎन २०७६ दफा ५०को ३ अनुसारको ५ बर्ष कैद वा एक लाख जरिवाना तथा दुबै सजाय गरि सो अतिक्रमण गरियको जमिन राष्ट्रिय वनमा गरि सो जग्गामा बनायका सरचना हटाउन र प्रयोग गरियका समान जफत गर्ने र अतिक्रमण गर्दा बन पैदावर हटायमा वा हानिनोक्सानी गरेमा पनि सोही ऎन अनुसारको कारबाही हुने डिभिजन बन कार्यलय पहलमान पुरका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।
उनले भने अतिक्रमण हटाएको ठाँउमा तारबार घेरबार गरि नियमित रुपमा अनुगमन गरि बृक्षारोपण गरि सरक्षण गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

7к казино прямые трансляции игр

Simplicité étonnante, lautomatisation afkspin pour booster vos gains et votre expérience ludique quotidienne

Przewodnik po legalnych kasynach online w Polsce

Przewodnik po legalnych kasynach online w Polsce

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अतिक्रमण हटाउने नाममा भिरबाट टेम्पो खसालेको दुर्घटना घटेको डिभिजन वन कार्यालयको दाबी

धनगढी: वन अतिक्रमण हटाउने नाममा भिरबाट टेम्पो खसालेको डिभिजन वन कार्यालय धनगढीले उक्त घटनालाई दुर्घटनाको रूप दिन खोजेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पाँच–सात

अझै पढ्नुहोस्