पुरानै मन्त्रालय कायम राख्ने :मुख्यमन्त्री सोडारी

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मन्त्रालय सङ्ख्या घटाएर छ वटा कायम गर्न लागेको छ । यसअघि छ वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १६ गते चार मन्त्रालय फुटाएर मन्त्रालय सङ्ख्या १० बनाएका थिए ।

मन्त्रालय सङ्ख्या बढाएको आधा महिनामै फेरि घटाएर साविककै सङ्ख्या कायम गर्ने निष्कर्षमा प्रदेश सरकार पुगेको छ । सरकारले मन्त्रालय घटाएर साविककै कायम गर्ने निष्कर्षमा पुगेको र चाँडै क्याबिनेटबाट निर्णय गर्ने जलस्रोत तथा सहरी विकासमन्त्री अक्कलबहादुर रावलले बताए ।

एमालेले नमानेका कारण सरकारले मन्त्रालय फुटाएको उनको भनाइ छ । रावलले भने,“एमालेका साथीहरुले फुटाउनै पर्ने जिकिर गरेपछि सरकारले मन्त्रालय फुटाएको हो । तर, अब घटाउने निष्कर्षमा पुगिसकेका छौं ।” सरकारले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएको थियो । मन्त्रालय संख्या बढाइएपछि त्यसको विरोधसमेत भएको थियो ।

ताजा खबर

The Ultimate Guide to Playing Roulette Game Online

Can I Obtain an ESA Letter From My Medical professional?

Understanding the Importance of a Housing ESA Letter

Kasyno Revolut – Twoja najlepsza opcja dla hazardu online

सिनो खाएर वातावरण जोगाउँछन् गिद्ध

Stake Casino Login και Mobile Gameplay: Γρήγορες Συνεδρίες για Ταχεία Κερδίσματα Crypto

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सिङ्गेकोट सामुदायिक बन उपभोक्ताकाे १४ औ साधारणसभा सम्पन्न

जमुना न्युरे,सुखड / कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ९ फारम क मा रहेको सिङ्गेकोट सामुदायिक बन उपभोक्ता समुहको १४ औ साधारणसभा सम्पन्न भएको छ।साधारणसभाको प्रमुख

अझै पढ्नुहोस्