धार्मिक क्षेत्र परशुराम धाममा पर्यटक आकर्षण गर्न पानीको फोहोरा

शेयेर गर्नुहोस

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ५ परिगाँउ अन्तरगत महाकाली नदिको किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र परशुराम धाममा पानीको फोहोरा निर्माण गरिएको छ ।

धार्मिक रुपमा निकै महत्व बोकेको परशुराम धाम भगवान विष्णूका दश अवतार मध्ये परशुराम अवतार भएको धाम डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ५ अन्तरगत महाकाली नदिको किनारमा महाकाली र रंगुन नदिको संगम संगै रहेको छ । एकातिर चूरे पर्वत शृङ्खला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरी पर्वतको मध्य भागमा रहेको परशुराम धाम डडेलधुराको सदरमुकाम देखि १ सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दुरीमा रहेको छ । यहाँ सडक मार्गबाट पुग्न सकिन्छ ।

स्कन्द पुराणको मानस उल्लेख भए अनुसार नजीकै रहेको पूर्णागिरी मन्दिर सतिदेवीको पूर्ण अङ्ग पतन पछि भगवान शिवले शशरिर आएर यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए । ईश्वरीय अवतारका लागि यही पुण्य भूमीमा परशुराम अवतार भएको थिए । महाकाली (श्यामा) नदीको किनारामा रहेको चुनढुंगामा बसेर भगवान शिव र विभिन्न ऋषिहरूले तपस्या गरेको उल्लेख गरिएको पुराणमा उल्लेख छ । सबै धामबाट अार्जन गरेजति पुण्य परशुराम धामबाट पाउन सकिने उल्लेख समेत गरिएको छ । स्कन्द पुराणको मानस खण्डमा उल्लेख भए अनुसार महाकाली नदिको दक्षिण तर्फ अवस्थित परशुराम क्षेत्रका बिषय तीनलोकमा चर्चा छ।

परशुराम धाममा पर्या पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले सुदूरपश्चिम प्रदेश उधोग पर्यटन, वन, तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश पर्यटन बिकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढीले २० लाख रुपैयाकाे लगानीमा पानीको फोहोरा निर्माण गरेको छ ।

प्रदेश पर्यटन बिकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढीका प्रमुख डबल बहादुर बोहराले भने आन्तरिक तथा बाहय पर्यटकहरु परशुराम धाममा धार्मिक महत्वको हिसाबले मात्र होइन पर्यटकिय स्थलको रुपमा बिकास गर्नका लागि यो पानीको फोहोरा निर्माण गरिएको छ , यहाँ डडेल्धुरा जिल्लाको मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थलको रुपमा बिकास गर्न जरुरी रहेको छ । उनले परशुराम धाममा पुर्णागिरि दर्शन पछि अाउने पर्यटकलाई महाकाली लाेकमार्ग हुदै कञ्चनपुरकाे ब्रह्मदेव स्थित शिद्धबाबा मन्दिन जाने बाताबरण बनाउन आफुहरु लागि परेको बताए ।

अहिले आन्तरिक तथा बाहय पर्यटकहरु भारतको पुर्णागिरि मन्दिर दर्शन पछि परशुराम दर्शन गर्न आउने गरेको स्थानीय गणेश पालीले बताए । परशुराम धाम आएका पर्यटनहरुलाइ
खानका लागि सुबिधा सम्पन होटेल बास बस्नका लागि धर्माशाला निर्माण , स्थानीय खानाका लागि घरबाश (होमस्टे ) सन्चालन गर्नु पर्ने तथा परशुराम धाम आइ सकेपछि परशुराम नजिक रहेका पर्यटकीय क्षेत्र आलिताल लगायत अन्य ठाउँ घुम्न यातायातकाे व्यवस्था हुनु पर्ने त्यसका लागि पहल गरि दिन सम्बधीत निकाएले ध्यान दिन जरुरी रहेकाे स्थानीय इमान सिह पालिले बताए । परशुराम धाममा पानीको फोहोरा निर्माण पछि यहाँ अाउने आन्तरिक तथा बाहय पर्यटककाे संख्या बढेको उनले बताए

परशुराम धाम रहेकाे महाकाली नदि स्नान गर्दा गंगा स्नानको भन्दा सय गुणा बढी पुण्य प्राप्त हुन्छ। परशुरामतीर्थमा स्नानको निकै ठूलो महत्व छ। परशुराम धाममा गरिने माघ स्नानलाई विशेष रुपमा लिइन्छ। यहाँ मकर स्नान गर्नका लागि पुस महिनाको अन्तिम रात जाग्राम बसि मकर उदय संगै स्नान गर्ने गरिन्छ।

ताजा खबर

A Comprehensive Guide to Legitimate ESA Letters

Kasyno online aplikacja: przewodnik dla doświadczonego gracza

The Ultimate Guide to Live Dealer American Roulette

Learn More About the Top Slots in the World

Play Blackjack for Fun: An Overview to Enjoying the Standard Card Video Game

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मोहन्याल सामुदायिक वनको साधारण सभा सम्पन्न

सुखड / कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ३ नारायणपुरमा रहेको मोहन्याल सामुदायिक वन उपभोक्ता समुहको १० औ साधारणसभा सम्पन्न भएको छ। वनका अध्यक्ष पार्वती न्युरेको

अझै पढ्नुहोस्