एसपीए रिडर्स च्यालेन्जको उपाधि स्नेहालाई

शेयेर गर्नुहोस

धनगढी, २२ पुस । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले एसपीए कलेजले आयोजना गरेको एसपीए रिडर्स च्यालेन्जको उपाधि स्नेहा गुप्ताले जितेकी छिन् ।

तीन महिना आफूले पढेका पुस्तकहरु अध्ययन गर्दै ती पुस्तकहरुको समिक्षा प्रस्तुत गर्दा स्नेहाले प्रथम स्थान हासिल गरेकी हुन् । उनले नगद ५ हजारसहित प्रमाण पत्र पाइन् ।

यस्तै अपेक्षा उपाध्याय र सुशिल विष्ट क्रमश: द्वितीय र तृतीय स्थानमा रहे । उपाध्यायले ३ हजार र विष्टले दुई हजार सहित प्रमाणपत्र पाए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उप प्राध्यापक सिताराम भट्ट, प्रजापति नेगी, तुलसी शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

पाठकले आफूसँग भएका वा किनिएका जुनसुँकै पुस्तक पनि पढ्दै तीनको समिक्षा लेख्दै प्रस्तुत गर्नुपर्ने कार्यक्रमको अवधारणा थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले निजी क्षेत्रबाट आफ्नो गर्विलो पहिचान बनाएको एसपिए कलेजले विद्यार्थीहरूको बौद्धिक क्षमता बृद्धिका लागि अत्यन्त फरक र नयाँ कार्यक्रम गर्दै आएकाले आगामी दिनमा कलेजसँग सहकार्य गर्दै अघि बढ्न इच्छुक रहेको प्रतिबद्धता जनाए ।

‘एसपीएले आयोजना गरेको रिर्डर्स च्यालेन्ज कार्यक्रममा भर्खर +2 र स्नातक पढ्दै गरेका विद्यार्थीहरूको विलक्षण वाक् कला,पठन संस्कृतिप्रतिको अभिरूचि र तार्किक क्षमता देख्दा गौरवको अनुभूति भयो,’ उनले भने, ‘निर्णायक मण्डल र ‘अडेन्स’को शब्दवाणको कडा घेरालाई छिचोल्दै यस उमेरका बच्चाहरूले देखाएको प्रस्तुतिले हाम्रा नानी बाबूहरू क्षमता नभएर होइन अवसर नपाएर पो पछाडि हुन् कि जस्तो लाग्यो। रिडर्स च्यालेन्जमा छोरीहरू अपेक्षा उपाध्याय र स्नेहा गुप्ताको गज्जबको उत्कृष्ट प्रस्तुतिले मन प्रफुल्ल भयो। कार्यक्रमले निरन्तरता पाओस् । सहकार्य र प्रबर्द्धन गर्न हामी पनि इच्छुक छौं।’

यस्तै निर्णायक मध्येका एक उप प्राध्याक भट्टले कार्यक्रम रहेपछि विशिष्ट अनुभव भएको प्रतिक्रिया दिए ।

‘निर्णायकका रुपमा विद्यार्थीहरुको प्रस्तुति अवलोकन गरियाे, प्रश्नाेत्तर पश्चात् क्षमताले भ्याएसम्म मूल्यांकन गरियाे ! मलाई गज्जब लागेको कुरा भनेकाे विद्यार्थीहरूकाे प्रस्तुति हाे । विद्यार्थीहरुको प्रस्तुतिमा आत्मविश्वास, भाषाको निखार र अध्ययनकाे दायरा देखेर कायल भएँ,’ उनले भने, ‘हाम्राे पछिल्लो पुस्ता, खासगरी छाेरीहरू, विविध पुस्तक पढ्छन्, मञ्चमा प्रस्तुत गर्छन्, अनि श्राेताबाट उठेका जिज्ञासामा हाजिरजवाफकाे शैली प्रभावकारी शास्त्रार्थ गर्छन् ! र्याखर्याख्ती पार्ने प्रश्नहरू पनि चातुर्यतापूर्वक जवाफ दिन्छन् ! याे स्तरका बच्चाहरू पछिल्लो पुस्तामा देखेर निकै प्रभावित भएँ ! तिनका प्रस्तुतिमा अबकाे नेपालकाे उज्यालो अनुहार देखें ! यस्तो खालको कार्यक्रम सुदूरपश्चिममा अर्को भएको मलाई जानकारी छैन ! युवा पुस्तालाई पठन संस्कृतिमा सक्रिय बनाउन, ज्ञानमाथि विमर्श गर्न आयाेजना गरिएको यस्तो कार्यक्रम हाम्रो ठाउँको लागि युनिक् हाे । एसपीएका क्याम्पस प्रमुख याेगराज सर र कार्यक्रम संयाेजक अपर्णा गुप्ता म्यामलाई बधाई तथा शुभकामना ।’

क्याम्पस प्रमुख योगराज उपाध्यायले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस खाले कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

‘राजालाई देशमा पुजिन्छ भने विद्धानलाई संसारमा पुजिन्छ भन्ने पुर्खाहरुको भनाई छ,’ गौतमले भने, ‘विद्धान, सभ्य, समझदार नागरिक उत्पादन गर्न पठन संस्कृतिको विकास हुन आवश्यक छ। सोही कुरा मध्यनजर हामीले यो च्यालेन्ज घोषणा गरेका थियौं। हाम्रो उदेश्यमा केही हदसम्म सफल भएको विश्वास मानेका छौं । आगामी दिनमा पनि यस खाले कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Parlak kombinasyonlar sunan Gates of Olympus vodds, oyunculara eşsiz fırsatlar veriyor

Essentielles réductions et bonuskong app pour optimiser vos achats en ligne durablement

Einzigartige Vorteile entdecken und mit bonuskong deine Ersparnisse steigern ist möglich

Elegantes Ambiente und roulettino für unvergessliche Spielabende mit Freunden

Elegantes Ambiente und roulettino für unvergessliche Spielabende mit Freunden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नोभा हस्पिटल तोडफोड नेपाल चिकित्सक संघ सुदुरपश्चिम शाखाले घटना निन्दनीय

धनगढी/धनगढीको नोभा हस्पिटलमा उपचाररत कञ्चनपुरका एक युवकको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका छन। जण्डिसको समस्या देखिएपछि साउन ७ देखि अस्पतालमा भर्ना भएका बेलौरी

अझै पढ्नुहोस्