TRENDING
Mejores Casinos Online Mastercard: A Comprehensive Overview
Best PayPal Casino Sites: The Ultimate Guide for Online Gamblers
Bonusy Waterfall Dla Graczy Z Polski
Next
Prev

पुरानै परम्पराबाट चल्न खोज्नु नै हारको कारण बन्यो: कांग्रेस उम्मेदवार

शेयेर गर्नुहोस


धनगढी/संगठन सशक्त रुपमा परिचालित नहुनु नै हारको मुख्य कारण बनेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन्। 

कैलालीको धनगढीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित सुदुरपश्चिम प्रदेशस्तरीय भेला कार्यक्रममा बोल्दै सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवारहरूले यस्तो बताएका हुन् । 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सम्मिलित उक्त कार्यक्रमका वक्ताहरुले लामो समयदेखि संगठन सुदृढीकरण नहुनु, जेन्जी आन्दोलनले उठाएका मागबारे कांग्रेसले जनतालाई बुझाउन नसक्नु, मत आकर्षित गर्न नसक्नु, पार्टीका नेताहरु परिचालित नहुनेले पराजय भोग्नु परेको उम्मेदवारहरुले बताए । 

‘विगत ३६ वर्षमा कांग्रेसले १८ वर्ष सत्ता सन्चालन गरे पनि पार्टी बनाउनेतर्फ ध्यान नदिएका कारण हात व्यहोर्नु परेको हो’ कैलाली क्षेत्र नम्बर ३ का उम्मेदवार भिम बडुवालले भने ‘अर्को कारण हाम्रो पार्टी पंक्ति पूर्णरुपमा परिचालन हुन सकेन, हामीले जेन्जीका मुद्दामा पार्टीको धारणा जनतासम्म पुर्याउन सकेनौं।’ 

अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार पुष्पबहादुर शाहीले विगतका दिनमा अनुशासन उल्लङ्घन गरेकाहरूलाई कारबाहीको डण्डा नचलाउनुले पार्टीले हार व्यहोरेको बताए ।

पुरानै परम्परा र ढर्राको कारण पार्टीले हार व्यहोरेको कन्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार हरिप्रसाद बोहोराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mejores Casinos Online Mastercard: A Comprehensive Overview

Best PayPal Casino Sites: The Ultimate Guide for Online Gamblers

Bonusy Waterfall Dla Graczy Z Polski

Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लम्कीचुहा अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिका बीच असमझदारी

कैलालीको लम्कीचुहा नगरपालिकास्थित अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिकाबीच असमझदारी बनेको छ। लम्कीचुहा अस्पताल विकास समिति अध्यक्ष तथा नगर प्रमुुुख सुुुुशीला

अझै पढ्नुहोस्
समाचार

नेपाली कांग्रेसको आयोजनामा धनगढीमा १११ औं बीपी जन्मजयन्ती कार्यक्रम सम्पन्न

धनगढी, २५ भदौ – नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार प्रसार शाखाको आयोजनामा आज धनगढीमा १११ औं बीपी कोइराला जन्मजयन्ती भव्य रुपमा मनाइएको छ। सो

अझै पढ्नुहोस्