TRENDING
Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online
Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device
OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online
Casoola App – installatie en gebruik van de mobiele casino-applicatie
User-Friendly Betting Sites: Making Online Betting Easier for Everybody
Next
Prev

सुदूरपश्चिम प्रदेशस्तरिय होमस्टे ब्यबस्थापन तालिम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,भादा/कंचनपुरको मझगाउमा स्थित रानाथारु होमस्टे बाट सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरिय होमस्टे ब्यबस्थापन सम्बन्धि ५ दिने तालिम कैलालीको भादा होमस्टेमा पुगेर सम्पन्न भएको छ । प्रकृति ,सस्कृती र पर्यटन नेपालको पहिचान , समृद्ध मुलुक निमार्ण होमस्टेको अभियान भन्ने मुल नाराका साथ तालिम सुरु गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश पर्यटन बिकास कार्यक्रम कायर्न्वयन इकाई धनगढीका निमित्त प्रमुख डबल बहादुर बोहराले प्रदेश पर्यटन इकाइले पछिल्लो समयमा होमस्टे (घरबास ) कार्यक्रमलाई महत्त्वपूर्णका साथ हेरिरहेको बताए । उनले भने, होमस्टे कार्यक्रमले पर्या पर्यटन बिकास गर्छ भने अर्को तिर गाउँले परिवेशलाई विभिन्न ठाउँमा परिचित गराउछ गराउनुका साथै स्थानीयलाई रोजगारी दिएको छ ।
होमस्टे सन्चालकहरुलाइ यो तालिममा सिकेका कुरा लाई आफ्नो होमस्टेमा लागू गरेमा यो तालीमले सार्थकता पाउने बताए ।

कार्यक्रममा बोल्दै होमस्टे महासघं नेपालका केन्द्रिय अध्यक्ष प्रेमसकर मर्दनिया थारुले यसरी सन्चालन भएका होमस्टेहरुलाइ नितिगत सुधार गर्न जरुरी रहेको बताए ।उनले होमस्टेमा आउने आन्तरिक तथा बाहय पर्यटकहरुका लागि स्थानीय रितिरिवाज , सास्कृतिकलाई नै बजारिकरण गर्नु पर्नेमा जोड दिए ।होमस्टे पनि एक राम्रो पर्यटन ब्यबसाय हो यसलाइ बजारीकरण गर्न जरुरी छ।

कार्यक्रम सहभागिताको तर्फबाट बोल्दै भादा होमस्टे सन्चालक समितिका अध्यक्ष लक्ष्मी नारायण चौधरीले मझगाउ राना थारु होमस्टे बाट सुरु भएको कार्यक्रम हामिले बर्दिया जिल्लाको डल्ला होमस्टे , सतखलुवा होमस्टे लाई नजिक बाट हेर्न पायो , त्यहाको परम्परागत सीप , रहनसहन , सास्कृतिक , खानपान लाई नजिक बाट जान्ने मौका र होमस्टे आउने पर्यटनलाई कसरी प्राकृतिक पथ प्रर्दसक( नेचर गाइड ) गरेर आफ्ना पर्यटकिय स्थलहरु देखाउने सिकाइ लाई आफ्नो होमस्टेमा लागू गरिएमा तालिमले आउदा दिनमा राम्रो हुने बताए ।

कार्यक्रममा रैथाने एग्रीप्रोडक्स नेपालका केन्द्रीय अध्यक्ष तिलक ढकाल , होमस्टे महासघं नेपालका केन्द्रिय अध्यक्ष प्रेमसकर मर्दनिया थारु र होमस्टे महासघं नेपालका केन्द्रिय कोषाध्यक्ष सुरज बास्तोलाले सहजीकरण गरेका थिए ।

होमस्टे महासघं नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजना र प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाई धनगढीको सहयोगमा आयोजना भएको कार्यक्रममा अन्तरप्रदेशमा रहेका होमस्टेहरु अबलोकन गराइ अनुभव आदानप्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश कार्य समितिका अध्यक्ष दिनेश चौधरीको सभापतित्वमा समापन भएको कार्यक्रममा सुदूरपश्चिम का ६ जिल्लाका निजि तथा सामुदायिक होमस्टे सन्चालकहरु ३०जना सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online

Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device

OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online

Casoola App – installatie en gebruik van de mobiele casino-applicatie

User-Friendly Betting Sites: Making Online Betting Easier for Everybody

Mobile Casino Apps – Creating Your Gaming Easy

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई साइबर

अझै पढ्नुहोस्