प्रेस स्वतन्त्रतामा हस्तक्षेप भए प्रेस युनियनले सशक्त प्रतिरोध गर्ने

शेयेर गर्नुहोस


काठमाडौं, जेठ १३ । नेपाल प्रेस युनियनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध सशक्त प्रतिरोध गर्ने घोषणा गरेको छ ।

युनियनको ३५औं स्थापना दिवस तथा विधानसभाबाट जारी नौबुँदे घोषणापत्रमार्फत लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।


युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न विधानसभामा देशभरका शाखा तथा प्रदेश समितिका प्रतिनिधिको सहभागिता रहेको थियो । सभाले लोकतन्त्र, बहुलवाद, मानवअधिकार, संविधानवाद तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


सभाले पत्रकारमाथि हुने आक्रमण, धम्की, गिरफ्तारी, डिजिटल ह्यारेसमेन्ट तथा श्रम शोषणविरुद्ध सशक्त आवाज उठाउने निर्णय पनि गरेको छ । श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा स्वास्थ्य र दुर्घटना बीमाको सुनिश्चितताका लागि दबाबमूलक अभियान सञ्चालन गरिने युनियनले जनाएको छ ।


त्यस्तै, व्यावसायिक, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको प्रवद्र्धन गर्दै फेक न्युज, दुष्प्रचार र भ्रामक सामग्री नियन्त्रणमा विशेष पहल गरिने उल्लेख गरिएको छ । डिजिटल पत्रकारिता, मोबाइल पत्रकारिता, डेटा पत्रकारिता तथा कृत्रिम बुद्धिमत्ता (एआई) को जिम्मेवार प्रयोगलाई संस्थागत गर्न पत्रकारलाई तालिम प्रदान गर्ने निर्णय पनि सभाले गरेको छ ।


युनियनले निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने उद्देश्यले सरकारी विज्ञापन रोक्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । सञ्चारमाध्यमको आर्थिक स्थायित्व, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक सञ्चार संरचनाको संरक्षणका लागि आन्दोलन, संवाद र कानुनी पहल अगाडि बढाइने घोषणापत्रमा उल्लेख छ ।


यसैगरी स्थानीय तथा साना लगानीका सञ्चारमाध्यमलाई कर छुट, सहुलियत ऋण, प्रविधि सहयोग तथा लोककल्याणकारी विज्ञापनमा प्राथमिकता दिन राज्यसँग माग गरिएको छ । विधान संशोधनमार्फत नेपाल प्रेस युनियनलाई अझ सशक्त, समावेशी र समयानुकूल संगठनका रूपमा विकास गर्ने निर्णयसमेत सभाले गरेको छ ।

ताजा खबर

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

Spinboss Bonus nicht gutgeschrieben: Checkliste zur Fehlerbehebung

सम्बन्धितखवर

छुटाउनु भयो कि !

परिस्थितियाँ दर्शाती हैं कि chicken road game में जोखिम और लाभ दोनों शामिल हैं, सावधानी बरतें।

परिस्थितियाँ दर्शाती हैं कि chicken road game में जोखिम और लाभ दोनों शामिल हैं, सावधानी बरतें। जोखिम का आकलन और रणनीति निर्माण रणनीतिक विचार संचार

अझै पढ्नुहोस्
समाचार

कैलालीका एक बालक बेपत्ता

धनगढीः कैलालीका एक बालक बेपत्ता भएका छन्।जिल्लाको लम्किचुहा नगरपालिका–९ बस्ने १७ वर्षीय सन्तोष सुवेदी चार दिनदेखि बेपत्ता भएका हुन्। सब डिभिजन वन कार्यलय बौनियामा कार्यरत फरेस्टर

अझै पढ्नुहोस्
समाचार

घोडाघोडि क्षेत्र बिकास गर्छौ मुख्यमन्त्री शाह

जमुना न्युरे,सुखड/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका

अझै पढ्नुहोस्