नफापेको साइकल, फापेको सुनपानी

शेयेर गर्नुहोस


चित्रबहादुर चौधरी, मधेशका मुख्यमन्त्री लालबाबु राउतलाई साइकल नफापे पनि अर्थ मन्त्री जनार्दन शर्मालाई भने सुनपानी फापेको छ। एकताका लाल बाबु पण्डितको चर्चा चुलिएको थियो । सामान्य प्रशासन मन्त्री हुँदा  सादा जीवन र मितव्ययी व्यवहारका कारण उनी सबैका हाईहाई थिए। उनलाई आफ्नो सुरक्षाको समेत मतलब थिएन। उनको सुरक्षा बेवास्ता देखेर बरू सुरक्षा अधिकारी नै हैरान थिए।

अन्य सहकर्मी मन्त्रीहरू सरकारी झण्डा फहराउँदै पजेरो, प्राडोमा हुइँकिरहँदा उनी निर्धक्क साइकलमा गुड्थे। तर, उनको लोकप्रियता आइरन नगरिएको पोलिस्टरको कपडा झैं एकाएक चाउरियो,जब उनले सवारी साधनको भुक्तानी लिए। पछिल्लो समय मधेशका मुख्यमन्त्री लालबाबु राउत ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमबाट लोकप्रसिद्धि बटुल्न कस्सिएका थिए। मधेशका बेटीहरूका लागि दुई किस्तामा २७ हजार थान साइकल झिकाएर वितरण गरे। साइकल पाएर बेटीहरू रमाए। बेटीहरूसँगै उनीहरूको परिवार रमायो । तर, मुख्यमन्त्री राउतले भने रमाउने मौका नै पाएनन्। साइकलमा ‘बुरी नजरवाले तेरा मुह काला’ लेखिएको सानो स्टिकर टाँस्न बिर्सेर पो हो कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा  झ्याप्प लागेछ। खरीद-बिक्रीमा ‘अच्छाखासा’ शुभलाभ भए गरेको आशंकामा क्रेता र बिक्रेता त परे नै, बाबुजीले पनि छुट्टी पाएनन्। साइकलले उज्यालिँदै गरेको उनको छवि साइकलले नै धमिल्याइदियो। आफै उचाल्ने आफै पछार्ने साइकल यी बाबुहरूलाई साँच्चै नफापेकै हो त ? कमरेड जेएनको संकेत असार सकियो। साउन पनि टुप्पेला-टुप्पेला जस्तो छ। तर, असारे चटारो उस्तै छ। सिंहदरबारबाट हुत्तिएर बार्दलीमा थचारिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आउँदो मंसीरमा ‘परमादेशी’ सरकारलाई धुलो नचटाई भएको छैन।

त्यसका लागि उनले निक्खर गणतन्त्र र संघीयता विरोधी सगोत्री अरूको खोजबिन अभियान थालिसकेका छन्। थप शक्ति आर्जन गर्न गल्ली गल्लीमा शंखनाद गरिँदै छ। टोलटोलमा चमर हल्लाइँदै छ। मन्दिरका देवीदेउतालाई सुनको जलहरी चढाइँदै छ। यसो भनौं शक्तिपीठ रिझाउन उनलाई भ्याइनभ्याई छ।

सत्ताधारी भएर पनि पाँच भाइ सारथिहरू तनावमुक्त छैनन्। पाँच फरकफरक टालाटुली जोरेर बनाइएको रङ्गिन धोतीले पिर्नु पिरेको छ। यता टाल्दा उता च्यातिन्छ, उता टाल्दा यता च्यातिन्छ। समस्याका गाँठा पनि कति हुन् कति! गाँठा फुकाउन रातबिरात बैठकमाथि बैठक डाक्यो, न खानको ठेगान छ न त सुत्नको।

शीर्ष नेतृत्व खाइलाग्दा मोटामोटा मुद्दामा घोत्लिँदै गठबन्धनको भविष्यबारे चिन्तित भइरहँदा कमरेड जे एनलाई भने आफ्नै झिनोमसिनो सुर्ताले सताएको छ। उनी निर्वाचनअघि ईहलोक र निर्वाचनपछि परलोक दुवै एकैसाथ सुधार्न चाहन्छन्।

नवौं महाधिवेशनमा ओलीले उधारो राष्ट्रपतिको माछा देखाएर भ्यागुताको सूप खुवाएको अस्ति जस्तो लाग्छ। त्यसैले उनीबाट हालै जाहेर चिन्ता अब कुनै पनि मूल्यमा उधारोको ‘मुड’मा छैनन् भन्ने संकेत त होइन?
पानी छम्कँदै, अघि लम्कँदै
जूठो परेकालाई सुनपानी छम्केर चोख्याउने हाम्रो सनातन परम्परा रहिआएको छ। यो मौलिक परम्परामाथि कतै परचक्रीबाट आक्रमण हुन्छ कि भन्ने आशंका पनि दूर भएको छ। र, यो महान् र गुरुत्तर जिम्मेवारी वहन गरेकोमा विशेष धन्यवादको पात्र बनेको छ, सार्वभौम संसद्को संसदीय छानबिन विशेष समिति।

चोख्याउन चोखिन यदाकदा गहुँतको प्रयोग हुने गरे तापनि सुनपानी नै उत्तम हो भन्ने लाग्छ। किनभने, कहाँ छोइने हो, त्यसको ठेगान हुँदैन। यताउति जाँदा सिसीमा गहुँत बोकेर हिँड्ने कुरो हुँदैन। सुन त माथमा टल्काए भो। गला झल्काए पनि भो। यो लाउनेको इच्छामा भर पर्छ। फेरि अचेल चोख्याउनेभन्दा चोखिनेको शरीर सुनले झकिझकाउ हुन्छ।

सुडान घोटालादेखि नै वाइड बडीसम्म सेक्युरिटी प्रेसदेखि ओम्नीसम्म चोख्याउने भन्दा चोखिने ठूला सुनवाल थिए। हाक्काहाकी कमिशनको मोल मोलाइ गर्ने गोकुलप्रसाद बास्कोटाको अडिओ टेप नै सार्वजनिक भयो। मुद्दा टुंगो नलाग्दै उनै उनै बाँस्कोटाले संसद्को सार्वजनिक लेखा समितिमा सदस्य बनेर सुनको वास्तविक तौल देखाइदिए।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करको दर तलमाथि गरेको बात लागेपछि राजीना मा दिएर बसेका अर्थ मन्त्री जनार्दन शर्मा समिति को छानबिनपश्चात् चोखा ठहरिए। छाती तन्kकाउँदै २६ दिनपछि पुनः अर्थ मन्त्रालय भित्रिए। यी र यस्ता समितिले छानबिन गर्नु त त्यस्तै हो, पानी छम्कँदै अघि लम्कँदै परम्परा भने गज्जबले धानेका छन्! हिमाल खवरबाट ।

ताजा खबर

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Oficial Mostbet Casino Br

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सरकारको अपेक्षाअनुसार बिमा क्षेत्र विस्तार हुन सकेन : प्रमुख केदारनाथ भट्ट

धनगढी । नेपाल सरकारले अपेक्षा गरेअनुसार बिमा क्षेत्रको विस्तार हुन नसकेको नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख केदारनाथ भट्टले बताएका छन्। नेपाल बिमा प्राधिकरण

अझै पढ्नुहोस्