नागरिक उन्मुक्ति पार्टीको वडा नं. ७ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको बेलुवामा प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।
बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ बेलुवामा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सुरु गरिएको हाे ।
वडा नं. ७ का वडा अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रामलाल डगाैरा थारुकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य दामोदर पन्डित, केन्द्रीय सदस्य लक्ष्मण किशाेर चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

देशराज चौधरीकाे संयाेजकत्वमा ३५ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा संगिता चाैधरी, काेषाध्यक्षमा शान्ति चाैधरी, सचिवमा तुल्सि राम चाैधरी र सह-सचिवमा माया बुढा क्षेत्री चयन हुनुभएको छ । साथै माया बुढा क्षेत्रीकाे संयोजकत्वमा वडा स्तरिय महिला समित र पुनम चाैधरीकाे संयोजकत्वमा वडा स्तरीय कलाकार समिति गठन गरिएको बताइएको छ ।

विश्राम चाैधरीले स्वागत गरेको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे ।
माननीय रेशमलाल चाैधरीकाे धर्मपत्नी रन्जिता श्रेष्ठ चाैधरीकाे नेतृत्वमा नयाँ दल दर्ता भए संगै कैलाली लगायतका विभिन्न जिल्लामा नागरिक उन्मुक्ति पार्टीको तिव्ररुपमा संगठन विस्तार भइरहेको छ । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टी दर्ता भए संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिएको बताइएको छ ।

ताजा खबर

Wie man Online für kostenlose Spielautomaten spielt

No Down Payment Incentive Casino Site Checklist: A detailed guide for players

The Best Gambling Establishment Invite Rewards: A Guide to Maximizing Your Online Pc Gaming Experience

Free Online Casino Slot Games: The Ultimate Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !