TRENDING
Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games
How do online casino bonus codes work?
Play Free Slot Machines: A Guide to Online Port Gamings
No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations
Next
Prev

परराष्ट्रमन्त्री देउवा र मुख्यमन्त्री शाहको एउटै स्वरसुदूरपश्चिममा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

शेयेर गर्नुहोस

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अन्तर्राष्ट्रिय समुदायलाई निधक्क भएर सुदूरपश्चिम प्रदेशमा लगानी गर्न आग्रह गर्नु भएको छ ।


सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको लगानी तथा विकास सम्मेलनसम्बन्धी छलफल कार्यक्रममा परराष्ट्रमन्त्री देउवाले प्रदेशमा लगानी गर्न आग्रह गर्नु भएको हो ।


छलफलमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकार सधैं तत्पर रहेको बताउनुभयो । आफू पनि सुदूरपश्चिमको प्रतिनिधि भएको भन्दै उहाँ अन्तर्राष्ट्रिय समुदायलाई त्यहाँ लगानी गर्न आग्रह गर्नुभयो ।


‘सुदूरपश्चिम प्रदेशमा प्रशस्त सम्भावना रहेका छन्, म पनि त्यहाँकी प्रतिनिधि हुँ,’ परराष्ट्रमन्त्री राणा देउवाले भन्नुभयो, ‘संघीय सरकार सुदूरपश्चिमको विकास र समृद्धिका लागि प्रतिबद्ध छ, तपाईंहरूले ढुक्क भएर लगानी गर्नुहोस् ।’

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेशमा २२ वटा पुल बनेको स्मरण गराउँदै उहाँले कांग्रेस अहिले पनि देश र प्रदेशको विकासका लागि लागिरहेको बताउनु भयो ।
छलफल कार्याक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना रहेको भन्दै सबैलाई लगानीको आग्रह गर्नु भएको थियो ।
‘हामीसँग सीमित पूर्वाधार, न्यून लगानी, रोजगारीको सीमित अवसर जस्ता चुनौतीहरू विद्यमान छन् । यी चुनौतीलाई अवसरमा बदल्नका लागि हामीले वैकल्पिक सोच, साझेदारी र दिगो लगानीलाई प्राथमिकता दिएका छौँ,’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘प्रदेशको सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा उजागर गर्नु छ । हामी त्यो प्रयासमा छौँ । सबै निकायलाई सुदूरपश्चिममा लगानी गर्न आह्वान गर्दछौँ ।’
मुख्यमन्त्री शाहले निजी क्षेत्र र विकास साझेदार संस्थासँग सहकार्य बलियो बनाउँदै लगानी भित्र्याउने गरी प्रदेश सरकार लागिरहेको बताउनु भयो ।
‘आवश्यक नीति तथा संस्थागत सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्नु र ठोस परियोजनाहरूलाई अगाडि बढाउनु हाम्रो दायित्व हो,’ मुख्यमन्त्री शाहले भन्नुभयोे, ‘सम्मेलनमा पूर्वाधार, पर्यटन, कृषि, औद्योगिक विकास, ऊर्जा, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रका प्राथमिक परियोजनाहरू प्रस्तुत गरिनेछ ।’
परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालमा कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, संयुक्त राष्ट्र संघका प्रतिनिधि तथा विकास साझेदार संघ–संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीहरू सहभागी थिए । उनीहरूले लगानी सुदूरपश्चिममा लगाउन आफूहरू तयार रहेको भन्दै नीतिगत विषयमा जोड दिन सरकारलाई सुझाव दिएका थिए ।

मंसिर १ र २ गते सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games

How do online casino bonus codes work?

Play Free Slot Machines: A Guide to Online Port Gamings

No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations

Ideal Cent Port Machines to Play: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखको क्षति

चौमाला – गौरीगंगा–४, राजीपुरस्थित प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा गएराति विद्युत् सर्ट हुँदा आगलागी भएको छ। आगलागीका कारण विद्यालयको कम्प्युटर ल्याव तथा शैक्षिक सामग्री जलेर पूर्ण

अझै पढ्नुहोस्
समाचार

दर्ता नभएका उपभोक्ता समितिबाट याेजनाका काम गर्न नपाइने

टीकापुर/स्थानीय तहमा याेजना निर्माण कार्यकाे लागि गठन हुने उपभोक्ता समिति अब देखि दर्ता नभए याेजना निर्माणको काम गर्न नपाइने भएको छ ।सङ्घीय मामिला तथा सामान्य

अझै पढ्नुहोस्