TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम

शेयेर गर्नुहोस


सुखड/कैलालीको घोडाघोडी नगरपालिका–७ करैचामा नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको अति महत्वको ठुलो चार्डको रूपमा चिनिने माघी पर्वको पूर्व सन्ध्यामा नेपाली काँग्रेस घोडाघोडी नगरपालिका वडा नम्बर ७ को वडा कार्यसमितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

वडा कार्यवाहक सभापति तुल्सीराम चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रण बहादुर रावल रहेका थिए भने विशिष्ट अतिथिमा नेपाली काँग्रेस कैलालीका उपसभापति खेमराज डगौरा थारु रहेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सचिव नृप बहादुर सुनार, घोडाघोडी नगर सभापति बम बहादुर सिंह,वडा नम्बर ५ का वडा अध्यक्ष लोक बहादुर चन्द,वडा नम्बर ७ का वडा अध्यक्ष जुगराम चौधरी, वडा नम्बर १२ का वडा अध्यक्ष रामदुलारे चौधरी, महाधिवेशन प्रतिनिधिहरू, तरुण दल लगायत विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले मन्तव्य राखेका थिए । नेपाली काँग्रेस घोडाघोडी नगर कार्य समिति सदस्य चन्द्रु चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन नेपाली काँग्रेसका युवा नेता दयाराम चौधरीले गरेको थिए ।

विभिन्न पाटी परित्याग गरी नेपाली काँग्रेस प्रवेश

नेपाली काँग्रेसको माघी मिलन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) वडा नम्बर ७ का वडा सचिव नरेन्द्र सिंह धामी लगायत विभिन्न दलमा आस्था वन कार्यकर्ताहरूले नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रण बहादुर रावलले नेपाली काँग्रेसको सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश गर्ने सबैलाई क्षमता अनुसार उचित जिम्मेवारी प्रदान गर्ने समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको घोडाघोडी नगरपालिका-१० स्थित तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको बुधवार मृत्यु भएको हो। करेन्ट

अझै पढ्नुहोस्