TRENDING
We88 – แพลตฟอร์มคาสิโนและเดิมพันกีฬาในประเทศไทย
Bookmakers hors ARJEL en France – légalité et risques
Esperienze di gioco complete con replatz scommesse e bonus dedicati per il mercato italiano
Szczegółowy przegląd BetOnRed od rejestracji do wypłaty, w tym bet on red code bonus i aktualne promocje dla Polaków
Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation
Next
Prev

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमागोदावरी आर्यघाटमा सरसफाई

शेयेर गर्नुहोस


धनगढी/कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ । शनिबार नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गोदावरी आर्यघाटको सरसफाई गरेको हो ।

नेपाल तरुण दलले आयोजना गरेको आर्यघाट सरसफाई कार्यक्रममा नेपाली कांग्रेस पार्टी सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट , प्रदेश सांसद तथा पूर्व भौतिक विकास मंत्री प्रकाश देउवा , पूर्व राज्य मन्त्री टेक बहादुर रैका , गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट,  कैलाली क्षेत्र न. ४ का सभापति ललित रोकाया, जिल्ला कार्यसमिति सचिव निर्प सुनार, वडा अध्यक्ष रवीन्द्र शाही लगायत नेपाल तरुण दलका जिल्ला तथा केन्द्रीय सदस्यहरुको उपस्थितीमा सरसफाई भएको छ ।

सरसफाई कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पार्टी सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले भने, तरुण दलको स्थापना दिवसको अबसरमा सुदूरपश्चिमको पर्यटकिय तथा अन्तिम संस्कार क्षेत्र गोदावरी आर्यघाटमा समय समयमा सरसफाई गर्नु आवश्येक रहेको र नेपाल तरुण दलले समाज परिवर्तनका लागि समाज सेवामा पनि काम गरेकोले सकारात्मक भएको बताएका छन ।

तेसै गरी गोदावरी धाम सँगै आर्यघाट ब्यावस्थापनका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख केन्द्र देखि प्रदेशमा धाउनु भएको र प्रदेश र केन्द्रबाट पनि केही बजेट आएकोले यस पाली देखि नै यस पवित्र धामलाई विकासको रुप दिने जानकारी प्रदेश सांसद तथा पूर्व भौतिक विकास मंत्री प्रकाश देउवा बताएका छन । साथै नेपाली कांग्रेसको भातृ संगठन तरूण दलले देशब्यापी रुपमा समाज सेवाको काम गर्दै गरेको समेत बताएका छन ।

नेपाल तरुण दलको स्थापना दिवसको अबसरमा देशभर बिबिध क्रियाकलाप गरी समाज परिवर्तनका लागि काम गर्दै गर्दा कैलालीले पनि गोदावरीको आर्यघाट सरसफाईले गर्दा सबैको हितका लागि काम हुने भएकाले यही कामलाई छानेको र सरसफाई गरेको कैलाली जिल्ला कार्यसमिति अध्यक्ष निराजन खड्काले बताएका छन ।

पछिल्लो समयमा लास जलाउन गएका व्यक्तिहरुले मरेका व्यक्तिहरुका लुगाकपडा तथा पानीका बोतलहरु जथाभावी फाल्ने गरेका कारण गोदावरी आर्यघाट दुर्गन्धित बन्दै गएको थियो । आर्यघाटलाई समय समयमा सरसफाई गर्दै आएको आर्यघाट व्यवस्थापनका लागि नेपाल तरुण दलका गोदावरी नगर अध्यक्ष रमेश भट्टराईले बताए ।

आर्यघाटमा खानेपानी, व्यवस्थित दाहसंस्कार स्थल लगायतका समस्या रहेका बताउदै उनले आर्यघाट प्रयोग गर्दै आएका कैलाली, कञ्चनपुरका स्थानिय तहहरुले व्यवस्थापनमा लाग्न जरुरी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

We88 – แพลตฟอร์มคาสิโนและเดิมพันกีฬาในประเทศไทย

Bookmakers hors ARJEL en France – légalité et risques

Esperienze di gioco complete con replatz scommesse e bonus dedicati per il mercato italiano

Szczegółowy przegląd BetOnRed od rejestracji do wypłaty, w tym bet on red code bonus i aktualne promocje dla Polaków

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पर्यटकका नाममा बजेट ,सिमित व्यक्ति राखेर पर्यटन महोत्सव गर्ने कार्यमा संसदिय समितिको कडाई, अब मुख्यमन्त्रीनै मुल आयोजक समितिको संयोजक हुने

धनगढी– सुदूरपश्चिम सरकारको लगानीमा आयोजना हुन लागेको पर्यटन महोत्सवमा संसदिय समितिले सरकारको कार्यक्रम बनाउन भनेपछि अनिश्चित बनेको छ ।मन्त्रालय र केही होटल तथा पर्यटन व्यवसायीहरुलाई

अझै पढ्नुहोस्
समाचार

फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित

धनगढी/नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित भएकी छन् । फोनिज प्रदेश कार्यसमितिको आज धनगढीमा भएको तेस्रो महाधिवेशनले उनको

अझै पढ्नुहोस्