सामुदायिक सहकारीकाे २२ औ स्थापना दिवस दुई स्थानमा मनाइयाे

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर ७ सत्ती स्थित सामुदायिक सहकारीकाे २२ औ स्थापना दिवश दुई स्थानमा मनाइएकाे छ । टिकापुर ७ सत्ति स्थित सामुदायिक सहकारीले बुधबार एक कार्यक्रमका बिच सत्ती र भजनिमा आफ्नो स्थापना दिवस मनाएको हाे ।

सत्तीमा सहकारीका उपाध्यक्ष दिपक साउँदकाे अध्यक्षतामा भएको २२ ओै वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु रहनु भएको थियाे भने विशिष्ट अतिथिमा टिकापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बलिराम चाैधरी रहनु भएको थियाे ।

सहकारीका काेषाध्यक्ष पल बहादुर बस्नेतकाे स्वागत संगै सुरु भएको कार्यक्रममा सहकारीका जिटिएफ उपसमिति सदस्य तथा सेती मैयाँ चाैधरि माद्यमिक विद्यालयका प्रअ पतिराम चाैधरि , विद्यालयमा बचत गर्ने बानी बसाल्नका लागि कार्यक्रम संचालन गर्न पतिराम चाैधरिले अनुरोध गर्नुभएकाे थियाे ।

कर्णाली मावि सत्तिका प्रधानाध्यापक जगविर शाहले सहकारिले विभिन्न विद्यालयका ३५ जना नानीहरूकाे पढाइमा अभिभावकत्व लिएर सराहनीय काम गरेको बताउनुभयाे । कार्यक्रमका प्रमुख अतिथि तथा टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले व्यापारका लागि मात्र होइन सेवाको लागि पनि सहकारी अग्रसर हुनुपर्ने ।

सहकारीले स्थानीय सरकार संग साझेदारीमा काम गरे समुदायको विकास हुने बताउँदै टिकापुरमा नयाँ ढंग बाट विकासका सवालमा सहकारीको हातेमालो आवश्यक भएकोले त्यस्का लागि आफुले सहकारी, बैंक तथा व्यवसायी संग छलफल भैरहेको बताउनु भयाे ।

विशिष्ट अतिथि टिकापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बलिराम चाैधरिले सामुदायिक सहकारीका कारणले सत्ति बजार परिचित भएको बताउनुभयाे । सहकारीले विपद व्यवस्थापन तथा सदस्य राहत काेष अन्तरगत मृतक शेयर सदस्य लाई पाँच हजार दिने निति रहेको छ । साेहि अवसरमा शेयर सदस्य स्व. खिरमान डगाैराकि धर्मपत्नी प्रतिभा चाैधरि लाई पाँच हजार प्रदान गरिएको थियो ।

यसैगरी सहकारी बाट उत्कृष्ट बचत काराेबार गर्ने भजनि ८ पुर्ण बहादुर भण्डारी , भजनि ६ राज कुमार चाैधरि, टिकापुर ७ का छाेटेलाल चाैधरि,टिकापुर ८ का गाेपाल चाैधरि,टिकापुर ६ का राजकुमार मगर , टिकापुर ६ का मानबहादुर चाैधरि, टिकापुर ७ का झंकर ठकुल्ला, टिकापुर ९ का गाेमा चाैधरि, असल ऋणि टिकापुर ७ कि सिमा चाैधरि, टिकापुर ७ का रिता चाैधरि ,टिकापुर ८ का सतराम चाैधरि, टिकापुर ६ का कुलराज खनाल , टिकापुर ६ कि संगिता चाैधरि, टिकापुर ७ कि विनिदेवी मगर , टिकापुर ७ का जनक चाैधरि, टिकापुर ९ का रामबहादुर चाैधरि,टिकापुर ७ का आशारानि चाैधरि, लघुवित्त कार्यक्रम काेपिला महिला समुहलाई पनि सम्मान गरेको थियोे ।
आर्थिक वर्ष २०७९/०८० मा १३ करोड ७२ लाख ३४ हजार ९६१ रुपैयाँ लगानी गरि ११ करोड ९९ लाख,४४ हजार १४३ रुपैयाँ असुली गरिएकाे जनाइएको थियो ।

सहकारीले २ करोड ३३ हजार ६१४ रुपैयाँ कुल आम्दानी गरेकाे छ भने ७० लाख ७२ हजार १६० रुपैयाँ खुद मुनाफा गरेको सहकारीका व्यवस्थापक दिपक वैद्यले जानकारी दिए । सहकारीले कृषि क्षेत्रकाे विकासका लागि स्थानीय सरकार संग समन्वय र सहकार्य गरि आवश्यक पर्ने प्रविधिको लागि सहुलियत दरमा ऋण प्रदान गर्ने वार्षिक योजना तथा निति कार्यक्रम प्रस्तुत गरिएको छ ।

कार्यक्रम रेडक्रस नारायणपुरका सभापति टाेप बहादुर केसी , लक्ष्मी नारायण सहकारीका अध्यक्ष कपुरसिंह कडायतले शुभकामना मन्तव्य राखेका थिए भने संचालन व्यवस्थापक दिपक वैद्यले गर्नुभएकाे थियाे ।

ताजा खबर

Verified Automobile Rental Industry: The Ultimate Overview

Der Ultimative Überblick für Online-Casino Einzahlung von 5 Euro

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

SpinKong Skrill Retrait : Rapidité et Frais

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

भट्ट र गोगा जासुसका बिरुद्ध धनगढीका वडा अध्यक्ष प्रशासनमा

धनगढी, /सामाजिक सञ्जालमा तथानाम लेखेको भन्दै धनगढीका ब्यावसायी मदन भट्ट र तेज खड्का ‘गोगाजासुस” का बिरुद्ध धनगढीका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका छन्

अझै पढ्नुहोस्
समाचार

बन्यजन्तु अनुगमन तथा गणना र बासस्थान सुधार कार्यक्रम डिभिजन वनले सुरु गरे : सचिब भट्टराई

जमुना न्युरे,धनगढी /निकुञ्ज र सरंक्षण क्षेत्रले मात्र गरिने बन्यजन्तु अनुगमन तथा गणना र बासस्थान सुधार कार्यक्रम डिभिजन वन कार्यलयले पनि सुरु गरेको सुदूरपश्चिम प्रदेशको उद्योग

अझै पढ्नुहोस्