नोभा हस्पिटल तोडफोड नेपाल चिकित्सक संघ सुदुरपश्चिम शाखाले घटना निन्दनीय

शेयेर गर्नुहोस

धनगढी/धनगढीको नोभा हस्पिटलमा उपचाररत कञ्चनपुरका एक युवकको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका छन। जण्डिसको समस्या देखिएपछि साउन ७ देखि अस्पतालमा भर्ना भएका बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको शुक्रबार मृत्यु भएको थियो। मृतकका आफन्तले अस्पताल तोडफोड गरेको घटनाप्रति नेपाल चिकित्सक संघ सुदुरपश्चिम शाखाले एक बिज्ञप्ति प्रकाशित गर्दै घटना निन्दनीय भएको बताएको छ।

संघका सचिव डाक्टर मेराज आलम अन्सारीले एक विज्ञप्ति जारी गर्दै बिरामीलाई अन्यत्रै रिफर गरिएको र अन्यत्र लैजाने क्रममा मृत्यु भएको दाबी गरेका छन्। ‘बिरामी पक्षलाई पहिले नै जानकारी गराउँदा गराउँदै पनि अस्पतालमा कार्यरत चिकित्सक र अन्य कर्मचारीहरू माथि हातपात गर्न खोज्नु र अस्पताल तोडफोड गरिएको घटनाप्रति नेपाल मेडिकल एसोसियसन सुदुरपश्चिम धनगढी शाखाको गम्भीर ध्यानाकर्षण भएको र अभद्र घटनाप्रती घोर आपत्ति र निन्दा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

आफन्तले भने डाक्टरको गम्भीर लापरवाहीका कारण नसिबको मृत्यु भएको बताएका छन। उपचारमा संलग्न डाक्टरले भने चौधरीले उपचारमा कुनै लापरबाही नगरेको बताए। उपचारमा संलग्न डाक्टर रामचन्द्र पौडेलले बिरामी अस्पताल आउदा नै क्रीटिकल अवस्थामा रहेको बताउदै आफन्तकै सल्लाह बमोजिम भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको बताए। चौधरीको मृत्युपछि आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै शुक्रबार पनि केहिबेर अस्पताल परिसरमा तनावको स्थिति सृजना भएको थियो।

अस्पताल प्रशासन र आफन्त वार्तामै बसिरहेको बेला अस्पताल बाहिर जम्मा भएको भिडले अस्पतालमा ढुंगामुढा गरेका छन्। स्थिति तनावग्रस्त भएपछि प्रहरीले लाठीचार्ज र केहि सेल अश्रुग्यास प्रहार गरेको थियो। ढुंगामुढाबाट दुईजना प्रदर्शनकारी र केही प्रहरी समेत घाइते भएका छन।

ताजा खबर

Обзор онлайн слота “Свит Бонанза”

What is Trada Casino: Overview and Features?

Overview of 10black Casino online gambling platform features and services.

Czym jest gra Chicken Road 2 w kasynie online?

Yaamava Casino: Overview and Amenities

Czym jest Coins Game Casino – grę hazardową w kasynie

सम्बन्धितखवर

छुटाउनु भयो कि !