धनगढीमा प्रहरी अस्पताल सञ्चालनमा, एक सातासम्म सबैलाई सेवा निशुल्क

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलाली सदरमुकाम धनगढीमा आजदेखि प्रहरी अस्पताल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र अस्पताल सञ्चालनमा ल्याइएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको शाखा शाखा धनगढीमा सञ्चालनमा ल्याइएको बताइएको छ । अस्पतालको प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एक कार्यक्रमका बिच उद्घाटन गरे ।

अस्पतालको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सुदूरपश्चिम प्रदेशमा महिलाहरुको आङ खस्ने समस्या बढी देखिने गरेकाले त्यसका लागि विशेषज्ञ गाइनोलोजि महिला डाक्टर राखेर निशुल्क सेवा दिने उदेश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए । महानिरीक्षक धिरज प्रताप सिंहले भने, ‘धनगढी उपमहानगरपालिका र अन्य स्थानीय तह मिलेर यस अस्पताललाई एउटा नमुना अस्पतालको रुपमा बनाउँछौं ।’

आज देखि सुरु भएको अस्पतालमा एक हप्तासम्म सबैलाई सेवा निशुल्क रहेको मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर आशा सिंहले बताए । ‘सुदूरपश्चिमका प्रहरी बिरामी हुँदा पहिले काठमाडौं लग्नुपर्ने हुन्थ्यो’ मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर सिंहले भनिन्, ‘अब यही अस्पताल भएकाले सहज हुन्छ ।’

सर्वसाधारणले समेत सेवा पाउनेगरी अस्पताल सञ्चालन गरेको सिंहले बताइन् । विशेषज्ञसहितको सेवा दिने अस्पतालबाट केही समयपछि शल्यक्रिया सेवा समेत प्रदान गर्ने योजना रहेको उनले बताइन् ।

हाल अस्पतालमा पाच बेड, पाँच वार्डका साथै दुई वटा इमरजेन्र्सी गरी सात वार्ड रहेको उनले बताइन् । उनले गाइने दुई जना, सर्जरी एक जना, मेडिकल अफिसर एक जना, ल्याव दुई जना, फार्मेसी दुई जनासहित हाल अस्पतालमा ३१ जना जति कर्मचारी रहेको बताइन् । उनले यसलाई विस्तार गर्दै क्रमिक रुपमा ५० वेडको बनाउने लक्ष रहेको बताइन् ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !