फागुन १९ गते देखी गौरीगङ्गामा गोल्ड कप सुरु हुने

शेयेर गर्नुहोस

जमुना न्युरे,चौमला/कैलालीको गौरीगङ्गामा फागुन १९ गते देखी गौरीगङ्गा गोल्ड कप सुरु हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै गौरीगङ्गा ११ स्पोर्टस क्लबले प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ । 

फागुन १९ गते देखी २८ गते सम्म हुने प्रतियोगिताको विजेताले ६ लाख सहित ट्रफि, मेडल पाउने छन् । त्यस्तै उपविजेताले ३ लाख ट्रफि, मेडल पाउने आयोजक गौरीगङ्गा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

उत्कृष्ट खेलाडीले ५० हजार ,प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई १५\१५ हजार पाउने र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार पाउने अध्यक्ष कलेलले जानकारी दिए । 

उनले चौथो संस्करणको खेलको तयारी सुरु भएको जानकारी दिए । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता गौरीगङ्गाको लिक्मा खेलमैदानमा आयोजना हुने छ ।

 पत्रकार सम्मेलनमा अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेको बताएका थिए। गौरीगङ्गा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले खेलकुदको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Allure of Wildies in Modern Slot Machines

Kudos Bet Geluk en Verstand bij Online Speelautomaten

How to Boost Your Odds of Winning Free Slot Machines and Video Slots Online

Talismánia Bűvöleti Játszószoba

Do Any Type Of Gambling Establishments Approve Bitcoin?

Winstorming with Winspirit Slot Machines: A Guide to Online Casino Games

सम्बन्धितखवर

छुटाउनु भयो कि !